काठमाडौं- सरकारले दुई वटा रेल किन्न स्वीकृति दिएको छ। रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित) बजेट स्विकृति दिइएको हो।
भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत अब सरकारले जिटुजी प्रक्रियामार्फत दुई डेमु रेल खरिद गर्नेछ।
चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराएका हुन्।
यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकका यी हुन् २१ निर्णय-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।