• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घोटाला लुकाउन कोषाध्यक्षलाई जबरजस्ती राजीनामा गराइन् अध्यक्ष भवानी राणाले

64x64
नेपाल लाइभ आइतबार, माघ १३, २०७५  १९:३५
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको  ‘कृषि उद्यम केन्द्र’ का नाउँमा भइरहेको आर्थिक घोटालाबारे चर्चा–परिचर्चा चलिरहेकै बेला महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन्। 

अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मिडियालाई सूचना चुहाएको आरोप लगाउँदै महासंघकी अध्यक्ष भवानी राणाले कोषाध्यक्ष प्रधानलाई राजीनामा गर्न वाध्य पारेको महासंघ स्रोतले जनाएको छ।

‘अध्यक्ष राणाले अनियमितता लुकाउनैका लागि यस्तो खेल खेलिन् जुन खेल उनलाई महंगो पर्ने देखिन्छ’, महासंघभित्र अनियमितताको विपक्षमा रहेका एक सदस्यले नेपाल लाइभसँग भने, ‘कोषाध्यक्षको राजीनामा लिएर भ्रष्टचार लुक्छ र?’

‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ घोटाला हुँदै आएको तथ्य नेपाल लाइभले प्रकाशन गरेसँगै यसबारे अख्तियारले छानविन सुरु गरेको खबर पनि आइसकेको छ।

अनियमितताको विषय पेचिलो बन्दै गएपछि दवावमा परेकी महासंघ अध्यक्ष राणा र उनका सन्निकट पदाधिकारीहरुले आइतबार दिउँसो पदाधिकारी बैठक डाकेका थिए। बैठकमा अनियमितताबारे समाचारहरु सार्वजनिक भएको र यसबारे अख्तियारले छानबिन सुरु गरेको विषयमा छलफल भएको थियो। 

‘अध्यक्ष राणा दवावमा देखिइन्। उनले आफ्नो र सन्निकटहरुको गल्ती लुकाउन अर्को गल्ती गर्ने निर्णय गरिन्’, ती सदस्यले भने, ‘यो निर्णयले महासंघलाई नै दुई खेमामा विभाजित गरेको छ। हामी चाहन्छौं वर्षौदेखि उद्यम केन्द्रका नाउँमा रकम अपचलन गर्नेहरुलाई कारवाही होस्।’  

 केन्द्रको बजेट आर्थिक हिनामिनामा महासंघै पदाधिकारी जोडिएका थिए।  

हिनामिनाको समाचार आउन थालेसँगै अख्तियारले महासंघ अन्तर्गतको केन्द्रसँग विवरण तथा कागजात समेत माग गरेको थियो। महासंघले अख्तिायरले मागेको जावफसमेत दिइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रको स्थापना कालदेखिनै सुरु भएको आर्थिक हिनामिनाको सिलसिला आर्थिक वर्ष ०७१÷७२ देखि भने अझै बढ्दो देखिएको छ। कुनै काम नगर्ने तर बजेट खर्च भएको देखाउने र हिसाब मिलान गर्ने कार्य त्यहाँ हुने गरेका थियो।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रममा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। केन्द्रको रकममा घोटाला भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले बजेट दिनसमेत रोक्का गरेको छ। केन्द्रलाई मन्त्रालयले वार्षिक करिब ३० करोड रुपैयाँ दिदै आएको थियो।

‘महासंघ जस्तो व्यावसायिक हित हेर्ने संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन,’ महासंघ स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा रकम बढी खर्च भएको छ।


उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमा वार्षिक करोडौं हिनामिना, अध्यक्ष राणा पनि मुछिइन्

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको कृषि सम्बन्धी काम गर्ने ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ हिनामिना हुँदै आएको तथ्य सतहमा आएको छ। आर्थिक हिनामिना महासंघका पदाधिकारीकै मिलेमताेमा भएको रहस्य खुल्न आएको हो।

आर्थिक हिनामिनामा महासंघकी अध्यक्ष भवानी राणा समेत मुछिएकी छिन्।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न नामका प्रोजेक्टमा वार्षिक ७ करोड भन्दा बढी आर्थिक हिनामिना भएको हो।

‘महासंघ जस्तो संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन', स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा बढी खर्च भएको छ।’

केन्द्रले सञ्चालन गरेका परियोजनाबारे नेपाल लाइभले प्राप्त गरेको आर्थिक कागजपत्रमा पनि प्राेजेक्टको कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम तलब, दैनिक भत्ता तथा भ्रमणमा अनियमित रुपमा खर्च भएको देखिन्छ।

महासंघअन्तर्गतको उद्यम केन्द्रलाई नेपाल सरकार र विदेशी दाताले हरेक वर्ष सरदर ३० करोड रुपियाँ बराबरको बजेट दिँदै आएका छन्। यही बजेटका आधारमा केन्द्रले कृषि परियोजनाहरु सञ्चालन गरिरहेको छ। तर, उपलब्धी भने शून्य जस्तै छ।

‘परियोजनाको रकम खर्चमा विकृति पहिलेदेखि नै भएको रहेछ’, स्रोतले भन्यो, ‘यतिसम्म कि प्रोजेक्टमा भएको खर्चको आजसम्म अफिसियल अडिट हुन सकेको छैन।’ कर्मचारीको हस्तारक्षरमा सामान्य रुपमा एउटा आर्थिक प्रतिवेदन जारी भइरहेको छ। त्यसमा उद्योग वाणिज्य महासंघका कुनै पदाधिकारीको हस्ताक्षर छैन।

विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस

कृषि उद्यम केन्द्रमा घोटाला : खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ घोटाला हुँदै आएको तथ्य सतहमा आएको छ। केन्द्र स्थापना कालदेखि नै विभिन्न घोटाला हुँदै आएको महासंघका प्रदाधिकारीहरु नै स्वीकार गर्छन्। 

केन्द्रको स्थापना कालदेखिनै सुरु भएको आर्थिक हिनामिनाको सिलसिला आर्थिक वर्ष ०७१/७२ देखि भने अझै बढ्दो देखिएको छ। कुनै काम नगर्ने तर बजेट खर्च भएको देखाउने र हिसाब मिलान गर्ने कार्य त्यहाँ हुने गरेको छ।

महासंघको अध्यक्ष नै केन्द्रको पनि अध्यक्ष रहने वैधानिक व्यवस्था छ। त्यसमा पनि महासंघ भित्रकै पदाधिकारीलाई अध्यक्षले उपाध्यक्ष नियुक्ति गर्नेसक्ने अधिकार छ। यही व्यवस्थाको फाइदा उठाउँदै अध्यक्षले आफू निकट सदस्यलाई उपाध्यक्ष नियुक्ति गरी मिलेमतोमा घोटाला गर्ने गरेको देखिन्छ। 

सबैभन्दा बढी घोटाला महासंघकी अध्यक्ष भवानी राणा केन्द्रको उपाध्यक्ष भएको बेला सुरु भएको देखिन्छ। महासंघकी हालकी अध्यक्ष राणा दुई कार्यकाल केन्द्रको उपाध्यक्ष भएकी थिइन्। घोटाला ढाकछोप गर्न महासंघको अध्यक्ष भएपछि राणाले आफू निकट व्यवसायी हेमराज ढकाललाई केन्द्रको उपाध्यक्षमा नियुक्त गरेकी छन्। राणालाई तत्कालीन अध्यक्षहरु क्रमशः प्रदीपजंग पाण्डे र पशुपति मुरारकाले उपाध्यक्ष नियुक्त गरेका थिए।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रममा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। केन्द्रको रकममा घोटाला भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले बजेट दिनसमेत रोक्का गरेको छ। केन्द्रलाई मन्त्रालयले वार्षिक करिब ३० करोड रुपैयाँ दिदै आएको थियो।

‘महासंघ जस्तो व्यावसायिक हित हेर्ने संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन,’ महासंघ स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा रकम बढी खर्च भएको छ।’

विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कानुन आयोगको अध्यक्ष कानुनमन्त्री हुने विधेयकप्रति सत्तारूढ दलका सांसद न्यौपानेको संशोधन प्रस्ताव मंगलबार, भदौ ३०, २०८३
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो मंगलबार, भदौ ३०, २०८३
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत मंगलबार, भदौ ३०, २०८३
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक मंगलबार, भदौ ३०, २०८३
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्