• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुदूरपश्चिमका सांसदलाई प्रधानमन्त्रीकाे आग्रह - मेरा कुरा अध्ययन गर्नुस्, हिसाब-किताब अर्को भेटमा

\'२००७ सालमा भागेर भारत गएका राजालाई डोकोमा बोकेर ल्याउँदा अहिले दुःख\'
64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १४:०३
1140x725

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्ष अलमलमै बितेकाे बताएका छन्। आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सरकारकाे एक वर्ष अलमल र व्यवस्थापनको वर्षका रुपमा बितेकाे बताएका हुन्।

‘यो एक वर्ष अलमल र व्यवस्थापनको वर्षका रुपमा बित्यो। अब दोस्रो वर्षलाई आर्थिक विकासका रुपमा अघि लग्छौं’, आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको चार वर्षभित्र सबैभन्दा द्रुत आर्थिक विकास भएको देशका रुपमा चिनाउन सकिन्छ। त्यो सम्भव छ। त्यसका आधारहरु भएर नै भनिरहेको छु।’

उनले आधुनिक शिक्षा, प्राविधिक शिक्षामा जोड, सडक सञ्जालसँग जोड्ने, सिप विकास तथा व्यवसायीक तालिम लगायत सबै कुरा गरेर मुलुकलाई आर्थिक विकासकाे मार्गमा डाेर्‍याउने दाबी गरे। ‘अहिले केही साथीहरु खाली हावामा विकासका कुरा गरिरहेको भनेर आरोप लगाइरहेका छन्। हामी निराधार विकासका कुरा गरिरहेका छैनौं', उनले भने, ‘हामीले विकासको स्पष्ट खाका, नीति, योजना तयार गरेर कुरा गरिरहेका छौं।’ उनले सरकार सम्पूर्ण नेपालीलाई समृद्ध र सुखी बनाउन कटिवद्ध रहेको बताए।

सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए। जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एक जुट भएर अघि बढ्नुपर्नेमा जाेड दिए।

प्रधानमन्त्री ओलीले भने, ‘मैले भनेका कुरा अध्ययन गरेर आउनु होला, अर्को भेटमा हिसाब-किताब गरौंला। मैले भनेका कुरा के कति लागू भए भएन भन्ने तयारीमा आउन तपाईंहरुलाई आग्रह गर्छु।’

उनले नयाँ संविधानमार्फत् तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले ७ सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको बताए। उनले विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहना, भावना र आकांक्षालाई सम्बोधन गर्दै अघि बढेको बताए।

हिंसात्मक क्रियाकलाप हेरेर बस्दैनौं

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राजनीतिका नाममा हुने हिंसात्मक क्रियाकलाप हेरेर नबस्ने बताए।

Ncell 2
Ncell 2

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युकनिष्ट पार्टीप्रति लक्षित गर्दै उनले भने, ‘क्रान्तिका नाममा आडम्बरपूर्ण र लफ्फाजीको काम छैन। क्रान्तिका नाममा हिंसात्मक कार्य भएका छन्। राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेका छन्। राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु हुँदैछन्। यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन।’

उनले भारतसँगकाे सम्बन्ध बिगार्न तथा अन्तर्राष्ट्रिय लगानी नभित्रियाेस् भन्ने साेचले यस्ता क्रियाकलापहरु भएकाे जिकिर गरे। ‘अकारण जनतालाई आतंकित पार्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बदनाम गर्ने कार्यहरु भइरहेका छन्। अरुण तेस्रोमाथि तोडफोड गर्ने, बम पड्काउने काम भइरहेका छन्। यो जम्मै हुनुको कारण नेपाल–भारत सम्बन्ध बिगार्न र अन्तर्राष्ट्रिय लगानी नभित्रियोस् भन्ने गलत सोचाइले भएका छन्।’

उनले २००७ सालमा भारतमा भागेका राजालाई डोकोमा बोकेर ल्याउँदा अहिले देश र जनताले दुःख पाउनु परेको टिप्पणी गरे। ‘केही शक्ति प्रतिगमनको बाटो बनाउँदैछन्। नेपाली जनता त्यति मुर्ख छैनन्। २००७ सालमा भागेर भारत गएका राजालाई डोकोमा बोकेर ल्याउँदा अहिले दुःख भोग्नुपर्‍याे। फेरी त्यही प्रतिगमन चाहँदैनन्।’

राजधानी उपयुक्त ठाउँमा तोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँमा तोकिएको बताए।

‘प्रदेशको राजधानी त सार्नै पर्छ। गोदावरी राजधानीका लागि उपयुक्त हो। तर, खर्च त धुमधाम लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न आम्दानीको स्रोत जुटाउन आवश्यक  छ।’ उनले राजधानीका विषयमा विरोध नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले प्रदेशको आयस्रोत बढाउन यहाँको जलस्रोत, प्राकृतिक सम्पदाको सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। ‘सुदूरपश्चिम प्रदेशमा अन्नको उत्पादन, वनजंगल, तालतलैया, धार्मिक स्थल, पर्यटकिय स्थललगायत थुप्रै आम्दानीका स्रोत रहेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश सरकारले यसको सही सदुपयोग गर्न स्पष्ट नीति, कार्ययोजना बनाउनुपर्छ। यसमा संघीय सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्नेछ।’

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउँदै उन्नत जातका बिउ र प्रविधिको प्रयोगबारे ध्यान दिन आवश्यक रहेको मत राखे।उनले कृषि आधुनिकिकरण, व्यवसायीकरण र मत्स्य विकासमा जोड दिन प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरे। उनले भने, ‘कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन ‘एक उत्पादन एक ठाउँमा ठूलो मात्रामा खेती’ नीति अघि सारौं।’  प्रधानमन्त्री ओलीले कृषि अनुदानका कार्यक्रम सञ्चालन विगतदेखि भइरहे पनि जनताले आवश्यक र उचित मात्रामा लाभ लिन नसकेको बताउँदै अब अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पुग्ने गरी नीति अघि सार्नुपर्नेमा जाेड दिए।’

उनले जनताका आधारभुत आवश्यकता पुरा गर्न धेरै वर्ष कुर्न नहुने बताए। ‘यहाँ दुर्गम जिल्ला पनि छन्। त्यहाँका जनतालाई सेवा पुर्‍याउन अब सुरक्षित र एकीकृत वस्ती विकासको अवधारणा अघि बढाउन जरुरी छ’, उनले भने।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पर्यटनको सम्भावना बोकेको क्षेत्र रहेको बताए। उनले भने, ‘यहाँका हिमालमा पदयात्रा, ट्रेकिङ, मोउन्टेनिङ र नदीमा र्‍याफ्टिङ गर्न सकिन्छ भने यहाँ खप्तड, शुक्लाफाटाजस्ता राष्ट्रिय निकुञ्ज, पवित्र धार्मिक स्थल, अनेक मन्दिरहरु लगायत यस्ता धेरै रमणीय स्थल छन्, जसले पर्यटकलाई आकर्षण गर्नसक्छ।’ उनले पर्यटकीय स्थलमा पर्यटक भित्र्याउन आवश्यक पुर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले महाकाली, सेती, कर्णालीलगायतका ठूला नदीहरुबाट जलविद्युत तथा सिँचाइ आयोजनाहरु अघि बढाउन सकिने विचार राखे। ‘पञ्चेश्वर परियोजनाको चर्चा भयो तर, अघि बढेन, रानी-जमरा-कुलरिया सिँचाइ आयोजना अघि बढिसकेको छ। विद्युतका अन्य आयोजना कसरी अघि बढाउने भन्नेमा सरकार लागी रहेको छ’, ओलीकाे भनाइ छ।

सांसदहरुमाझ उनले यस प्रदेशमा रहेको छाउपडी प्रथा, जातीय छुवाछुत लगायतका विकृति र विसंगतिबारे स्मरण गर्दै अब सुदूरपश्चिम प्रदेशमा विकृति अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाए।

उनले संघीय सरकारबाट यस प्रदेशमा धेरै आयोजना सञ्चालन भइरहेको बताए। ‘प्रदेशमा सिँचाइ, सडक, विद्युत, तुइन विस्थापन लगायतका थुप्रै आयोजनाहरु सञ्चालन भइरहेका छन्’, उनले भने।

ओलीले सरकार विकास निमार्णमा तीव्रताका साथ लागेको दाबी समेत गरे। भने, ‘वर्तमान सरकारले कसैलाई अन्धकारमा राख्दैन, गाउँ-गाउँमा सडक निमार्ण हुन्छ, कसैका नानीबाबु शिक्षाबाट वञ्चित हुँदैनन्। स्वास्थ्य उपचार नपाएर अब कसैले ज्यान गुमाउन पर्ने छैन।’

पन्त हत्यामा सरकार गम्भीर छ

प्रधानमन्त्री ओलीले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर रहेको बताए।

‘बालिकालाई बलात्कारपछि हत्या हुनु र अपराधी पत्ता लाग्न नसक्नु लज्जास्पद हो’, प्रधानमन्त्री ओलीले भने, ‘यो घटनालाई सरकारले गम्भीर रुपले लिएको छ। सुरक्षा निकायहरुले गम्भीर रुपमा यसको अनुसन्धान गरिरहेका छन्। हामीले दोषी पत्ता लगाएरै छोड्छौं।’ उनले अनुमानका आधारमा कसैलाई दोषी नभन्न पनि आग्रह गरे।

प्रधानमन्त्री ओलीले घुमाउरो शब्दमा भने, ‘कुनै-कुनै घटनामा यसरी प्रमाण नष्ट गरिएका हुन्छन् कि अपराधीलाई पत्ता लगाउन सकिँदैन। तर, त्यसमा प्रमाण नष्ट भयो भन्दैमा दोषी पत्ता नलाग्ने भन्ने हुँदैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका कारण युवाहरु गलत क्रियाकलापमा लागिरहेको औंल्याए।

‘हामीले लोकतन्त्रको कुरा त गर्‍याैं र त्यो ल्यायौं पनि। तर, त्यसले ल्याएका विकृतिलाई ध्यान दिएनौं', प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल,स्वतन्त्रता लगायतका कारण युवाहरु कुलत बाटोमा लागिरहेका छन्।’ उनले सरकारले स्वतन्त्रतालाई कुण्ठित नगर्ने तर, त्यसैका आधारमा कसैलाई कुनै पनि गलत काम गर्न छुट नदिने प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले युवाहरुको गलत क्रियाकलापले नै देशमा बलात्कार, हत्याहिंसा बढिरहेको बताए।

'गाना सरकारले बन्द गर भनेको छैन'

गायक पशुपति शर्माले युट्युबमा राखेको ‘लुट्न सके लुट’ बोलको गीत सरकारले हटाउन नलगाएको स्पष्टीकरण दिएका छन्।

उनले उक्त गीत हटाउन सरकारले दबाब नदिएकाे स्पष्ट पारे। ‘एक जनाले गीत गाउनु भयो ‘लुट्न सके लुट’ भनेर, युट्युबमा राखेपछि जनताले रुचाएनन्। जनताले विरोध गरेपछि स्वयम् उनैले हटाए’, उनले भने, ‘तर, प्रतिपक्षी दलका नेतानै त्यो गीत गाउनेलाई पुरस्कार दिने घोषणा गर्छु भन्दा हामी कस्तो समाज खोजीरहेका छौं भन्ने चिन्ता लाग्यो।’

उनले नचाहिने कुरालाई प्रोत्साहित नगर्न आग्रह गरे। ‘सरकारले त्यो गानाबारे केही बोलेको छैन’, उनले भने।

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी मंगलबार, फागुन १२, २०८२
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता मंगलबार, फागुन १२, २०८२
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी मंगलबार, फागुन १२, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्