काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको टिम दिल्ली क्यापिटल्सले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई दोस्रो खेलमा नखेलाउने भएको छ।
चेन्नइ सुपरकिंग्स विरुद्धको खेलमा सन्दीप पहिलो ११ खेलमा पर्न असफल भएका हुन्। यसअघि सन्दीप मुम्बई इन्डियन्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा पर्न असफल भएका थिए।
दोस्रो खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
दिल्लीको टिम- शिखर धवन, पृथ्वी साह, श्रेयर इयर, कोलिन इनग्राम, रिशव पन्त, किमो पाउल, अक्षर पटेल, राहुल टेवाइटा, कागिसो राबाडा, अमित मिश्रा, इशान्त शर्मा
चेन्नइको टिम - सेन वाट्सन, अम्बती रायदु, सुरेश रैना, केदार जादव, महेन्द्रसिंह धोनी, ड्वायन ब्राभो, रवीन्द्र जडेजा, दीपक चाहर, शार्दुल ठाकुर, हरवजन सिंह, इमरान ताहिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।