• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : आशाका संकेत देखाऊ

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  २०:०८
1140x725

बलियो सरकार त्यतिबेला सम्भव हुन्छ, जतिबेला बहुमतभन्दा बढी जनतालाई कुनै पार्टी र नेताप्रति विश्वास जागेको हुन्छ। केपी ओली त्यस्तै नेता हुन्। त्यही विश्वासले नै उनले बलियो सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे। दोस्रो पटक यो पद सम्हालेका उनले एक वर्ष पार गरिसकेका छन्। तर उनीप्रतिको विश्वास भने कम हुँदै गएको छ।

मानिसहरूले विभिन्न माध्यमबाट व्यक्त गर्ने प्रतिक्रियाले ओलीप्रतिको विश्वास ओरालो लागेको संकेत गर्छ। सरकार बनेका बेला जुन आशाको संकेत देखिएको थियो, जे-जस्ता वाचा गरिएका थिए, सो अनुसार सरकार नहिँडेको आरोप लाग्ने गरेको छ।

यसबीचमा सरकारले केही उल्लेखनीय काम गरेको छ। मौलिक हकसँग सम्बन्धित कानुनहरू बनाइयो, संघीयता कार्यान्वयनका लागि कतिपय कानुनी र संरचनागत व्यवस्था गरियो, साना किसानको ऋण मिनाहा गरियो, श्रमिकको ज्यालामा वृद्धि गरियो, सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरियो। सूची लामो हुनसक्छ। सरकारको दाबी झन् लामो हुनसक्छ।

तर आम रूपमा उठेको प्रश्नचाहिँ के हो भने, संसदमा दुई तिहाइको समर्थन भएको सरकारको प्रस्तुति यस्तै हो त?

सरकारसँग के अनुकूलता छैन? संघदेखि स्थानीय तह आफू अनुकूल छ। प्रतिपक्षी कमजोर छ, कुनै किसिमको राजनीतिक मतभेद निम्त्याएको आन्दोलन छैन। अदालतदेखि अख्तियारसम्मलाई आफू अनुकूल घुमाउन सक्ने तागत छ। प्रधानमन्त्री स्वयंले विभिन्न विभागहरूलाई आफू मातहत राखेर शक्ति खिचेका छन्। मन्त्रीलाई थाहै नदिई सचिव परिवर्तन गराउन सक्छन्, मन्त्रीको निगरानी गर्न सक्छन्। तर, शक्तिको अभ्यासभन्दा बाहेक प्रधानमन्त्रीको सबलता कहाँ देखियो त?

Ncell 2
Ncell 2
nimb
nimb

सबैलाई थाहा छ, इतिहासदेखि अंशअंशमा हात लागेको समस्याको पोको यो सरकारले निमिट्यान्न पार्न सक्दैन। त्यो अपेक्षा पनि कसैले गरेको छैन। तर, संस्थाहरु बलियो बनाउने र तीप्रति विश्वास बढाउने, पद्धति विकासको सुरुवात गर्ने, लोकतान्त्रिक स्पेसहरूलाई फराकिलो बनाउने तथा संघीयता बलियो बनाउनेजस्ता कामहरु उनले गर्नसक्थे। गर्नुपर्थ्यो। सरकार यी विषयमै अनुदार देखियो। बरु पानीजहाज पहिले ल्याउने कि रेल भन्नेमा रुमलियो, पोलपोलमा ’नयाँ युग’ आएको सूचना दिन व्यस्त भयो। सडकमा धुलो उडिरह्यो, मन्त्रीहरु भाषण उडाइरहे।

केही कुरा हुनु वा नहुनु तर जनतामा भएजस्तो लाग्नु खतरनाक हुन्छ। त्यसैमध्येको एक हो, भ्रष्टाचारमा बढोत्तरी। धेरैलाई लागिरहेको कुरा के हो भने अहिले भ्रष्टाचार नै संस्थागत भइरहेको छ। यो हुनु जति खतरनाक छ, नभएकै अवस्थामा पनि जनतालाई महसुस हुनु झन् बढी खतरनाक छ। यद्यपि, प्रधानमन्त्रीले ’भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भनेर दोहोर्‍याइरहनु परेको छ। जनताले महसुस गरेको कुरा र प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धताबीचको पुल कहिले जोडिएला, अहिलेको अपेक्षा त्यही हो।

खतरनाक कुरा अझै छन्। यसबीचमा प्रधानमन्त्री स्वयंले प्रधानमन्त्री पदको गरिमा गुमाएको आरोप लागेको छ। ठुल्ठुला कुरा बोल्ने, मिति तोकेर पानीजहाज चढ्न निम्तो दिने तर काम नहुने अवस्था छ। कतिसम्म भए डा गोविन्द केसीसँग गरेको कागजी सम्झौता र पटक-पटकको मौखिक प्रतिवद्धतालाई सहजै उल्लंघन गरिदिए। आफ्ना सांसदहरुको शक्ति प्रयोग गरेर सत्याग्रहीमाथि भ्रामक जित निकाले। तर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन कुनै शक्ति प्रयोग गर्न सकेनन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आफैंले खनेको खाल्टोबाहेक सरकारसँग अहिले कुनै पनि अप्ठ्यारा छैनन्। तर, सरकार यसबीचमा नदुखेको टाउको दुखाउन अग्रसर भयो। भेनेजुएला प्रकरण त्यसको उदाहरण हो। माइतीघरमा हुने प्रदर्शनीमा रोक लगाउने महत्त्वाकांक्षा पालेर भेनेजुएलाको नागरिक अधिकारको स्मरणमा सरकार भुल्यो।

सफलता, विवाद, आलोचना सामान्य विषय हुन्। जुनसुकै सरकारको पालमा पनि यो भइरहन्छ। तर, यति धेरै शक्तिशाली सरकार बन्ने अवसर सधैं प्राप्त हुँदैन। यद्यपि, यो सरकार पनि उस्तै रहेछ भन्ने आम निराशाले हाम्रो राजनीतिक प्रणालीको भलो गर्दैन। आखिर प्रधानमन्त्रीले भनेकै छन्- निराश जनता खतरनाक हुन्छन्।

एक वर्ष त बितिसक्यो। कतिपय काम भए, कतिपय भएनन्। अवसर अझै छ। तर, लोकप्रियताले ग्रसित नभएको, जनताको जीवनशैली र जीवनस्तरलाई केन्द्रमा राखिएको कामहरुले नै जनताको मत जित्न सकिन्छ। बलियो सरकारको सार्थकता पूरा गर्न सकिन्छ।

बलियो सरकार यो देशको संस्थागत र पद्धतिगत विकासका लागि, बहसबाट निखारिएको विवेक प्रयोगका लागि, देशको सामूहिक आवश्यकता पहिचान र पूरा गर्ने संकल्पका लागि यो सरकारको कार्यअवधि ’टर्निङ प्वाइन्ट’ बन्नुपर्छ।’ अब ९ महिनामा सरकार परिवर्तन हुँदैन, त्यसैले बानी फेर्नुस्’ भन्ने आग्रह सुन्न मात्रै त किन बलियो सरकार चाहिन्छ र? हिजो पन्ध्र दिनपछि लड्दै गरेको कतिपय सरकारका प्रधानमन्त्रीले पनि त्यस्ता घमण्ड देखाएकै थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्