एजेन्सी- डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिहरुमा सर्वाधिक गसिप र किस्साका हिस्सा हुन्। हलिउडसँग जोडिएको उनको एउटा अनौठो किस्सा सार्वजनिक भएको छ। यसको खुलासा हलिउड अभिनेता म्याट डेमनले गरेका हुन्।
कुरा सन् १९९२ को हो, चर्चित फिल्म फ्रान्चाइज 'होम अलोन २' सुटिङ गर्दाको। फिल्ममा ६ सेकेन्डको सानो भूमिकामा ट्रम्प देखिएका छन्। त्यस्तो भूमिका अक्सर फिल्ममा जुनियर आर्टिस्टले गर्ने गर्छन्।
त्यस्तो भूमिका ट्रम्पले किन गरे? यसको पछाडि एउटा रोचक घटना जोडिएको छ।
अर्बौं डलरका मालिक ट्रम्पको म्यानह्याटन होटलमा फिल्मको सुटिङ गर्नु थियो। सुटिङका लागि पुगेका युनिटसँग ट्रम्पले आफूलाई कुनै भूमिकामा अभिनय गर्न दिए मात्र सुटिङका लागि अनुमति दिने सर्त राखेको डेमनले अन्तरवार्तामा भनेका छन्।
त्यसपछि फिल्मका निर्देशक मार्टिन ब्रिस्टले ट्रम्पका लागि सिन लेख्नुपरेको थियो। फिल्ममा राखिएको सिन पनि उस्तै रोचक छ। सो दृश्यमा होटल प्रवेश गरिरहेका बालकलाकार म्याकुले कुल्किनले ट्रम्पलाई 'हलो मिस्टर ट्र्म्प' भन्ने संवाद छ।
सुटिङ त भयो तर सो दृश्य फिल्ममा नअटाउने धेरैको अनुमान थियो। तर फिल्ममा सो दृश्य राखिएको डेमनले बताएका छन्। आफूले कहिल्यै ट्रम्पलाई नभेटेको र उनको प्रशसंक पनि नरहेको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।