सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतराघाटमा ट्रकबाट लडेर बिहिबार सह-चालकको मृत्यु भएको छ।
बराहक्षेत्र नगरपालिका-१ चतराघाटको कोशी पुलमा को १ ख २५६९ नम्बरको ट्रकबाट लडेर ट्रकबाट लडेर सह-चालक उदयपुरको बेलका नगरपालिका-८ का १९ वर्षीय हेमन्त मगरको मृत्यु भएको हो।
चतरामा हुने कुम्भमेलाको लागि बाँस लोड गरे ल्याउँदै गरेको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा लडेर मगर गम्भीर घाइते भएका थिए।
उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएका मगरको सोही क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
दुर्घटनापछि ट्रक नियन्त्रणमा लिइएको र फरार रहेका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।