काठमाडौं- अभिनेता राजबल्लभ कोइरालाले विवाह गर्ने पक्का भएको छ।
हाल अमेरिकामा रहेका ३५ वर्षे कोइरालाले हाँडीगाउँ घर भएकी तर हाल परिवारसहित अमेरिकामा बस्ने २६ वर्षीया प्रतिमा विमलीसँग इन्गेजमेन्ट गरेका हुन्। प्रतिमा परिवारकी कान्छी छोरी हुन्। बाबुआमा सहित एक दिदी र दाइ सबै अमेरिकामै बस्छन्।
बायो मेडिकल इन्जिनियरिङ गरेकी उनले अमेरिकाको एक कम्पनीमा काम गर्ने पारिवारिक श्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
नेपाली फिल्मका आशलाग्दा अभिनेताका रूपमा हेरिएका कोइराला पछिल्लो केही वर्षदेखि अमेरिकामा बस्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।