सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले बजारमा अखाद्य वस्तु बढेको गुनासोपछि बजार अनुगमन तीव्र पारेको छ।
नगरपालिकाले पछिल्ला दिनहरुका बजारमा बिक्री भईरहेका खाद्य सामाग्री र पेय पदार्थहरुको अनुगमन गरेर जफत गर्दै आएको नगरपालिकाका मेयर डम्बर अर्यालले बताए।
आइतबार मात्रै नगरपालिकाको अनुमगन इकाइले मेलम्ची नगरको बडा नम्वर १२ बाहुनेपाटीबाट ३०० थान म्याद नाँघेका पेय पदार्थ बरामद गरी नष्ट गरेको छ।
बजार अनुगमनमा नगरपालिकासंगै नेपाल प्रहरी ,शसस्त्र प्रहरी उद्योग वाािणज्य संघ, उपभोत्रक्ता हित संरक्षण मञ्चको टोली सक्रिय रुपमा खटिएको मेयर अर्यालले बताए।
बजार अनुगमनका क्रममा पहिलो पटक यस्तो सामाग्री विक्री गर्ने पसलहरुलाई सचेत गराउने कारबाही मात्र भएको उनले बताए।
अर्को पटकको अनुगमनमा पनि यस्तै बस्तु विक्री गरेको पाइएमा मेलम्ची नगरपालिका बजार अनुगमन ऐन २०७५ अनुसार कारबाही हुने उनले बताए।
ऐनले यस्ता वस्तुहरु बिक्री गरेको पाइएमा ५ हजार जरिवाना हुने छ व्यवस्था गरेको छ।
गत साता नगरपालिकाले मेलम्ची, भोटेचौरलगायत अन्य बजारको अनुगमन गरेको थियो।
मेलम्ची नगरपालिकाका जनताले स्वच्छ वस्तुहरुको खरिद गर्न पाउनका लागि नगरले अन्य चेतनामूलक कार्यक्रम पनि गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।