पर्वत– दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ।
विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजिकैको भिरबाट लडेर आइतबार मृत्यु भएको हो।
घरबाट बिहान बजार जान्छु भनेर दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ।
दर्जीले साथीहरूसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।