• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

४८ वर्ष पहिले स्थापना भएको पानीजहाज कार्यालयले काम गरेन, के अब नयाँले गर्ला?

64x64
नेपाल लाइभ बिहीबार, फागुन २, २०७५  ०७:१५
1140x725

काठमाडौं- गएकाे असार १४, स्वर्गीय मदन भण्डारीकाे जन्मजयन्तीको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १६ गते भित्र पानीजहाज चढेर काेलकाता जान आम जनतालाई निमन्त्रणा दिए।

अझै केही समय अघि फर्किने हाे भने नेपाली जनतालाई पानीजहाजको सपना ओलीले २०७३ जेठ ४ बाट देखाउन थालेकाे तथ्य खुल्छ। अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै पहिलो प्रधानमन्त्रीत्वकाल समाल्दै गरेका ओलीले पानीजहाजको कुरा जनतामाझ सुनाएका थिए।

यस्तै गत जेठ १३ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पानीजहाजको सपना निदाएका बेलामा होइन, दिउँसै देखेको सपना हो।’

तर, प्रधानमन्त्री ओलीले पानीजहाजको टिकट काट्न बोलाएको दिन (पुस १६)मा पानीजहाजको त के टिकटको पनि अत्तोपत्तो नभएपछि प्रधानमन्त्रीको सार्वजनिक रुपमा खिल्ली उडाउन थालियो।

त्यसको केही दिनपश्चात् सदनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले देखाएको पानीजहाजको सपनाले सबैलाई केन्द्रिकृत गरेको भन्दै त्यसमा नै आफ्नो सफलता दर्शाउने प्रयास गरे। ‘हिजो नेपालमा पानीजहाज आउँछ भन्ने कुरा नपत्याउनेहरुले आज पानीजहाजको सपना देख्न थालेका छन्,’ प्रधानमन्त्रीले सदनमा बोल्दै भनेका थिए।

पानीजहाज नेपालमा आउने विषयमा प्रष्ट जस्तो देखिएका प्रधानमन्त्री ओलीले आज ‘नेपाल पानीजहाज कार्यालय’ उद्घाटन गर्दैछन्।

त्यसो त २०२७ सालमा नै नेपालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनमा ल्याउने प्रयास गरेको थियो। त्यसक्रममा 'पानीजहाज दर्ता ऐन, २०२७' पनि पारित भएको गरिएकाे थियाे (सौरभ लिखित पुस्तक 'असङ्गति'- पृ.७२)। पुस्तकमा उल्लेख भएअनुसार पानीजहाज ऐन दर्ताको क्रममा पानीजहाजको नामकरण देखि लिएर पानीजहाजको राष्ट्रियता नेपाली हुनेसम्मको व्यवस्था भएको थियो। साे समयमै यात्रुबाहक, मालबाहक र ट्यांकर गरी तीन प्रकारको पानीजहाज सञ्चालन गर्ने तयारी भएको थियो।

यसै सिलसिलामा 'रोयल नेपाल सिपिङ कर्पोरेसन' नामक संस्था स्थापना भई जहाजसमेत खरिद गरिएको थियो। यहाँसम्म कि केही नेपाली झन्डावाला जहाजहरुले समुद्रको यात्रासमेत गरेको बताइन्छ। पानीजहाज सञ्चालनका लागि तत्कालीन समयमा ५ सय नेपालीलाई साेसम्बन्धी तालिम पनि दिइएको थियो। तर, किस्तामा खरिद गरिएको जहाजको किस्ता बुझाउन नसकिएपछि जहाज सञ्चालनले निरन्तरता पाउन नसकेको पुस्तकमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

पानीजहाजसम्बन्धी कानुन र सञ्चालन राजा महेन्द्रको पालामा भएको र महेन्द्रको निधनसँगै पानीजहाजको समुद्रिक यात्राले पनि विश्राम लिएको २०७३ जेठ ८ गते 'अन्नपूर्ण पोस्ट'मा प्रकाशित रमेश बडालको लेखलाई उद्धृत गर्दै सौरभले आफ्नो पुस्तकमा लेखेका छन्।

यस्तै २०२८–२९ सालतिर चीन र बंगलादेशसँग भारतको सम्बन्ध राम्रो नभएकाले भारतीय समुद्रिक मार्ग हुँदै चीन र बंगलादेशले तथा चीन र बंगलादेशीय समुद्रिक मार्ग हुँदै भारतले अन्तर्राष्ट्रिय व्यापार गर्ने स्थिति थिएन। खासमा २०१८ सालतिर भएको चीन-भारतबीचको सीमा युद्धपछि दुबै देश पानी बाराबारको अवस्थामा थिए। २०२८ को आसपासमा पाकिस्तानबाट बंगलादेश छुटिएको अवस्थामा बंगलादेशको पनि भारतसँग खास राम्राे सम्बन्ध थिएन।

यस्तो अवस्थामा भारतलाई अन्तर्राष्ट्रिय व्यापारका लागि भारतीय पानीजहाज कम्पनीलाई नेपाली कम्पनीको नामकरण गरी सञ्चालन गर्ने विचारसहित पानीजहाज सञ्चालक काठमाडौं आएको सौरभको पुस्तक 'असङ्गति' (पृ‍.७४) मा बताइएको छ।

तत्कालीन अवस्थाको सामुद्रिक कानुनका अनुसार नेपालमा समुद्र नभएकाले नेपालले पानीजहाज सञ्चालन गर्न पाउन नसक्ने कुरालाई पनि दृष्टिगत गरिएको पाइन्छ। त्यसका लागि नेपालले भारतको अण्डमान सागर नजिकको एक टापु किन्ने र सोही बन्दरगाहलाई प्रयोग गरेर पानीजहाज सञ्चालन गर्न भारतीय पक्षले नेपाललाई आग्रह गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन समयमा भारतको सिन्धिया नेभिगेसन र इस्टर्न नेभिगेसन नामक दुई कम्पनीले पानीजहाज सञ्चालन गर्थे। चीन, बंगलादेश हुँदै ओहोरदोहोर गर्न नपाएपछि सिन्धिया नेभिगेसन टाट पल्टिने अवस्थामा पुगेको थियो। त्यसैले पनि नेपाली झन्डा प्रयोग गरी उनीहरु जहाज आफैं सञ्चालन गर्न चाहन्थे। त्यसबापत नेपाललाई निश्चित रोयल्टी दिने कुरामा समेत उनीहरु सहमत थिए।

तत्कालीन समयमा गरिएको एक अध्ययनअनुसार गंगा र गण्डक हुँदै पानीजहाज नारायणघाटसम्म ल्याउन सकिने रिपोर्ट तयार भएको थियो।

२०७३ जेठ ५ गते 'नयाँ पत्रिका' दैनिकमा प्रकाशित कृष्णप्रसाद भण्डारीको लेखलाई आधार बनाउँदै सौरभ आफ्नो पुस्तकमा लेख्छन्- 'पानीजहाज खरिद प्रक्रिया अघि बढ्ने क्रममा तुलसी गिरि (जोपछि मन्त्रिपरिषद्‍का अध्यक्ष पनि भए) देखा पर्छन्। तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र पनि गिरीको योजनामा सहभागी हुन्छन्।'

पानीजहाज खरिद गर्न ज्ञानेन्द्रकै नेतृत्वमा एउटा कम्पनी पनि खडा भएको थियो। हाल निर्वाचन आयोगको कार्यालय भएको बहादुर भवनमा पानीजहाजको कार्यालय नै स्थापना भएको थियो। उक्त कम्पनीले पानीजहाज खरिदका लागि भारतको इस्टर्न नेभिगेसनसँग कुरा अघि बढाएको थियो भने बेलायती कम्पनीसँग पनि कुरा भएको उल्लेख भएको पाइन्छ।

अन्ततः पानीजहाज बेलायती कम्पनीबाट खरिद गर्ने भएपछि नेपालले कम्पनीलाई केही रकम भुक्तानी पनि गरेकाे बताइन्छ। अरु पैसाका लागि सरकार जमानी बस्दिनुपर्ने भयो। करोडौँ डलरको जमानी बस्न सरकार डराएपछि बेलायती कम्पनीले पानीजहाज फिर्ता लग्यो। त्यसको केही समयपछि पानीजहाज समुद्रमा डुबेको बताइन्छ। साे समय पानीजहाज डुबे पनि नडुबे पनि पूर्व राजा ज्ञानेन्द्र शाहको पैसा भने डुबेकाे थियाे।

भारत सरकारले एक वर्षभित्र नेपाल-भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायतको सञ्चाल विस्तार हुने बताउँदै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरिसकेको छ। भारत भ्रमणमा रहेका बेला उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच मंगलबार भएको दुईपक्षीय भेटवार्तामा नेपालको सीमासम्म सञ्चालन हुने भारतीय जल यातायातबाट फाइदा लिन भारतले आग्रह गरेकाे हाे।

यता आजबाटै नेपालमा पानीजहाज कार्यालय सञ्चालन हुँदै गर्दा के चाडैं पानीजहाजको टिकट काँट्न लाइन बस्नुपर्ने त होइन भन्ने कौतुहलता बढाउला?

प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्