• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वाइडबडी भ्रष्टाचार छानबिनमा अख्तियारको संवैधानिक भूमिका

64x64
नेपाल लाइभ मंगलबार, माघ १५, २०७५  ११:५५
1140x725

कुनै निकायले कुनै काम वा सामान खरिद गरेबापत भुक्तानी दिने कुरामा महालेखा परीक्षकको परामर्श लिनुपर्छ र? चाहे विवादित वाइडबडी खरिद होस् वा मेलम्ची। सिक्टा सिँचाइ योजनाकै किन नहोस्, रकम भुक्तानी दिन महालेखा परीक्षकको परामर्श लिइरहनु पर्दैन। सरकारी कार्यालयको लेखा कानुन बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखा परीक्षकबाट लेखापरीक्षण हुने प्रावधान संविधानको धारा २४१ ले गरेको छ। संविधानतः खर्च भइसकेपछि अर्को वर्षमा लेखापरीक्षण गर्ने हो। खर्च गर्नुपूर्व महालेखापरीक्षकले हेर्ने अधिकार छैन, खर्च नभईकन लेखापरीक्षण नै हुँदैन।  

अख्तियारमा लोकमान सिंह कार्कीका पालामा कुनै आयोजनाको टेन्डर पर्दा सामान खरिदपूर्व देखि नै योजना सञ्चालनको तहमै छानबिनको नाममा काम रोकेर राख्ने चलन थियो। भ्रष्टाचार भनेको त्यो खरिदबिक्री र योजनाको काम सम्पन्न भइसकेपछि हेर्ने कुरा हो। तर बीचमै अल्झाएर काम सम्पन्न हुनु पहिले नै मोलमोलाई गर्ने चलन लोकमानका पालामा कमिसन एजेन्टको स्वार्थमा चलाइयो। यस्तैगरी यो विमान विवादमा पनि महालेखाको परामर्श लिएको भनेपछि उम्किइन्छ भन्ने हिसाबले मन्त्री रवीन्द्र अधिकारीले बोलेको देखिन आयो। शक्तिको राप र तापमा यो भनाइ आत्मघाती होला भन्ने कहिल्यै सोचिएनछ। 

अब विचार गर्नुपर्ने कुरो यो छ कि पर्यटनमन्त्री अधिकारी वा महालेखापरीक्षक शर्मा कसले झुट बोलेको हो? देशको मन्त्री वा संवैधानिक अंगका प्रमुख महालेखापरीक्षकले झुटो बोलेको हो भने कतै जवाफदेही हुनु नपर्ने हो त?

महालेखापरीक्षक टंकमणि शर्माको प्रतिवेदन झुटो भन्नेहरु पनि देखिएका छन्। त्यस्तै विचारहरु आउन थालेका छन्। एकथरी खरिद प्रक्रिया कानुनी रुपमा सही देखिएको, गलत नभएको भन्दैछन्। अब को ठिक को बेठिक? खरिद प्रक्रियामा केके मिलेका केके नमिलेका सबै अनुसन्धान तहकिकात गर्ने जिम्मा अख्तियारमा आएको छ। 

यो विवाद चर्केर मिडिया र सामाजिक सञ्जालमा भाइरल हुँदा पनि मन्त्रीज्यूलाई त्यति तातो लागेको थिएन। सार्वजनिक लेखा समितिले छानबिन गर्न उपसमिति गठन गर्दा पनि मन्त्रीज्यूले सिरियस्ली लिनुभएन। शक्तिको राप र तापमा झिनामसिना कुराको रुपमा लिइयो। उपसमितिले वाइडबडी विमानको किस्ता भुक्तानीबारे सोध्दा पनि आफ्नो कार्यकालमा भुक्तानी नदिएको भन्दै आए। सूक्ष्म रुपमा छानबिन गराउँछु भनेकोमा औपचारिकताका लागि मात्र वायुसेवा निगमकै कार्यदल बनाई सत्यतथ्य बाहिर नल्याएको देखियो। महालेखा परीक्षक टंकमणि शर्मासँग अनौपचारिक परामर्श गरी अन्तिम किस्ता भुक्तानी गरेको भनी उपसमितिमा बताएका थिए। तर महालेखापरीक्षकले आफूसँग कुनै सरसल्लाह नगरेको भनी उपसमितिमा भन्नु भई लिखित रुपमा पत्रबाट जानकारी गराउनु भएको। 

अब विचार गर्नुपर्ने कुरो यो छ कि पर्यटनमन्त्री अधिकारी वा महालेखापरीक्षक शर्मा कसले झुट बोलेको हो? देशको मन्त्री वा संवैधानिक अंगका प्रमुख महालेखापरीक्षकले झुटो बोलेको हो भने कतै जवाफदेही हुनु नपर्ने हो त? 

महालेखापरीक्षकले मन्त्रीलाई फसाउन झुटो बोलेका हुन् भने उनीमाथि महाअभियोग लगाउन ढिलो गर्न भएन। के त्यो क्षमता हाम्रो सार्वभौम संसद्‌मा छ त? होइन भने एउटा मन्त्रीले अर्का संवैधानिक अंगका प्रमुखको सम्बन्धमा संसदीय उपसमितिमै झुटो बोल्छन् भने कुनै जवाफदेही हुनु नपर्ने हो त? गलत बोलेकोमा कानुनमन्त्री शेरबहादुर तामाङले गल्ती स्वीकार गर्दै पदबाट राजीनामा नै गरे। मन्त्रीको भनाइको मूल्यांकन गर्ने प्रधानमन्त्रीले हो। अन्यले होइन।

कैयौं प्रतिवेदनहरु थन्केर बसेका छन्। अमूक अनियमिततामा कुनै पदाधिकारीको संलग्नता रहेको वा नरहेको भनी संसदीय समितिले निर्णय गरेमा त्यो निर्णय नै अन्तिम हुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

अन्य मन्त्री, सचिव, सञ्चालक समितिका अध्यक्ष आदि आफूले एक पैसा नखाएको भन्दैछन्। भ्रष्टाचार हुन सबै अवस्थामा पैसा खाएको देखिन आउँदैन। स्टिङ अपरेसन, ठाडै बरामदीमा मात्र नगद लिएको देखिन आउँछ। अन्य अवस्थामा निर्णय प्रक्रियामा यएको संलग्नताबाट भ्रष्टाचार भएको नभएको पुष्टि  हुने हो।  

रवीन्द्र अधिकारी सभापति रहेको संसदको विकास समिति अघिल्लो संसदमा ३३ अर्ब कर छली विवादमा क्षेत्राधिकार मिचेर फोरजी चलाउन एनसेललाई अनुमति प्रदान गर्ने निर्णय बिर्सने बेला भइसकेको छैन।

अख्तियारको संवैधानिक भूमिका
भ्रष्टाचारको छानबिन तहकिकात गर्ने काम संविधान र प्रचलित कानुन अनुसार संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र हो। संसदीय समिति, उपसमितिले वा सरकारले गठन गरेको समिति वा आयोगले भ्रष्टाचार भएको छैन भनेकै खण्डमा पनि त्यो अन्तिम सत्य हुन सक्दैन। भ्रष्टाचार भएकै छ भनेकै खण्डमा पनि त्यो संविधानतः भन्न पाउने र अभियोग लगाउने निकाय भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र हो। संसदीय समिति, उपसमितिले वा सरकारले गठन गरेको समिति वा आयोगले भ्रष्टाचार भएको छैन भनेकै खण्डमा पनि संवैधानिक निकाय अख्तियारले छानबिन गराउन सक्छ। 

यसर्थ अख्तियारको संवैधानिक क्षेत्राधिकारमा कसैले पनि हात हाल्न मिल्दैन।  
   
कुनै अनियमितताका सम्बन्धमा संसदीय उपसमिति वा समिति वा संसद्ले नै कुनै ठहर गरेमा सरकारका लागि त्यो निर्णय बाध्यकारी हुन पुग्छ। तथापि संसद्का निर्णय र निर्देशन सदैव सरकारले पालना गरेको पाइदैन। कैयौं प्रतिवेदनहरु थन्केर बसेका छन्। अमूक अनियमिततामा कुनै पदाधिकारीको संलग्नता रहेको वा नरहेको भनी संसदीय समितिले निर्णय गरेमा त्यो निर्णय नै अन्तिम हुँदैन। 

नेपालको संविधान अनुसारको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको धारा २३९ (१) अनुसार कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ। अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानुन बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुन बमोजिम अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ।

संसदीय उपसमिति, समिति वा पत्रपत्रिकाले भ्रष्टाचार भयो भन्दैमा कसैले भ्रष्टाचार गरेको हुँदैन र ठहर्ने पनि होइन। खरिदकर्ताहरुको कामकारबाहीको मूल्यांकन अख्तियारले कानुनको परिधिमा रहेर गर्ने हुन्छ।

यस संवैधानिक व्यवस्थानुसार दुइटा वाइडबडी एयरबस विमानको खरिदमा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा अख्तियारले अनुसन्धान र तहकिकात गर्न सक्छ। संसदीय समितिले गरेको छानबिन उसको काममा सहायक हुन सक्छ। संसदीय उपसमिति, समिति वा संसदले नै कसैले भ्रष्टाचार गरेको भनेको आधारमा मात्र भ्रष्टाचार हुने वा नगरेको भनेको आधारमा मात्र कुनै पदाधिकारी चोखिने वा डामिने कुरा हुँदैन। अनुसन्धान तहकिकातबाट प्रमाणको आधारमा अभियोग लगाउने वा नलगाउने अवस्था हुन्छ। 

२०७५ पुस २३ गते सोमबार सार्वजनिक लेखा समितिले गृहसचिव राईलाई सफाइ र अन्य मन्त्रीलाई कानुन बमोजिम कारबाही गर्न संशोधित प्रतिवेदन पारित गरेको छ। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा पर्ने  भ्रष्टाचारको छानविन जाँचबुझ आयोगबाट गराउन सरकार तम्सिन पुगेको छ। जाँचबुझ आयोगले कुनै पदाधिकारीले भ्रष्टाचार गरेको हो भनिदिएमा मात्र सरकारको चित्त बुझ्ने देखिन आयो। 

संसदीय उपसमिति वा समिति वा संसदलेनै गरेको छानबिनबाट कुनै पदाधिकारीलाई उन्मुक्ति दिएमा वा भ्रष्टाचार गरेको भनेमा पनि अख्तियारले संवैधानिक र कानुनी प्रक्रिया अन्तर्गत अनुसन्धान तहकिकात गर्दछ, गर्नुपर्दछ। वाइडबडी अनियमितता काण्डमै सार्वजनिक लेखासमितिले चोख्याएका गृहसचिव प्रेमकुमार राई वा उपसमितिले बदनियत देखिएका भनिएका पर्यटनमन्त्री अधिकारी वा दुई पूर्व मन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक जिम्मेवार ठानेर कानुनअनुसार कारबाही माग गरेका लगायत अन्य पदाधिकारीमाथि अनुसन्धान तहकिकातबाट भ्रष्टाचार गरेको देखिन सक्छ। भ्रष्टाचार गरेको देखिन आएमा संलग्नतानुसार अभियोग लाग्न सक्छ। सार्वजनिक लेखा समितिले बदनियतसाथ भ्रष्टाचारमा संलग्न रहेको भनी प्रतिवेदन दिएकाको हकमा पनि अनुसन्धान तहकिकातबाट अख्तियारले गडाउ हुने प्रमाण नभेटेमा मुद्दा नचलाउन पनि सक्छ।

अख्तियारले कसैबाट भ्रष्टाचार भयो गरियो भनेर अभियोग लगाएर मात्र हुँदैन। अभियोगपत्रसाथ पेस गरेको प्रमाणबाट अदालतले भ्रष्टाचार गरेको पुष्टि गर्नुपर्दछ। अनि मात्र कोही भ्रष्टाचारी ठहरिन जान्छ। 

यसर्थ सार्वजनिक लेखासमिति र उपसमितिको प्रतिवेदनका आधारमा मात्र कुनै पदाधिकारीले सफाइ पाउन वा भ्रष्टाचारी ठहरिन नसक्ने हुन्छ। त्यस्तै सरकारले गठन गरेको संविधानको प्रावधान विपरीतको विवादित वाइडबडी जाँचबुझ आयोगले कुनै पदाधिकारीले भ्रष्टाचार गरेको भनेमा वा भ्रष्टाचार नगरेको भनी उन्मुक्ति दिएमा पनि त्यो प्रतिवेदन अन्तिम हुँदैन। संवैधानिक निकाय अख्तियारले अनुसन्धान तहकिकात र प्रमाणको आधारमा त्यो प्रतिवेदनभन्दा बाहिर गएर पनि मुद्दा चलाउन सक्तछ। त्यसैले सरकारको समर्थनमा कोही दोषमुक्त वा दोषी हुन सक्दैन। यो संवैधानिक प्रावधानलाई सबैले मनन् गर्नुपर्छ। सार्वजनिक लेखा समितिको प्रतिवेदनको आधारमा कोही खुसी हुनु वा आत्तिनु पर्ने अवस्था छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तहकिकातलाई सामना गर्न तयार हुनुपर्दछ। सार्वजनिक लेखा समितिले मुक्ति दियो भनेर खुसी मनाउनु त सपना 'मूतको न्यानो' जस्तो मात्र हो। 

विमान खरिदमा संलग्नले महालेखापरीक्षकको प्रतिवेदन ढुंगाको अक्षर होइन, खरिद गरेको काम कानुन सम्मत छ, नियत सफा थियो। अमेरिकी कम्पनीसहितको कन्सोर्टियमले कमिसन दिँदैन, छैन भनियो। अब कमिसन छैन भनेपछि कमिसन नघटाई यो डिल हुँदैन, प्रक्रिया रद्द गर्छु भन्न कानुनले दिने अवस्था थिएन। छैन भनेको कमिसन जबर्जस्ती कहाँबाट ल्याउने? भन्ने भनाइ पूर्व पर्यटन तथा अर्थ सचिव शंकरप्रसाद अधिकारीले सेतोपाटी अनलाइनमा भनेका छन्। 

संसदीय उपसमिति, समिति वा पत्रपत्रिकाले भ्रष्टाचार भयो भन्दैमा कसैले भ्रष्टाचार गरेको हुँदैन र ठहर्ने पनि होइन। खरिदकर्ताहरुको कामकारबाहीको मूल्यांकन अख्तियारले कानुनको परिधिमा रहेर गर्ने हुन्छ। कसैले कसैलाई भ्रष्टाचारी भन्दैमा भ्रष्टाचारी हुने होइन नत भ्रष्टाचार गरेको होइन नियत सफा थियो भनेकै भरमा स्वेच्छाचारी हुने हो। चाहे सार्वजनिक खरिद बिक्री कानुनको पालनाको प्रश्न होस् वा अन्य कानुनको प्रयोग र पालनाको प्रश्न, उचित कानुनी प्रक्रिया पुर्याएर पालना गरिनुपर्ने हुन्छ। 

आम जनचासो र सरोकारको यो वाइडबडी भ्रष्टाचार काण्डलाई संवैधानिक जिम्मेवारी पाएको अख्तियारले छिटो टुंग्याउनुपर्छ। 

जुनसुकै सार्वजनिक खरिदको काम गर्दा विद्यमान कानुनको पालना गरिनुपर्दछ। अंर्बौ रुपैयाँको विमान खरिद गर्दा पनि कानुनको पालना इमानदारीपूर्वक गरिएको थियो, नियत सफा थियो थिएन भन्ने कुरा सम्पूर्ण खरिद प्रक्रियाको अनुसन्धान तहकिकातबाट देखिन आउने हुन्छ। कानुनको उल्लंघन गरिएको थिएन। खरिद प्रक्रिया र काम कारबाहीमा कुनै दुरासय राखिएको थियो थिएन भन्ने तहकिकात अब अख्तियारले गर्दछ। अख्तियारले कसैबाट भ्रष्टाचार भयो गरियो भनेर अभियोग लगाएर मात्र हुँदैन। अभियोगपत्रसाथ पेस गरेको प्रमाणबाट अदालतले भ्रष्टाचार गरेको पुष्टि गर्नुपर्दछ। अनि मात्र कोही भ्रष्टाचारी ठहरिन जान्छ। 

भ्रष्टाचारमा अनुसन्धान तहकिकात गर्ने र भ्रष्टाचार गरेको प्रमाण फेला परेमा कानुन बमोजिम मुद्दा दायर गर्ने काम अख्तियारको हो। अख्तियारले यो संवैधानिक दायित्व पूरा गर्दै आएको छ। लोकमानको पालामा भ्रष्टाचारी बचाउँदै आएको अख्तियार नयाँ प्रमुख आयुक्तको आगमनसँगै साँच्चिकै सक्रिय हुन थालेको छ। पहिलेपहिले अनुसन्धान सुरु गर्नुअघि नै अकूत सम्पत्तिमा यो यो पदाधिकारीमाथि छानबिन हुँदैछ भनेर प्रचार गरिन्थ्यो। छानबिन गरिनेहरुलाई सम्पर्क गर्न विज्ञापन नै गरिन्थ्यो। तर अहिले भने अख्तियारको सुई उल्टोबाट ठिक सुल्टोमा चल्न थालेको छ। प्रचार र हल्लाभन्दा काम गर्न थालिएको छ। वाइडबडीको सम्बन्धमा पनि सार्वजनिक लेखा समितिको प्रतिवेदनले औंल्याएका र विमान खरिदको प्रक्रियामा भए गरेका अनियमितताको सम्बन्धमा अख्तियारले अनुसन्धान तहकिकात गर्छ। त्यस्तै सरकारले गठन गरेको संविधान र कानुनविपरीतको जाँचबुझ आयोगको प्रतिवेदनलाई पनि अख्तियारले पर्खिरहनु पर्दैन। आम जनचासो र सरोकारको यो वाइडबडी भ्रष्टाचार काण्डलाई संवैधानिक जिम्मेवारी पाएको अख्तियारले छिटो टुंग्याउनुपर्छ। 

संसद्, संसदीय समिति, सरकार वा कसैको दबाबलाई अख्तियारले सँहदैन र पर्खदैन। आम जनचासो र सरोकारलाई अख्तियारले अविलम्व सम्बोधन गर्नुपर्दछ। सार्वजनिक लेखा समितिले नै केही पदाधिकारीलाई निलम्बन गरेर छानबिन सुरु गर्न प्रतिवेदन दिइसकेकाले अख्तियारले अनुसन्धान तहकिकात गर्नुपर्दछ। 

यो पनि : वाइडबडी छानबिनमा सरकारी आयोग : शासकीय पद्धतिको खतरनाक रुप

प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्