जनकपुर– प्रदेश २ सभा बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा गत आइतबार साँझ आएको बिनासकारी हावाहुरीले बारा र पर्सामा भएको क्षतिप्रति शोक प्रस्ताव पारित गर्ने जनाइएको छ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदनलाई घटनाबारे जानकारी गराउने कार्यक्रम रहेको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ।
यसअघि चैत १८ गते बस्ने भनिएको बैठक उक्त हावाहुरीका कारण सूचना टाँस गरी २० गते सम्म स्थगन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।