काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि मोसो दलिएको छ।
निगमले खरिद गरेको दुई वटा वाइडबडी ए ३३०-२२० जहाजमा आर्थिक अनियमितता गरेको संसदीय उपसमितिले ठहर गरेको थियो। राज्यको ढुकुटी दोहन गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को युवा संगठनका बताउने केही युवाले मोसो दलेको निगम स्रोतले बतायो।
गत बुधबार मात्रै सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाखभन्दा बढी आर्थिक अनियमितता हुनुमा कंसाकारलाई मुख्य दोषी ठहर गरी प्रतिवेदन सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।