काठमाडौं- कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको मतगणना सोमबारदेखि सुरु हुनु भएको छ।
उपत्यका बाहिरका बुथबाट मत पत्र आइतबार मात्रै काठमाडौंमा आइपुग्ने बताइएको छ। मतपत्र आइसकेपछि सोमबार देखि मतगणना सुरु हुने भएको छ।
उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा उपत्यका बाहिरभन्दा कम मत खसेको बताइएको छ।
१६ सय ८६ उच्च अदालत, १५ सय ७७ काठमाडौं जिल्ला अदालत, सर्वोच्च अदालतको बुथमा ६ सय ४४, ललितपुरमा ५ सय २ र केन्द्र परिवर्तनमा ४ सय २९ मत खसेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए।
राजधानीमा ६० प्रतिशत र उपत्यका बाहिरका बुथमा ८० प्रतिशत बढि मत खसेको उनले जानकारी दिए।
२५ सदस्यीय बारको कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको थियो।
तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन्।
अध्यक्षका लागि छ जनाको उम्मेदवारी परेको छ।
लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका सुनिल कुमार पोखरेल र प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठको समूहबीच चुनावी मुख्य प्रतिस्पर्धा हुने भएको छ।
देशभर मतदाताको संख्या १० हजार ३ सय १३ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।