काठमाडौं- नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन्।
कास्कीका जिल्ला शिक्षा अधिकारी चढ्ने बा १ ज ५८८६ नम्बरको गाडी उनीहरुले पोखरामा जलाएका हुन्। आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ।
शनिबार सरकारी गाडी चल्न नदिने संघको केन्द्रीय सर्कुलर अनुसार जलाइएको नेविसंघ कास्कीका अध्यक्ष परशुराम बस्नेतले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।