एजेन्सी- दक्षिण भारतीय कन्नड फिल्मका सुपरस्टार सुदिपले बलिउड अभिनेता सलमान खानलाई कडा टक्कर दिने भएका छन्।
सलमानको आगामी फिल्म 'टाइगर जिन्दा है' फिल्ममा उनले यो टक्कर दिन लागेका हुन्। यसै साता ४४ वर्ष लागेका सुदिप दक्षिण भारतीय फिल्मका सर्वाधिक महँगा खलनायकका रूपमा चिनिन्छन्।
उनी फिल्ममा नायकका रूपमा पनि काम गर्छन् तर उनलाई खलनायक चरित्रमा विशेष रूचाइन्छ। उनी कन्नड फिल्मका महँगा अभिनेताभित्र पर्छन्।
'टाइगर जिन्दा है'मा सुदिपको प्रवेशले फिल्मलाई बेग्लै उचाइ मिल्ने बताइएको छ। फिल्ममा उनी पाकिस्तानी जासुसी एजेन्टका रूपमा पर्दामा प्रस्तुत हुनेछन्।
उनले प्रतिफिल्म ६ करोड (झन्डै १० करोड नेपाली रूपैयाँ) पारिश्रमिक बुझ्ने गर्छन्। जबकि साउथमा खलनायक चरित्रका लागि सर्वाधिक रूचाइएका प्रकाश राजले प्रतिफिल्म ३ करोड २० लाख पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।