• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विप्लवको \'आधार इलाका\'मा प्रहरीको अपरेसन 

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  २२:३६
1140x725

भैरहवा- अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवगढीमा एकाबिहानै एउटा घटना भयो। रोल्पापछिको आधार इलाका मान्दै आएको ठाउँ हो शिवगढी। सोही ठाउँबाट ठुलो परिमाणमा हातहतियार तथा विस्फोटक प्रहरीले जफत गर्यो। 

कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम-दक्षिणको इलाका शिवगढीमा हातहतियार सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लियो। उनी घाईते अवस्थामा रहेको प्रहरीले बताएको छ। बुटवलस्थित प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ। तर प्रहरीले अहिलेसम्म उनको अवस्थाबारे केही पनि सार्वजनिक गरेको छैन। मानवअधिकारवादी तथा पत्रकारलाई भेट्न तथा तस्बिर खिच्न दिएको छैन।  

तत्कालीन विद्रोही नेकपा (माओवादी)को आधार इलाका र गोप्य बैठकहरुको केन्द्र समेत रहेको शिवगढी माओवादी विभाजित भएपछि पनि गोप्य बैठक र ‘क्रान्तिका लागि जनसंघर्ष’को योजना बुन्ने ठाउँको रुपमा परिचित थियो शिवगढी।

यो ठाउँमा नेत्रविक्रम चन्दका आफन्तहरु र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गोप्य बैठक बस्ने र हतियार समेत संग्रह गर्ने, योजना बनाउनेजस्ता काम यही गाउँबाट भइरहेको सूचना प्रहरीलाई थियो। 

प्रहरीले सामान्य सूचना संकलन गरेपनि तथ्यगत विवरण संकलन गर्न सकिरहेको थिएन।

एनसेल टावरमा निरन्तर आक्रमण भएपछि प्रहरीमाथि दबाब थियो। विप्लवको संगठनमाथि निगरानी बढाउने र सर्च अभियान चलाउने र पक्रने। सोहीअनुसार नेपाल प्रहरीले देशभरका प्रहरी इकाइमा विप्लवका नेता कार्यकर्तामाथि निगरानी बढाउन र नियन्त्रणमा लिन सर्कुलर जारी गरेको थियो। 

प्रहरीको मुख्य निशानामा परेको थियो, यो गाउँ। विप्लवको बलियो संगठनात्मक उपस्थिति रहेको भनिएको र स्थानीयको समर्थन बटुलेको गाउँमा बिहीबार बिहान ४ बजे पुगिसकेको थियो प्रहरी। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी ३ वटा टोली बनाएर शिवगढी छिरेको थियो। प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी, जिल्ला प्रहरीको सूचनाका आधारमा प्रहरी निरीक्षक महेश्वर उपाध्याय नेतृत्वको टोली शिवगढी गाउँ पस्यो। कपिलवस्तु शिवराज नगरपालिकाको अञ्चलपुरका दुर्गाबहादुर रोकालगायतका १८ जनाको घरमा बिहान १० बजेसम्म सर्च अपरेसन चलायो। 

स्थानीय श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक यादव चन्दको घरमा खानतलासी गर्न खोज्दा उनीहरूले पूर्जी मागेपछि प्रहरी र स्थानीयबीच भनाभन भएको भयो। 

यस क्रममा प्रहरीले दुईवटा एसएमजी हतियार, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र विस्फोटक सामग्री बरामद गरेको कपिलवस्तु प्रहरी प्रमुख अच्युत प्रसाद पुडासैनीले जानकारी दिए। 

शिवराज-९ शिवगढीका ३९ वर्षीय दुर्गाबहादुर रोकाको घरमा खानतलासी गर्दा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा उनको खुट्टामा गोली लागेको छ। 

खुट्टामा गोली लागेका उनलाई प्रहरीले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर उपचार गराईरहेको र रोकालाई कडा सुरक्षा निगरानीमा राखेको छ। रोका उपचाररत कक्षमा प्रवेश रोकेको छ। ‘हामीलाई माथिको आदेश छ,' एक प्रहरी अधिकारीले भने, 'प्रवेश नदिनु भन्ने आएको छ।’

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रहरीले मानव अधिकारवादीलाई पनि घाईतेको अवस्था बारे बुझ्न तथा भेट्न नदिएको बताए। 

घाइतेको अवस्था बुझ्न जाँदा भेट्न नदिएर मानव अधिकारको खल्ली उडाएको उल्लेख गरे। 

शिवगढी हतियार बनाउने र लुकाउने अखडा : प्रहरी
शिवगढी गाउँलाई प्रहरीले विप्लवको योजना निर्माण र हतियार लुकाउने थलोको रुपमा रहेको भन्दै प्रहरीले यसअघिदेखि नै निगरानी बढाउँदै आएको थियो। विप्लव र प्रकाण्डबीच खटपट भएको खबर सार्वजनिक भएपछि सो ठाउँको वास्तविकता बाहिर ल्याउन प्रयत्न गरेपनि अहिलेसम्म सफल हुन सकेको थिएन। 

शिवगढी गाउँ द्वन्द्वकालदेखि नै प्रहरीको निशानामा थियो। विप्लवले भूमिगत गतिविधि सञ्चालन गर्न यो ठाउँ प्रयोग गरेको भन्ने सूचना थियो प्रहरीलाई। एक प्रहरी अधिकारीले भने, 'त्यही सूचनाका आधारमा हामीले सर्च अभियान चलाएका हौं।’

प्रहरीले यसअघि दाङ र गुल्मीमा हतियार बनाउने कारखाना फेला पारेको थियो। त्यसपछि कपिलवस्तुको शिवगढीमा निगरानी बढाएको थियो। शिवगढी जंगलमा विप्लव नेतृत्वको पार्टीका धेरै बैठक र योजना निर्माण हुने र हतियारसहितका सेनाको तालिम सञ्चालन भईरहेको सूचना प्रहरीले लामो समयदेखि लिएको थियो। 

'कतिपय सार्वजनिक कार्यक्रममै सेना र हतियार छन् भन्ने कुरा आइसकेको थियो,' प्रहरी अधिकारी भन्छन्, 'शिवगढीमा ठूलो परिणाममा हतियार र सेना छन् भन्ने सूचना थियो।' उनले त्यस स्थानमा अझै पनि हातहतियार रहेको हुन सक्ने बताउँदै प्रहरी अनुसन्धानमा नै रहेको बताए। 

स्थानीयको विरोध, घटनाबारे मौन प्रहरी   
राती नै शिवगढी पुगेको प्रहरीले बिहान उज्यालो भएपछि पनि सर्च अभियान जारी राख्यो। विद्यालयका प्रधानाध्यापककै घरमा खानतलासी गर्न थाल्दा प्रहरीमाथि स्थानीय र विद्यार्थी जाइलागेका थिए। प्रहरी प्रशासन चाहिँदैन, दुर्गा रोकालाई रिहा गर, भन्दै विद्यार्थीहरु विद्यालय ड्रेसमै प्रहरीमाथि खनिएका थिए। 

करीब २ घन्टाजति प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएपछि प्रहरी उदेश्य पूरा नभई फर्किएको थियो। 

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक यादव चन्दको घरमा प्रहरीले खानतलासी गर्न खोज्दा स्थानीय र विद्यार्थीहरुले विरोध जनाएका थिए। विद्यार्थी नै विरोधमा उत्रिएपछि प्रहरीले अपरेशन अधुरै छाडेर फर्किएको छ। 

प्रदेश ५ प्रहरी प्रमुख डीआइजी पिताम्बर अधिकारी शिवगढीमा विप्लवले शंकास्पद गतिविधि चलाएकाले खोजतलास गरिएको पुष्‍टि गरे। ‘हामी अनुसन्धानकै क्रममा छौं, विस्तृत विवरण आएपछि मात्रै सबै कुरा भन्न सकिन्छ,’उनको भनाइ छ।

प्रहरीले सर्च अपरेसन गरेको भएपनि घाइतेलाई भेट गर्न नदिनु रहस्यमय छ।  

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्