• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डा केसीका 'काउन्टर अनसनकारी' थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त

यस्तो छ, थापाको आपराधिक पृष्ठभूमि
64x64
नारायण अधिकारी सोमबार, माघ ७, २०७५  १८:५०
1140x725

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी चौतारामा अनसन थाले।

उनको अनसनको उद्देश्य भने डा केसीको भन्दा भिन्न छ। डा केसीका मागसँग असहमति जनाउने पक्षका लागि विजय थापाको अनसन बलियो बहाना भएको छ। डा केसीसँग विपरीत माग राखेका उनलाई डा केसीविरोधी समूह ‘सेलिब्रिटी’ बनाउन लागिपरेको छ। 

डा केसीको झाँको झार्न उनलाई समर्थन गर्ने एक समूह सक्रिय छ। तर, उक्त समूह थापाको विगतसँग भने अनभिज्ञ छ। 

डा केसीविरुद्ध अनसन बसेपछि उनको पृष्ठभूमि खोज्दै जाँदा थापा आपराधिक क्रियाकलापमा संलग्न भएको नेपाल लाइभले फेला पारेको छ । 

थापाको आपराधिक पृष्ठभूमि
ओखलढुंगाको साबिक सिस्नेरी गाविस ४ का थापा २०५८ सालमा बसाइँ सरेर उदयपुरको कटारी आएका थिए। उनको परिवार कटारी नगरपालिका–४ मा बस्थ्यो। पछिल्लो समय भने उनको परिवार कटारीबाट बसाइँ सरेर काठमाडौं कपनको तेन्जिङ चोकमा बस्दै आएको छ। 

थापा नेपाली सेनाका पूर्व जमदार तेजबहादुर थापाका जेठा छोरा हुन्। त्रिवेणी उच्च मावि कटारीमा उनले कक्षा १० सम्म अध्ययन गरे। त्यहीँबाट २०६५ सालमा एसएलसी दिएका उनी अनुत्तीर्ण भएको उक्त विद्यालयका एक शिक्षकले नेपाल लाइभलाई बताए। तर, अहिले उनी स्नातक पढ्दै गरेको भन्ने समाचारसमेत आएका छन्। यसबारे प्रस्ट पार्दै ती शिक्षकले भने, ‘हाम्रो स्कुलबाट चाहिँ एसएलसी पास गरेका होइनन्। अन्तैबाट पास गरेर स्नातक पढेको भए जानकारी भएन।’

एसएलसी दिँदै गरेको समयमा पनि उनी कटारी प्रहरीको खोजी सूचीमा थिए। स्थानीय व्यवसायीहरुलाई धम्क्याउने र तत्कालीन माओवादी युवा संगठन वाइसिएलको नाम लिँदै व्यवसायीबाट रकम असुल्ने गरेको बुझिएको छ। 

प्रहरीको खोजी सूचीमा भएकाले उनले छिमेकी जिल्ला सिन्धुलीको डम्बरखाडी गाउँका एक व्यक्तिको घरमा बसेर एसएलसी परीक्षा दिएको जानकारहरु बताउँछन्।

nimb
nimb

उनले केही युवा जम्मा पारेर आफ्नो समूह बनाई फसेको पैसा उठाउने र त्यसबाट कमिसन लिनेसमेत गरेको बुझिएको छ। यसैगरी उदयपुरको चुरे जंगलबाट हुने काठ तस्करीमा समेत उनको नाम जोडिएको थियो। 

आफ्नो सञ्जाल विस्तार गर्दै उनले तराईसम्म पुर्याएका थिए। तराईमा उनले आफूलाई ‘शिवा’ भनेर चिनाएका थिए। अहिले पनि उनलाई चिन्नेले ‘शिवा’ नामबाटै चिन्छन्।

तराईमा आपराधिक क्रियाकलाप गर्नकै लागि २०६७ साल जेठमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक संगठन खोलिएको थियो। उक्त संगठनको थापा महासचिव थिए। त्यसबेला हालका आइजिपी सर्वेन्द्र खनाल धनुषा प्रहरी प्रमुख थिए। उक्त संगठन गठन भएको भोलिपल्टै खनाल नेतृत्वको प्रहरीले महासचिव थापा र उक्त समूहका सैन्यप्रमुख ज्वालामुखी उपनामका सिरहा बडहरामाला– ३ बस्ने १९ वर्षीय वीरेन्द्र सदालाई पक्राउ गरेको थियो।

जाँचका क्रममा प्रहरीले दुवैलाई धनुषाको ढल्केबर–३ बाट त्यसबेला हतियारसहित पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनीहरूका साथबाट नाइन एमएमको सिक्सर पेस्तोल एक थान, एक राउन्ड गोली, संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा हस्तलिखित पत्र र तीन थान मोबाइल बरामद गरेको थियो। 

त्यसबेलाका धनुषाका एसपी सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका थापासहित दुवैले सिरहा, धनुषा, महोत्तरी, उदयपुर र सिन्धुलीमा पार्टी विस्तार गरेर सदरमुकाममा बम विस्फोट गराउने योजना बनाएको स्वीकार गरेका थिए। (२०६७ मा हतियारसहित पक्राउ परेपछि प्रहरीले सार्वजनिक गर्दा कालो सर्टमा विजय थापा, हे. तस्बिर)

पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न महोत्तरीको जलेश्वर कारागार पठाइएको थियो। २०६७ असार १८ गते पुर्पक्षका लागि जेल चलान भएका थापा झन्डै एक वर्षपछि २०६८ बैसाख १८ गते धरौटीमा रिहा व्यक्ति हुन्। 

जलेश्वर कारागारबाट रिहा भएपछि पनि उनको आपराधिक क्रियाकलाप रोकिएन। व्यवसायीलाई धम्काउँदै अवैध रुपमा गाडीहरुबाट कर भन्दै अवैध रकम उठाउने गरेको थाहा भएपछि उनलाई फेरि इलाका प्रहरी कार्यालय, कटारीले २०७० भदौ १९ गते पक्राउ गर्‍यो।

कटारीका तत्कालीन डिएसपी किसनसिंह थापाको टोलीले उनलाई पक्राउ गरेको थियो। पछि सार्वजनिक अपराधमा मुद्दा दायर भएर अनुसन्धान सुरु भएको थियो। 

उनी ०७० असोज १३ गते २८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

उनलाई ओखलढुंगा र उदयपुर जिल्लाको सिमानामा पर्ने लेखानी गाविसस्थित घुर्मीबाट जिल्ला निकासी हुने वस्तुको अवैध कर असुल्ने धन्दामा संलग्न भएको आरोप पनि लागेको थियो। निकासी करका नाममा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ गरी तीन जिल्लाका व्यवसायी तथा गाडीबाट उनले रकम असुलेको उजुरी आएपछि इलाका प्रहरी कार्यालय, कटारीले उनलाई त्यसबेला पक्राउ गरेको थियो।

कटारीकै च्याङ्गा भन्ने ठाउँमा २०७० सालमा जग्गा किनबेचको कुराकानी गरेर नकिनेको भन्दै उनले सिन्धुलीका एक किसानलाई धम्क्याएका थिए। खलोमा धान झार्दै गरेका किसानलाई उनले ‘जग्गा किन्छस् कि उडाइदिऊँ’ भन्दै धम्की दिएका थिए। स्थानीय व्यवसायीहरुलाई धम्क्याउँदै रकम असुल गर्ने उनीविरुद्ध सिरहा प्रहरीमा समेत हातहतियार तथा खरखजना मुद्दा चलेको स्रोतले बताएको छ। 

सिरहा प्रहरीको रेकर्ड अनुसार २०७१ चैत २५ मा हातहतियार तथा खरखजाना मुद्दामा थापासहित सिरहा मिर्चैया नगरपालिका ५ का उमेश मण्डल पक्राउ परेका थिए। उनीहरुको साथबाट दुई राउन्ड गोली लोड भएको पेस्तोल प्रहरीले बरामद गरेको थियो। थापा सिरहामा पनि हातहतियार तथा खरखजाना मुद्दामा जेल बसेर मुक्त भएका व्यक्ति हुन्।

यस्ता आपराधिक क्रियाकलापमा संलग्न तिनै थापा अहिले डा गोविन्द केसीविरुद्ध अनसन बसिरहेका छन्। गोविन्द केसीलाई गत शुक्रबार बिहानै काठमाडौं ल्याएपछि थापा पनि सँगसँगै काठमाडौं आइपुगे। ९ बुँदे मागसहित अनसनमा रहेका उनी पनि त्रिवि शिक्षण अस्पतालमै छन्।

प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्