• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आडवाणीको एकान्तवास

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  १३:१५
1140x725

भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीले आफ्नो निवासमा पत्रकार सम्मेलनका लागि एउटा कोठा बनाएका थिए। हुन सक्छ, त्यसबेला भारतीय राजनीतिमा आफ्नो लामो भूमिकाका लागि उनी आश्वस्त थिए। सायद, अहिले पनि दिनको एकपटक पत्रकार सम्मेलनका लागि तयार पारिएको हलमा जान्छन्। र, क्यामेरा र अन्य आवाजलाई श्रवण गर्छन्।

आडवाणी भारतीय राजनीतिका एकान्त हुन्। हिन्दु वर्ण व्यवस्थामा पितृ पुरुषहरूको एकान्तवास सायद यस्तै हुँदो हो। जुन भवनलाई जीवनभरको ऊर्जा उत्सर्जन गरी बनाउँछन्, जब भवन तयार हुन्छ तब आफै त्यहाँबाट बाहिरिन्छन्। उनीहरू घरको आँगनमा होइन जस्केलोमा बस्छन्। पूरा दिन र धेरै वर्ष 'भित्रबाट कसैले बोलाउला' भन्ने अभिलाषा लिएर आफ्नो समय व्यतित गर्छन्। भित्र छिर्न छोरा वा नातिले नै किन नहोस्, बोलाउन् भन्ने अभिलाषा मनमा लिए पनि सीमित हुन्छ। मात्र मृगतृष्णामा।

जब भित्रबाट कसैले बोलाउँदै, उनीहरू आफै आवाज निकालेर 'बाहिर म पनि त छु नि' भन्ने आभास दिने प्रयत्न गर्छन्। घरभित्रै पनि जान्छन्, तर भित्र कसैलाई पाउँदैनन्, अन्तत: फर्किन्छन् त्यही जस्केलोमा। कहिलेकाहीँ संन्यास लिने अथवा तीर्थ यात्रामा जाने धम्की पनि दिन्छन्, परिवारजनलाई। जब कसैले आवाजलाई बेवास्ता गर्छन्, बसेकै ठाउँमा डेरा जमाएर बस्न बाध्य हुन्छन्। 

के आडवाणी एकान्तमा रुन्छन्? 
पछिल्लो तीन वर्ष आडवाणीलाई देख्दा उनी कुनै अपराध गरेको अभियुक्तझैं  प्रतीत हुन्छन्। आफूमा आवाज भर्न चाहे पनि कुनै अन्जान डरका कारण चुप छन् उनी। जब मिडियाका क्यामेरा उनी अगाडि आउँछन्, सकभर बोल्न नपरोस् भन्ने उनको अभिप्राय हुन्छ।

केही वर्षयताका आडवाणीका भिडियो हेर्दा लाग्छ, आवाज भासिएको छ। अवाक् छन् उनी। कसैले सिसाको बाकसमा बन्द गरेर त्यसमा अलिअलि गरेर पानी भरे पनि उनी आफ्नो जीवनरक्षाका अपिल गर्न नसकेझैं लाग्छन्। उनको आवाज बाहिर आउन सकेको छैन। 

यही भएर उनी कतै छुटिइरहेझैं लाग्छ।

आडवाणीको एकान्तवास एउटा पुरानो कपडा घाममा सुकाएको जस्तो भएको छ। जुन कपडालाई उठाउने कुनै मानिस छैन। कपडा पानी परेको बेला वा चर्को घाम लाग्दा पनि त्यहीँ हुन्छ। बिस्तारै त्यो फोहोर हुन्छ र त्यहीँ कतै खस्छ। खसेको कपडामा थोरै फोहोर अनि पानी… कपडालाई थाहा छ, कपडावालासँग अरु नयाँ कपडा पनि छ।

के आडवाणी एकान्तमा रुन्छन्? ग्लानिमा डुब्दा हुन्?

nimb
nimb
Ncell 2
Ncell 2

कहिलेकाहीँ कोठाभित्रै बस्दाबस्दै चिच्याउँछन् होला, कसैलाई बोलाउने प्रयास गर्दा हुन्। बीचबीचमा आफ्नै कोठाभित्र यतायता पनि गर्लान्। फेरि कुनै अदृश्य डरका कारण फर्किएर कुर्सीमै गएर बस्छन्! 

आडवाणीकी छोरीको अलावा उनलाई कसले बोलाउँदो हो? के कुनै मुख्यमन्त्री, केन्द्रीयमन्त्री अथवा साधारण नेता उनलाई भेट्न आउँछन्? हिजोआज प्रायः सबै मन्त्री नुहाउँदादेखि खाना खाँदासम्मको फोटो ट्वीट गर्छन्। अर्को पार्टीको नेताको जयन्तीको फोटो पनि ट्वीट गर्छन्। ती नेताका सोसल मिडियामा सबै कुरा भेटिन्छ, भेटिन्न त फगत आडवाणी। 

सबैलाई थाहा छ, आडवाणीलाई भेट्नु भनेको 'आडवाणी' हुनु हो।

बिहानै उठेर उनी एकान्तमा कसैको छविलाई नियाल्छन् होलान्? न त उनी मोदी–मोदी भन्न सक्छन्, न त आडवाणी-आडवाणी-आडवाणी भन्छन्। आखिर उनी किन मोदीको जयजयकार गर्दैनन्? त्यही गर्दा यहाँ प्रासंगिक भइन्छ भने त्यो गर्न किन समस्या? के उनको कुनै वैयक्तिक विरोध छ, यदि छ भने त्यसलाई उनी किन कतै दर्ता गर्दैनन्?

उनी भएर पनि किन छैनन्?
सन् २०१४ को लोकसभा निर्वाचनअघि आडवाणीले एक ब्लग बनाएका थिए। त्यसपछि दुनियाँ धेरै कुरा भएको छ। त्यस विषयमा उनी लेख्न त सक्छन् नि! मानिसहरू जहीतहीँ गएर आफ्नो अभिव्यक्ति दिइरहेका हुन्छन्। त्यस्तोमा आडवाणीले पनि नेतृत्व र संगठनका विषयमा धेरै कुरा बोल्न सक्छन्। तर किन खुलिइरहेका छैनन् उनी?

अब त उनको सरकारी निवासमा रहेको फूल र बोटविरुवासँग घनिष्ट सम्बन्ध बनिसक्यो होला, त्यसकै विषयमा पनि त लेख्न सक्छन्। फिल्मको समीक्षा लेख्न सक्छन्। उनी आडवाणीको अलावा पनि आडवाणी हुन सक्छन्। 

तर, उनी भएर पनि किन छैनन्?

आडवाणीले आफ्नो घरमा पत्रकार सम्लेलनका लागि एउटा हल बनाएका थिए। अब त्यो हलको प्रासंगिताका विषयमा उनी कत्तिको आश्वस्त छन् होलान्, त्यो हलमा हाल कत्तिको कार्यक्रम भएका होलान्। 

उनी के दिनको एकपटक त्यो हलमा जान्छन्? क्यामेरा र प्रश्नहरूको आवाज अनुभूत गर्छन्? धेरै समय एकै ठाउँमा गुन्जिएपछि आवाजले नै पर्खालामा आफ्नो घर बनाएको हुन्छ। त्यो गुन्जायमान हल अझै पनि त्यहीँ छ?

आडवाणी अहिले एकान्तमा यसरी बसेका छन्, जस्तो कि उनको कुनै इतिहास छैन। भाजपाले सायद वर्तमानमा आफ्नो नयाँ इतिहास लेखाउँदैछन्। आडवाणी त्यो इतिहासको वर्तमानमा छैनन्, जसरी उनी इतिहासमा पनि थिएनन्।

यस्तो लाग्छ, आडवाणी दिल्लीमा होइन अण्डमान सागरको तटमा छन्। जहाँ समुद्रको लहर किनारसँग स्पर्श गर्न आइपुग्छ। कहीँ उनी कुनै डायरी लेख्दै त छैनन्? दिल्लीको अण्डमान डायरी!

भारतीय सत्ताबाट कांग्रेस नामेट भयो तर नाम मेटियो आडवाणीको। कांग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धीलाई अझै पनि मानिस यदाकदा भेट्न जान्छन्। जुन पार्टीलाई भारतीय प्रधानमन्त्री राजनीतिबाट पत्तासाफ बनाउन चाहन्थे। राष्ट्रपतिको उम्मेदवारको नाम तय हुँदा प्रधानमन्त्रीले सोनियालाई यो विषयमा जानकारी दिन आफै फोन गर्छन्। के प्रधानमन्त्रीले आडवाणीलाई पनि फोन गरे होलान्? 

लाग्छ, आजको भारत आडवाणीमुक्त भारत भएको छ। 

आज भाजपामा कांग्रेस छ, सपा छ, बसपा छ। संस्थापक नेता आडवाणी छैनन्। के कुनै प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेदवारको विषयमा ट्वीटमार्फत आडवाणीलाई जानकारी दिएको थाहा पाएको छ?

के रामनाथ कोविन्द मार्गदर्शक मण्डललाई पनि भेट्न जान्छन्? मार्गदर्शक मण्डल जसको न कोही दर्शक छ न कुनै मार्ग।

विस्थापनको जिन्दगी
भारतीय जनता पार्टीका यी संस्थापक नेता विस्थापनको जिन्दगी व्यतित गर्दैछन्। न उनी अब संस्कृतिमा छन् न कुनै राष्ट्रवादको आख्यानमा। मलाई न आडवाणीप्रति दया गर्ने मानिस मन पर्छ, न उनको मजाक उडाउने नै। 

आडवाणी हामी सबैको नियति हो। हामी सबै एक दिन आफ्नो जीवनमा आडवाणी हुनुपर्छ– सत्ताबाट, संस्थापनबाट र समाजबाट। म उनको मौनतालाई आफैभित्र पढ्न चाहन्छु। भारतको राजनीतिमा संन्यासी हुने दाबी गर्ने मानिस हाल प्रासंगिक भइरहेको छ भने संन्यासबाट बच्न चाहने आडवाणी अप्रासंगिक भइरहेका छन्। 

आडवाणी एक घटनाझैं घटित भइरहेका छन्। जसलाई घटनाको रुपमा मात्रै हेरिनुहुँदैन। 

जुन व्यक्तिले आडवाणीलाई विपक्षीले राष्ट्रपतिको आफ्नो उम्मेदवार घोषणा गरोस् भन्दैछन्, उनीहरू आडवाणीको अनुशासित जीवनको अपमान गर्दैछन्। उनीहरूलाई यो थाहा छैन कि विपक्षीको हालत पनि आडवाणीको जस्तै छ। आडवाणीप्रति अन्याय र सहानुभूति राख्ने मानिस पनि छन्। उनका साथमा भएकाहरू पनि त्यही गर्दैछन्।

आडवाणीको एक दोष छ। उनले जीवित हुन आवश्यक न्यूनतम सर्त पालना गरेका छैनन्। त्यो सर्त हो बोल्नु। यदि राजनीतिमा रहेर उनी बोलिरहेका छैनन् भने राजनीतिले उनलाई धोका दिइरहेका बेला उनले पनि राजनीतिलाई धोका दिइरहेका हुनेछन्। 

अहिले उनले ठूलोठूलो स्वरमा बोल्नुपर्थ्यो। चिच्याउनुपर्थ्यो। अनि मात्र उनको आवाज बाहिर बसेकाले सुन्न सक्थे। यदि राजनीतिप्रति उनको यो धोका होइन भने उनले यो भन्न सक्नुपर्छ। उनले भन्नुपर्छ म खुसी छु, कसैसँग डराएको छैन। यो शान्त बस्नु नै मेरो छनोट हो। कसैसँगको डरका कारण शान्त बसेको होइन।

आडवाणी चुप लाग्नु हाम्रो समयको सबैभन्दा ठूलो पटकथा हो। यो पटकथाको अन्त्य सबले पर्खिबसेका छन्। 

क्लोजअप मोडमा आडवाणी
दिल्लीको राजमार्गमा छाती चौडा पारेर एक वृद्ध लट्ठीको सहारामा टकटक आवाजसहित अघि बढिरहेका छन्। यिनी यो बाटोमा सधैँ आउँछन्-जान्छन्। उनको नजिकबाट बख्तरबन्द गाडीको हुल तीव्र गतिमा हुइँकिइरहेको छ।

संस्कृतिक राष्ट्रवादका विषयमा उनले दिएका पुराना भाषण सुनिइरहेको छु। बख्तरबन्द गाडीले राष्ट्रवादलाई अँगालेको छ, गाईले संस्कृतिलाई। पितृपुरुष आडवाणी बख्तरबन्द गाडीको हुलबीच ठिङ्ग उभिइरहेका छन्। बिस्तारैबिस्तारै बोल्न थाल्दैछन्, ठूलो–ठूलो स्वरमा। उनी रुन थाल्छन्। तर उनको आवाज तीव्र गतिमा गुडेको बख्तरबन्द गाडीको आवाजका कारण बाहिर सुनिँदैन। गाडीको हुल लामो छ। धेरै बेरपछि बल्ल शान्त हुन्छ। 

फिल्मको क्यामेरा गाडीबाट हटेर त्यहाँ उभिएको बूढोलाई देख्न थाल्छ। क्यामेराको क्लोजअप मोडमा आडवाणी देखिन्छन्। उनै भाजपाका संस्थापक।

गुरुदत्तको सल ओडेर राजमार्गमा आडवाणी के गर्दैछन्? यदि यो दुनियाँ मिल्यो भने पनि त्यसको अब के अर्थ... हात फैलाएर रायसीना हिल्सतर्फ उनी हेर्दैछन्। राष्ट्रपतिसँगको हुल संसदतर्फ जाँदैछ। रातो रङको पोसाकमा रहेका सिपाहीहरू घोडामा बसेका छन्।

बिस्तारैबिस्तारै फ्रेममा एक खालको श्वास प्रवेश गर्छ। 

दीपक चोपडा। आडवाणीको रथको सारथि। आडवाणीको एकान्तका बेजोड साथी। दीपक चोपडा आडवाणीतिर हेर्दैछन्। उनीसँग डायरी छ। डायरीमा आडवाणीलाई भेट्न खोज्ने मानिसको समय तालिका पनि।

अब त्यही नाम अरु नै कोहीसँग भेट्दैछ। रायसीना हिल्सतर्फबाट एक रिपोर्टर दौडिँदै नजिक आउँछ। 

'दीपकजी तपाईं आडवाणीको साथमा किन हुनुहुन्छ? तपाईं बाँकी अरु जस्तै यो बेला संसदमा किन हुनुहुन्न?'

क्यामेरा दीपक चोपडातर्फ तेर्सिएको छ। उनको ओठ आधा खुलेको छ। आँखामा एक किसिमको अन्तहीन गहिराइ। जसको गहिराइमा सत्ताको एक कुर्सी भाँचिएर त्यहीँ लडेको छ। केही पुराना फ्रेमहरू छन्, जहाँ आडवाणीले ठूलाठूला नेतासँग भेटेका तस्बिर छन्। हात जोडेर मन्द मुस्कानसहित। त्यो फ्रेममा दीपक चोपडा पनि छन्।

त्यो रिपोर्टरले आफ्नो प्रश्नको जवाफ पाउँछ। अब ऊ दोस्रो प्रश्न गर्छ- के आडवाणीजी अझै बोल्छन्? के उनी एक्लै छन्? के उनी रुन्छन्? दिनभर चुप लागेर बस्छन्? के उनलाई कोही भेट्न पनि आउँछन्? संस्थापक नै विस्थापनको मार किन झेलिरहेका छन्? के यो सबै कांग्रेसको कारण हो?

दीपक चोपडा चुप रहन्छन्।

यो सिनमा डाइरेक्टरले कट बन्छन् तर प्याकअप भन्दैनन्। आफ्नो टोलीसँग भन्छन्, 'पर्खिनुहोस्, यी बूढा राजमार्गको कुनै दिशातर्फ फर्किन्छन्, अथवा यहीँ चीरकालसम्म उभिइरहन्छन्।'

असिस्टेन्ट डाइरेक्टर भन्छन्, 'सर, हामी आवाजसहित सुट गर्छौं वा आवाजविहीन?' 

डाइरेक्टर भन्छन्, 'यदि आवाजसहित सुट गर्नु थियो भने म संसदमा हुन्थेँ, जहाँ नयाँ राष्ट्रपतिको स्वागत भइरहेको छ, जहाँ नवीन नवीन नारा लागिरहेका छन्... तर म यहाँ आवाजविहीन सुट गर्न आएको हो। त्यो डरलाई क्याप्चर गर्न, जुन अहिले आडवाणीको मुहारमा छ। त्यो डर नै उनी चुप लाग्नुको कारण हो।'

क्यामेराको क्लोजअपमा आडवाणीको ब्लगको पेज आउँछ, जहाँ लेखिएको छ– A Man of Words And Action. 

'सर, के फिल्मको शीर्षक यही हुन्छ?' 

होइन, फिल्मको शीर्षक हुनेछ–

A Man of No Words And No Action.

(द वायरमा प्रकाशित रवीश कुमारको ब्लग 'कस्वा'बाट अनूदित।)

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्