• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ मा प्रश्नपत्र आउट भएपछि छानबिन सुरु, सबै प्रश्नपत्र बाहिरिएको आशंका

छानबिन समितिमा कोको छन्?
64x64
नेपाल लाइभ शुक्रबार, चैत १५, २०७५  १३:३७
1140x725

अजय शाह/जनकपुर– प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानबिन सुरु गरिएको छ। यसले बाँकी परीक्षा अन्योलमा परेका छन् भने यसअघि सम्पन्न भएको परीक्षामा पनि प्रश्न उठेको छ।

प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा एसएलसी तथा एसइई परीक्षाको सवालमा विगतदेखि नै समस्या देखिएको छ। ‘यति परीक्षार्थी निष्कासित, यति परीक्षार्थीको परीक्षा रद्द, यति निरीक्षक अमर्यादित क्रियाकलाप गर्दागर्दै पक्राउ परे, बोराको बोरा चिट बरामद’ जस्ता समाचारहरु आइरहे।

आइतबारदेखि सुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो। मंगलबार बिदा थियो भने बुधबार गणित विषयको परीक्षा सकियो।
बिहीबार र शुक्रबार प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ।

यसरी आउँछ केन्द्रबाट प्रश्न
एसइईको प्रश्नपत्र पहिले देशभरि एउटै हुन्थ्यो। संघीयता कार्यान्वयनसँगै प्रदेशगत प्रश्नपत्र बनाउन थालियो। यद्यपि प्रश्नपत्र निर्माण संघबाटै हुन्छ। परीक्षा नियन्त्रण कार्यालयले प्रदेशगत प्रश्नपत्र बनाएर प्रत्येक जिल्ला सदरमुकाममा पठाउँछन्। शिक्षा विकास तथा समन्वय इकाइ समेतको समन्वय रहने गरी जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र राखिन्छ।

जिल्ला प्रहरी कार्यालयमा आएको प्रश्नपत्र शिक्षा विकास समन्वय इकाइका प्रतिनिधि समेतको संलग्नतामा जिल्लाभरिका प्रहरी इकाइहरुमा पुर्‍याइन्छ। प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले भने, ‘अन्य कुनै निकायलाई यसबारे जानकारी हुँदैन। प्रहरी र शिक्षा विकास तथा समन्वय इकाइका पदाधिकारीले प्रश्नपत्र परीक्षा केन्द्रसम्म पुर्‍याउने काम गर्छन्।’

प्रहरी भन्छ : शिल खोलिएको छैन
विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो। यो घटनालगत्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरीबाट प्रश्नपत्र आउट नभएको प्रतिक्रिया दिए। उनले भने, ‘यो हुँनै सक्दैन। परीक्षा केन्द्र बाहेकका ठाउँमा प्रश्नपत्रको शिल खोलिएकै छैन।’ 

प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले पनि उस्तै प्रतिक्रिया दिए। उनले भने, ‘प्रहरीबाट कुनै किसिमको त्रुटि भएको छैन।’ 

सबै जिल्ला प्रहरी प्रमुखसँग यस विषयमा बुझेको र प्रहरीबाट कतै पनि त्रुटि नभएको देखिएको उनको भनाइ छ। उनले प्रश्नपत्र कहाँबाट बाहिरियो भन्ने अनुसन्धान भइरहेको बताए। ‘हामी यसमा लागिरहेका छौं,’ उनले भनेका छन्, ‘आजै सिआइबीको टोली पनि आउँदैछ, यो चाँडै पत्ता लाग्छ।’

Ncell 2
Ncell 2

सबै प्रश्नपत्र बाहिरिएको आशंका
विज्ञान विषयको प्रश्नपत्र एक दिनअगाडि बाहिरिएको र प्रश्नहरुको उत्तर तयार गरी वितरण गरिएको दृष्टान्त सप्तरीमा देखियो। लिक भएको प्रश्नपत्रको उत्तर सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई सेयर गरिएको पाइएको छ।

विभिन्न जिल्लाबाट परीक्षा हलमै विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको अवस्थामा पक्राउ पर्नुले यसको पुष्टि हुन्छ। परीक्षा सुरु भएकै दिनदेखि विद्यार्थीहरुले मोबाइलबाट चिट चोर्नुले सुरुमै प्रश्नपत्र आउट भएको अनुमान गर्न सकिन्छ।

अधिकारीहरुले एकसाथ सबै विषयको प्रश्नपत्र आउट भइसकेको पनि आशंका गरेको छ। अन्यथा विज्ञान विषयको प्रश्न सार्वजनिक भएर परीक्षा नै रद्द भएपछि पनि सामाजिक विषयको प्रश्न बाहिरिन कसरी सम्भव भयो भन्ने प्रश्न गर्छन्। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारमाथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन्। 

प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले समितिका अन्य पदाधिकारीहरु आजै जनकपुर आइरहेको र आजै बैठक बसेर छानबिन गरिने जानकारी दिए।

प्रदेशका प्रहरी प्रमुख पालले पनि केन्द्रीय अनुसन्धान ब्युरोको टोली आजै जनकपुर आइरहेको बताउँदै आजैबाट छानबिन गरिने जानकारी दिए। 

प्रदेश २ को छानबिन समितिमा कोको? 
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले घटना छानबिन गर्न शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिको सदस्यमा मन्त्रालयका सचिव ठूलोबाबु दाहाल र कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झा रहेको सामाजिक विकास मन्त्री नवल किशोर साहले जनाए।

सामाजिक र विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन्। विद्यार्थीको आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर आज तनावग्रस्त बनेको छ।

यो पनि : एसइई रद्द भएपछि प्रदेश २ तनावग्रस्त, विद्यार्थीले गरे ढुंगामुढा र आगजनी

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध शनिबार, माघ १०, २०८२
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल शनिबार, माघ १०, २०८२
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन शनिबार, माघ १०, २०८२
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्