• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनसेल लाभकर छली-३ : अब अख्तियारको छानबिन र नागरिक सक्रियता

64x64
नेपाल लाइभ मंगलबार, माघ २९, २०७५  १६:१६
1140x725

देशमा भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको नाम सुन्न चाहन्न भन्नेहरुले एनसेलको पुँजीगत लाभकर विषयमा खरिदपूर्व नै भेटघाट गरेको देखिन आयो। यत्रो दुई तिहाइ बहुमतको सरकारले एनसेलसँग लाभकर असुल गर्नेतिर सक्रियता देखाएको पाइएन। कर असुल गर्नुपर्ने ठूला करदाता कार्यालयले पनि नेपाल छाडेर गइसकेको स्वीडेनको कम्पनी टेलियासोनेरालाई कर कायम गरिदिनुबाट पनि कर असुल नगर्ने शासन चलाउनेहरुको नियतलाई सघाउ पुर्याएको देखियो। 

एउटा विदेशी व्यापारी कम्पनीले राज्यका सबै अंगलाई गुलियोमा भुलायो। कोही चोखा रहेनन्। देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि जनविश्वास हराइसकेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यो देशमा न्याय मरेको छैन, दिउँसै देश लुट्न पाइन्न भनी न्यायमा जनआस्था बढाउने काम गराए। जसको चारैतिरबाट प्रशंसा भइरहेको छ।  

सर्वोच्च अदालतले एनसेल र आजियटाले लाभकर बुझाउनुपर्ने गरी २०७५ माघ २३ मा रिट जारी गरेको छ। 

नागरिक समाजका तर्फबाट डा द्वारिकानाथ ढुंगेल, पूर्व कार्यबाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री, डा जगदीशचन्द्र बरालसमेत पाँच जनाले दिएको सार्वजनिक सरोकारको रिटमा अहिले पनि एनसेल आजियटाको प्रभावकारी नियन्त्रणमा रहेको भन्दै लाभकरको दायित्व आजियटा र एनसेलले बेहोर्नुपर्ने भनी सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। 

एनसेलको करछलीमा राज्यका नियामक निकायहरु नै संलग्न भएको देखिएको अर्को उदाहरण हुन्, ठूला कर दाता कार्यालय, आन्तरिक राजस्व विभाग। यी निकायले पहिले एनसेलले कर तिर्नुपर्छ भन्नेतिर नलागेकैले लाभकर नतिरीकन सेयर हस्तान्तरण हुन गयो।

अब एनसेलको मालिक आजियटा र नेपालमा रहेको कम्पनी एनसेलबाट बाँकी लाभकर असुल गर्नु गर्नुपर्ने हुन्छ। एनसेलको स्वामित्व आजियतामै रहेको र एनसेल खरिदकर्ता आजियटा नेपालमै भएको, एनसेलले नेपालमै वर्षमै अर्बौं कारोबार गरिरहेको र उसको कम्पनी नेपालमै रहेको हुनाले सर्वोच्च अदालतको फैसला बमोजिम कर असुल उपर गर्न अब कुनै कठिनाइ पर्नेछैन। 

अब एनसेलसँग सबै कर असुल गर्ने बाटो खुला भएको छ। तीन वर्षदेखि रोकिएको अर्बौं कर असुलीको टुंगो लागेको छ। 

सर्वोच्च अदालतकै अघिल्ला प्रधानन्यायाधीश र न्यायाधीशहरुको मिलेमतोमा डुबाउन लागेको राष्ट्रको ठूलो धनराशी सर्वोच्च अदालतको अहिलेको नेतृत्वको सक्षमताले असुल हुने भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

एनसेलको करछलीमा राज्यका नियामक निकायहरु नै संलग्न भएको देखिएको अर्को उदाहरण हुन्, ठूला कर दाता कार्यालय, आन्तरिक राजस्व विभाग। यी निकायले पहिले एनसेलले कर तिर्नुपर्छ भन्नेतिर नलागेकैले लाभकर नतिरीकन सेयर हस्तान्तरण हुन गयो। विवादको टेलियासोनेराकै उत्तराधिकारीको रुपमा आजियटा भएको र उसकै प्रभावकारी नियन्त्रणमा भएकोमा कर निर्धारण गर्दा एनसेल र आजियटालाई नछोएर नेपाल छाडेर गइसकेको बिक्रेता टेलियासोनेराको नाममा कर निर्धारण गरेको छ। 

कुनै बेला मन्त्रिपरिषद्‌मै लाभकर तिर्ने दायित्व बिक्रेता टेलियासोनेराको हो भनी नेपालको एनसेल र आजियटालाई मुक्ति दिलाउन खोजिएको थियो। त्यसैलाई ग्रान्ड डिजाइन अनुसार समर्थन गर्दै लाभकर असुल उपर नहुने हिसाबले नेपाल छाडेर गएको कम्पनी टेलियासोनेराको नाममा ठूला करदाता कार्यालयबाट लाभकर र अन्यकर निर्धारण गरियो। सामान्य जनताको आँखामा छारो हाल्नका लागि ६१ अर्ब कर निधार्रण गरिएको नाटक रचियो। पछि ७२ अर्ब गरे पनि कर प्रशासकहरुको नियत आजियटालाई बचाउनमै थियो। 

नागरिक र अख्तियारको सक्रियता
लाभकर लाग्ने र असुल गराउने फैसला भएपछिको यो परिवर्तित अवस्थामा पनि नागरिक समाजले ढुक्क भएर बस्ने अवस्था देखिँदैन। कर निर्धारण र असुलीको प्रक्रिया पूरा नभएसम्म नागरिक खबरदारी रहनुपर्दछ।  

फैसला भएपछिको परिवर्तित अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धमा छानबिन गर्नुपर्छ।  सार्वजनिक लेखा समितिले पहिले नै भ्रष्टाचारमा छानबिन गर्न अख्तियारलाई लेखेकै थियो। 

टेलियासोनेराले बिक्री गरेपछि एनसेल आजियटाको स्वामित्वमा आएपछि पुँजीगत लाभकर असुल गर्नु/गराउनुपर्नेतिर दुरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय लगायतले किन कर-छलीतर्फ  नै सहयोगी बने?

अख्तियारले एनसेलको लाभकर छली सम्बन्धमा सुरुदेखिका काम कारबाहीमा भ्रष्टाचार भएको छ/छैन भन्ने सम्बन्धमा अनुसन्धान तहकिकात प्रारम्भ गरिहाल्नुपर्छ।  

अख्तियार र अन्य निकायले गर्नुपर्ने काम कारबाही सम्बन्धमा चर्चा गर्न चाहन्छु। 

छानबिन गरिनुपर्ने विषय
१. स्वीडेनको टेलियासोनेरा ग्रुपले एनसेल बिक्री गर्दा पुँजीगत लाभकर किन असुल उपर नगरेको? 
२. टेलियासोनेराले बिक्री गरेपछि एनसेल आजियटाको स्वामित्वमा आएपछि पुँजीगत लाभकर असुल गर्नु/गराउनुपर्नेतिर दुरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय लगायतले किन कर-छलीतर्फ  नै सहयोगी बने?
३. पुँजीगत लाभकर असुल नभई थप फोरजी सेवा दिनेतर्फ सक्रिय भएका, रहेका सञ्चार मन्त्रालय, दुरसञ्चार प्राधिकरण र तिनका जिम्मेवार पदाधिकारी लगायतको भूमिका सम्बन्धमा। 
४. खरिदपूर्व नै मलेसियन आजियटाले त्यतिबेला सम्बन्धित सरकारी अर्धसरकारी  निकायका प्रमुखहरुसँग कर नलगाउन मिलेमतो गराएको सम्बन्धमा। 
५. आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माले सार्वजनिक लेखा समितिमै पुँजीगत लाभकर नलाग्ने, वैदेशिक लगानीलाई प्रभावित गर्ने भन्दै लाभकर नलगाएको सम्बन्धमा। 
६.  नेपाल छाडेर गएको टेलियासोनेराको नाममा ठूला करदाता कार्यालयले कर निर्धारण गरी अप्रत्यक्ष रुपमा कर नउठाउने र आजियटाकै समर्थनमा निर्णय गरेकोमा छानबिन हुनुपर्ने। 
७. एनसेल खरिद गर्दाको अवस्थामा बिक्रेता टेलियासोनेरा र खरिदकर्ता आजियटाबीच भएको एसपिए अर्थात् बिक्रीनामामा जगेडाकोष (एस्क्रो एकाउन्ट) मा राखिएको ४४ अर्ब रुपैयाँको सम्बन्धमा सम्बन्धित निकाय आन्तरिक राजस्व विभाग, ठूलाकर दाता कार्यालय, दुरसञ्चार प्राधिकरण आदि कसैले पनि चाख नदेखाएकोमा अख्तियारबाट छानबिन हुनुपर्ने। यो कोष सम्बन्धमा ठूला करदाता कार्यालयले कर निर्धारण गर्दा पनि आँखा चिम्लिएको सम्बन्धमा। 

एसपिएमा ४४ अर्ब रुपैयाँ 
टेलियासोनेरा र आजियटाबीच भएको एनसेलको खरिद-बिक्री सम्झौता (एसपिए) मा समेत नेपालको कर दायित्वका लागि भनेर ४४ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ।

यो रकम टेलिया र आजियटाको संयुक्त खातामा रहने गरी स्क्रो एकाउन्ट खोलेर युरोपेली बैंकमा राखिएको छ। सरकारले एनसेलसँग यही स्क्रो एकाउन्टबाट कर लिन सक्छ र त्यो कर लिएर तिर्ने दायित्व एनसेलको हो।

अब कर्मचारी सरुवा
एनसेलको लाभकर विवाद सुरु भएपछि सर्वोच्च अदालतबाट २३ माघ ०७५ मा फैसला हुँदासम्म ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागमा एनसेल सम्बन्धी काममा एनसेलको सहयोगी भएर काम गर्ने जिम्मेवार कर्मचारीहरुलाई विभाग र त्यो कार्यालयमा राखिनु हुँदैन। अर्थ मन्त्रालयले नै यो विषयमा हेर्नुपर्ने हो। यसतर्फ अर्थमन्त्रीले तुरुन्तै कारबाही गर्नुपर्दछ। ती जिम्मेवार कर्मचारीलाई तत्‌तत् कार्यालयबाट अन्यत्र सरुवा गरिनुपर्दछ।

हुनत, एनसेललाई कर छलाउनेमा मन्त्रिपरिषद्‌मै संलग्न भएको पहिले देखिएकै हो। सरकारी संलग्नतामै काम गर्दै आएका भए तापनि अबको परिवर्तित परिस्थितिमा ती जिम्मेवार पदाधिकारीलाई ती कार्यालयमा राखिनु हुँदैन।

एनसेलले बीचमा जम्मा गरेको २३ अर्ब लाभकरको रकम अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सक्रियतामा उठाइएको होइन। ठूलो नागरिक दबाबपछि एनसेल आफैले १५ प्रतिशत बिक्रीकर लाग्ने भनी जम्मा गरेको हो। करसम्बन्धी सरकारी पदाधिकारीको सक्रियतामा यो रकम नउठेकाले उनीहरुले उठाए भनी स्याबासी दिनुपर्ने अवस्था छैन। 

हुनत, एनसेललाई कर छलाउनेमा मन्त्रिपरिषद्‌मै संलग्न भएको पहिले देखिएकै हो। सरकारी संलग्नतामै काम गर्दै आएका भए तापनि अबको परिवर्तित परिस्थितिमा ती जिम्मेवार पदाधिकारीलाई ती कार्यालयमा राखिनु हुँदैन। राखेमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्न सक्दछन्। अझै कम कर निर्धारणतिर उन्मुख हुन सक्दछन्। एनसेलको सम्पर्कमा रहेका ती अधिकारीहरुबाट कानुनको दुरुपयोग हुने बढी सम्भावना हुन्छ। त्यसैले तिनीहरुलाई अख्तियारले छिटो छानबिन गरिनुपर्दछ।  

एनसेलबाट लाभकर साँवा, जरिवाना, ब्याज तथा अन्य कर पनि साँवा, ब्याज, जरिवाना कति भन्ने हिसाबबाट आउने कुरा हो। असुल कोबाट गर्ने? कसले तिर्ने भन्ने विवादको टुंगो लागेको छ। तथापि कर सम्बन्धी कार्यालयले गर्ने निर्णयमा अझै ढुक्क र विश्वस्त हुने अवस्था आइसकेको छैन।

पहिले लाभकर छलाउन मरिमेटेर लाग्नेहरु नै अहिले पनि ती कार्यालयमा ढाडिएको जुकाझैं बसिरहेका छन्। ती जुकाबाट देश ठगिने प्रवल सम्भावना छ। 

त्यसैले नागरिक समाजले खबरदारी गरिरहनुपर्छ। यो लाभकर छलीमा भ्रष्टाचारमा संलग्नहरुलाई अख्तियारले छानबिन गरेर नंग्याउनुपर्छ। पहिले लाभकर छलीमा सक्रियहरुलाई ती कार्यालयबाट अर्थमन्त्रीले हटाउनुपर्छ।

एनसेल लाभकर छलीबारे लेखकका यसअघिका विश्लेषण-
एनसेल लाभकर छली-१ : राज्य संयन्त्रको संलग्नता कति?
एनसेल लाभकर छली-२ : सर्वोच्च अदालतको मार्गनिर्देशक आदेश

प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्