• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अब की बार एक हि बार जनमत संग्रह होइल

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  १६:००
1140x725

आजको यो दिन निक्कै नै ऐतिहासिक रहेको छ।

हामीले विगत केही वर्षदेखि देशमा जुन विकराल समस्याको रुपम जुन मुद्दा उठाइरहेक‍ा थियाैं, जसबाट राज्य पक्ष पनि उत्तिकै चिन्तित थियो र हामी पनि उत्तिकै चिन्तित थियौं कि यसले कस्तो मोड लेला भविष्यमा भनेर।

अवस्था कसको नियन्त्रणमा रहला कि नरहला भनेर हामी पनि त्यत्तिकै चिन्तित थियौं। जुन मुद्दाले देशका हामी समस्त नागरिकलाई चिन्तित बनाउँदै आएको थियो।

त्यसले कस्तो भयावह रुप लेला भनेर हामी दिनरातै चिन्ता गर्दै थियौं। त्यसको आज बडो सहज रुपमा, बडो शान्तिपूर्ण, बडो सुरक्षित रुपमा अवतरण यहाँ हुँदैछ। त्यसकारण यो हामी सबैका लागि खुसीकाे कुरा हो। हामी सबै देशका नागरिकका लागि यो ऐतिहासिक पल हो।

समय जुटाउनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो स्थानबाट पहल गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै, मुद्दाको संवेदनालाई बुझ्दै, उहाँले आफ्नै स्तरबाट जुन पहल गरेर यसरी सुरक्षित अवतरण गराउनु भएको छ र हामीलाई एउटा राजनीतिक स्पेस दिनुभएको छ, त्यसका लागि निश्चय नै हामी सम्माननीय प्रधानमन्त्रीज्यूप्रति धन्यवादको पात्र हुनुहुन्छ।

२०६९ साल जेठ ८ गते यही काठमााडौंमा पत्रकार सम्मेलन गरेर यस आन्दोलनको उद्घोष गरेका थियौं। यसबीचमा धेरै प्रधानमन्त्रीहरुको कार्यकाल गुज्रियो र उहाँहरुले पनि यस शान्तिपूर्ण आन्दोलनलाई कदर नै गर्नुभयो। उहाँहरुले पनि यस लोकतान्त्रिक आन्दोलनको संवेदनालाई बुझेर बलजफ्ती र बल प्रयोग गर्नु भएन। त्यसबाट कुन पनि बेला यो आन्दोलन बिस्फोट हुने डर थियो। यसले एउटा नकारात्मक मोड लिने डर थियो। त्यसलाई हाम्रा पूर्वप्रधानमन्त्रीज्यूहरुले पनि जोगाउनु भयो।

हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। अहिंसा हामी कसैलाई सिकाउनै पर्दैन। अहिंसा हाम्रो शरीरभित्र अन्तर्निहित भएर बसेको छ। हामी तराईमा जाउँ या पहाडमा जाउँ, जहाँ जाँदा पनि त्यो अहिंसाको भावले हामीलाई जहिले पनि छोइरहन्छ।

त्यही भएर पनि यसअघिका प्रधानमन्त्रीज्यूहरु डा बाबुराम भट्टराई, स्व सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहालज्यू पनि उत्तिकै धन्यवादको पात्र हुनुहुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। अहिंसा हामी कसैलाई सिकाउनै पर्दैन। अहिंसा हाम्रो शरीरभित्र अन्तर्निहित भएर बसेको छ। हामी तराईमा जाउँ या पहाडमा जाउँ, जहाँ जाँदा पनि त्यो अहिंसाको भावले हामीलाई जहिले पनि छोइरहन्छ।

हामीले यो आन्दोलन सुरु गर्दा बुद्ध र गान्धीको आदर्शलाई नै मान्दै अगाडि बढायौं, निश्चय नै हाम्रा राज्यसँग केही विमतिहरु थिए। केही कुरा संविधानले सम्बोधन गर्न सक्थ्यो। केही कुरा ततकलीन अवस्थामा संविधानले संवोधन गर्न नसक्ने अवस्था पनि थियो। हामीले आफ्ना विचारहरुलाई जनता समक्ष लाँदाखेरि जुन एउटा स्वभाविक आन्दोलनका क्रममा हुने गर्छ, जुनसुकै राजनीतिक प्रक्रियामा हुने गर्दछ, राज्यबाट केही कदमहरु चालिए। त्यसक्रममा हाम्रा हजारौं समर्थकहरुलाई गिरफ्तार पनि गरियो, नगरिएको होइन। हाम्रा सयकडौं कार्यकर्ताहरु घाइते पनि भए। हामीवरुद्ध राज्यविरुद्धकाे मुद्दा पनि लगाइयो।

केही महिनाअघिमात्रै राजनीतिक मुद्दा खेपिरहेका हाम्रा बाँके जिल्लाका संयोजक राममनोहर यादवको प्रहरी हिरासतमै निधन पनि भयो। म आफैं पनि पटक-पटक गरी करिब २ दर्जन पटक पक्राउ पनि परेँ। महिनौं हिरासतमा बसें। महिनौं जेलमा पनि बसें। यहाँसम्म कि २०७१ सालमा मोरङमा एउटा आमसभामा प्रहरी दमनमा पर्दाखेरि मेरो खुट्टा पनि भाँचियो। त्यसको केही महिना पछाडि झापाको राजगढमा पुग्दाखेरि त्यहा पनि प्रहरी आक्रमणमा परेँ र नराम्रो तरिकाले घाइते भएको थिएँ।

मेरो खुट्टा भाचिए पनि मेरा कार्यकर्तामाथि दमन भएपनि त्यसको प्रतिउत्तरमा फूल आन्दोलन चलायौं। लाठीचार्ज गर्ने प्रहरीहरुलाई सयपत्री फूल दिन थाल्यौं। गुलावको फूल दिन थाल्यौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रा अन्य नेता तथा कार्यकर्ताहरुले पनि दुःख पाए, नपाएका होइनन्। तर, यति हुँदाहुँदै पनि शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कहिल्यै पनि डग्मगाएन। हामी बुद्धका सन्तान हौं भन्ने ठानेर शान्तिपूर्ण मार्गमा लागिरह्यौं। हामी कहिल्यै पनि विचलित भएनौं। र त्यसको सुखद परिणाम आज हामी अफ्नो अगाडि देख्दैछौं। यो आफैंमा एउटा उदाहरणीय कदम हो। ति पक्षका जनताहरु जसले हिंसाका साथ आन्दोलन गर्न तम्तयार भइदिन्छ, तिनीहरुको लागि पनि एउटा पाठ बनेर रहला जस्तो मलाई लाग्छ।

हामीमाथि राज्यबाट दमन भएपनि प्रतिशोधको भावना हामीले आफ्नो मनमा पालेनौं। मेरो खुट्टा भाचिए पनि मेरा कार्यकर्तामाथि दमन भएपनि त्यसको प्रतिउत्तरमा फूल आन्दोलन चलायौं। लाठीचार्ज गर्ने प्रहरीहरुलाई सयपत्री फूल दिन थाल्यौं। गुलावको फूल दिन थाल्यौं। र कतै न कतै उहाँहरुको मनमा पनि सद्भाव उत्पन्न भयो। त्यो चाहिँ हामीले प्रत्यक्ष रुपमा भोगेका छौं, देखेका छौं। त्यही कारणले हाम्रो पनि आन्दोलनमा हिंसा हुन सक्थ्यो। हामी अहिंसात्मक नै भएपनि राज्यपक्षबाट दमन हुनसक्थ्यो। तर, हाम्रो आन्दोलनमा प्रहरीबाट पनि गोली चलाउने काम भएन। त्यसका लागि राज्य र प्रहरी पनि धन्यवादको पात्र बनेको छ।

यो उदाहरणीय रुपमा जुन शान्तिपूर्ण रुपमा हामीले आन्दोलनलाई चलायौं र निकाससम्म आउने अवस्थामा आइपुग्यौं। त्यसका लागि राज्य प्रहरी जनता सबै धन्यवादको पात्र छन्।

हाम्रो आन्दोलन चलिराख्दा खेरि विभिन्न किसिमका भ्रमहरु सिर्जना गर्न खोजिए, कहिले मिडियामा, कहिले अनलाइनमा, कहिले चियागफमा, विभिन्न रुपले भ्रम छर्ने काम पनि स्वभाविक रुपमै भयो। कहिले हामीलाई घृणाको पात्रको रुपमा देखाउने काम भयो, कहिले समुदाय-समुदायबीचमा लडाउने कार्य पनि भयो। तर, हामीले पटक-पटक भन्यौं। हाम्रो संघर्ष भनेको आफ्नो अधिकारको लागि हो। कुनै समुदायको विरोधमा हुँदै होइन। हामीले पटक-पटक आफ्नो विचारबाट, आफ्नो लेखबाट, प्रेस विज्ञप्तिहरुबाट यी कुराहरु प्रष्ट गरिराखेका छौं र गर्दै आएका छौं।

त्यति मात्रै होइन हामीले व्यवबारबाट पनि यो कुरा देखाउँदै आएका छौं। हाम्रा सामाजिक कार्यहरु तराईका जिल्लाहरुमा मात्रै होइन सिन्धुपाल्चोक, दैलेख लगायतका पहाडका जिल्लाहरुमा पनि सञ्चालित थिए। भलै त्यो मिडियामा नआएको होस्।

हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ। अरुलाई कुट्न सजिलो छ, ढुंगा फाल्न सकिलो छ, तर आफैंले पिटाई खाएर बस्न चाहिं गाह्रो हुन्छ।

पहाडमा भुकम्प जाँदाखेरि हामीले तराईका जिल्लाहरुमा आम उपवासकाे कार्यक्रम घोषणा गर्यौं। ताकि तराईका जनताहरु पहाडमा रहेका आफ्ना भाइबहिनीका भोकको पीडा आफैले महसुस गर्न सकुन्। त्यो बराबरको अन्न दान गरेर तिनिहरुको लागि सेवा गर्न सकुन्। अब त्यो भ्रममा हामी नपारौं। अब समुदाय-समुदायबीच लडाउनेहरुलाई कुनै स्थान नदिउँ। कुनै समुदाय र वर्गाको विारेधमा हाम्रो आन्दोलन उठेकै होइन। हाम्रो अधिकारको लागि हो, हाम्राे समृद्धिको लागि हो, हाम्रो सुखको लागि हो। त्यो सबैलाई चाहिन्छ, तराइका जनतालाई पनि चाहिन्छ, पहाडका जनतालाई पनि चाहिन्छ। हुम्ला जुम्लाका जनतालाई पनि चहिन्छ, त्यो महोत्तरी र झापाका जनतालाई पनि उत्तिकै चाहिन्छ।

आज हामी जुन मोडमा आइपुगेका छौं, त्यसका लागि म आफ्ना समर्थकहरुलाई, तराईका जनताहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। किनकी हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ। अरुलाई कुट्न सजिलो छ, ढुंगा फाल्न सकिलो छ, तर आफैंले पिटाइ खाएर बस्न चाहिं गाह्रो हुन्छ। हाम्रा कार्यकर्ताहरुले हाम्रा समर्थकहरुले आफ्ना हातमा हात बाँधेर बसे। हामीलाई जतिसुकै हिंसा गरेपनि, जतिसुकै दमन गरेपनि, हामी चाहिं हिंसात्मक हुँदैनौं भनेर ठोस आस्थाका साथ ठोस धैर्यका साथ यो आन्दोलनलाई निरन्तरता दिए। र याे आन्दाेलन शान्तिपूर्ण रुपमै आज सम्पन्न हुँदैछ। अवतरण हुँदैछ। यसका लागि हाम्रा कार्यकर्ताहरु उत्तिकै धन्यवादका पात्र हुनुहुन्छ।

हाम्रो वार्तामा राज्य पक्षले पनि स्विकार गरेको अवस्था छ कि जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याहरुलाई निवारण गर्ने। हाम्रो माग पनि त्यही हुँदै आएको छ। हाम्रो मागभन्दा यो फरक होइन। हाम्रो नारा नै के थियो भन्दा 'अब की बार एक हि बार जनमत संग्रह होइ ल।'

राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै, नेपाली जनतामा रहेको त्यो सार्वभाैमसत्तालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ की अब जे चाहिन्छ त्यो जनमत संग्रहबाटै जनताले लिए हुन्छ। यहाँ जनता नै सर्वोपरी हो, जनताभन्दा ठूलो कोही छैन। त्यसकारण यो राज्यको पनि जित हो र जनताको पनि जित हो। यसलाई कसैले अन्यथा अर्थ लगाउने प्रयास नगरौं। हामी सावधान रहौं यो सबैको जित भएको हो।

त्यही भएर म समग्र जनतालाई के भन्न चाहन्छु भन्दा अब हामीले हिंसामुखी व्यवहार गरेर, हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला अब होइन। जनता त सार्वभौभसत्ता सम्पन्न छँदैछन्। जनताले चाहेमा जे पनि हासिल गर्न सक्छन्। त्यसका लगि संविधानमा नै पृष्ठभूमि तयार भएको छ। त्यसकारण वार्तामार्फत पनि राज्यले आफ्ना प्रतिबद्धता दोहाेर्‍याएकै छ। अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो।

आफ्नो जनमत प्रयोग गरेर अधिकार आफ्नो पक्षमा लिने अब सबै अधिकार सबै शक्ति अब जनताको हातमा आएको छ। अब जे हासिल गर्नुछ, जसो हासिल गर्नुछ, जस्तो व्यवस्था ल्याउनु छ, जनताले आफ्ना अधिकार प्रयोग गरुन्, मताधिकार प्रयोग गरुन्, आफ्ना जनअभिमत प्रकट गरुन्। र उनीहरुले त्यो शान्तिपूर्ण तरिकाबाट हासिल गरुन् र त्यो हुन्छ पनि। समस्त देशको विकास, हित, समृद्धि र सुखका लागि आवश्यक चिज हासिल गर्ने बेला आएको छ।

राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै, नेपाली जनतामा रहेको त्यो सार्वभाैमसत्तालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ की अब जे चाहिन्छ त्यो जनमत संग्रहबाटै जनताले लिए हुन्छ।

आगामी दिनमा पनि हाम्रो संवाद हुँदै जानेछ। जुन मेराे पछिल्लो ५ महिना जेल बसाइ भयो, जेल बसाइको क्रममा पनि उपयोगी वातावरण बनाइदिनुहुने, सहयोग गरिदिनु हुने रोतहट जिल्ला कारागारका जेलर साब, भद्र बन्दि गृहमा बस्दाखेरीका जेलर र चौकीदार साब, नाइके, भाइ नाइके, सहनाइकेज्यूहरुलाई म धन्यवाद दिन चाहन्छु।

जेल बसाइका क्रममा बिरामी हुँदा मलाई साघाउनुहुने केन्द्रीय कागार अस्पतालका डाक्टर र सिस्टरहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।

यसअघि पनि करीब ४ वर्षअघि म डिल्लीबजार जेलमा बसेको थिएँ। स्वेच्छाले म त्यतिबेला गएको थिए। स्वेच्छाले जेल जानु र अहिले जेल जानुमा धेरै नै अन्तर हुँदो रहेछ। त्यसै पनि भनिन्छ जेल भनेको एउटा महाविद्यालय हो। ठूलो पाठशाला हो। बाहिर हामीले पढ्न नपाएका कुुराहरु, बाहिर हामीले अनुभूति गर्न नपाएका कुराहरु हामी जेलमा गएर अध्ययन गर्न सक्छौं।

नेपाल सधैंभरी स्वतन्त्र मुलुक रहेको छ। स्वतन्त्रतालाई हामी यति सरल कुरा मान्दन्छौं कि त्यो हरण भयो भने के हुन्छ भन्ने कुरा यहाँ एउटा सम्माननीय मान्छेले अनुभूति गर्न सक्दैन। तर जेलमा पुगेपछि स्वतन्त्रता कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा बोध गराउँछ। चाहे एक दिन मात्र भएपनि किन जेल नबसौं।

५ महिनाको जेल बसाइ, निकै नै उलिब्धीमूलक रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौं भन्ने मलाई ठूलो पाठ सिकाएको छ।

हामीले अहिले संविधानमा स्वतन्त्रताको अधिकारहरु पाएका छौं। त्यो चाहे वैचारिक स्वतन्त्रता होस् या अन्य किसिमका स्वतन्त्रता नै किन नहोस्। जतिपनि स्वतन्त्रता अहिले हामीले पाएका छौं। त्यसको मतलब के हो भन्ने कुरा जेल बसाइको क्रममा मान्छेलाई थाहा हुन्छ। त्यो स्वतान्त्रता अपहरित भएपछि मान्छेले अनुभूत गर्छन् कि हामीले कति ठूलो स्वतन्त्रता पाएका थियौं। र त्यो स्वतन्त्रतालाई उपयोग गरेर हामी के-के कुरा हासिल गर्न सक्छौं, के-के कुरा अभिव्यक्त गर्न सक्छौं, भन्ने कुरा त्यो स्वतन्त्रता हामीसँग नभएको बेलामा मात्र थाहा हुन्छ।

त्यही भएर यो ५ महिनाको जेल बसाइ, निकै नै उलिब्धीमूलक रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौं भन्ने मलाई ठूलो पाठ सिकाएको छ। त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चहन्छु।

भनिन्छ कुनै अपराधी मुक्त रुपमा हिँडिरहेको छ भने त्यो प्रहरीको असफलता हो। तर, कुनै निर्दोष व्यक्ति जेलभित्र कोचियो भने त्यो एउटा न्याय व्यवस्थाको असफलता हो। यो सिंगो राज्यको असफलता हो। किनकी हामीले निर्दोष व्यत्तिलाई जेलभित्र कोच्नका लागि राज्यको स्थापना गरेका थिएनौं। राज्य भनेको कुरा आफैंमा पनि एउटा साधन मात्रै हो साध्य होइन।

(सरकारसँग ११ बुँदे राजनीतिक सहमतिपछि स्वतन्त्र मधेस गठबन्धनका संयाेजक सिके राउतले शुक्रबार राष्ट्रिय सभागृहमा राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्