काठमाडौं- नेपाली फिल्मक्षेत्रकी सदाबहार सुन्दर अभिनेत्री मानिने करिश्मा मानन्धरले आफू अहिले नौ कक्षामा पढिरहेको बताएकी छिन्।
कुनै समय 'मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न' भनेर फिल्मको गीतमार्फत पढ्ने मोह व्यक्त गरेकी उनले वास्तविक जीवनमा पनि पढाइलाई महत्व दिएको कुरा बाहिर ल्याएकी हुन्।
सोमबार नयाँ शक्ति पार्टीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा करिश्माले यो कुरा खुलासा गरेकी हुन्।
नयाँ शक्ति सांस्कृतिक विभाग प्रमुख समेत रहेकी उनले महिलाहरुमा उत्प्रेरणा र आत्मबल बढोस् भनेर यो कुरा सार्वजनिक गरेको बताइन्। उनले भनिन्, 'कुनै पनि काम गर्न कहिले पनि ढिलो हुँदैन । पढाइ पनि त्यस्तै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।