कैलाली– धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले एक दिनको तलब रकम पर्सा र बाराका हावाहुरी पीडितलाई दिने निर्णय गरेका छन्।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको बताए। उनले भने, 'संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म हो।'
नगरप्रमुख वडले पर्सा र afराका हावाहुरी पीडितका लागि जेजति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशील संघसंस्थाहरुसँग आग्रह समेत गरेका छन्।
धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधि र कर्मचारीहरु झण्डै ३ सय भन्दा बढी रहेका छन्। नगरप्रमुख वडका अनुसार एक दिनको तलब मात्रै हावाहुरी पीडितलाई दिएमा अढाई लाखभन्दा बढी हुन जान्छ। नगरप्रमुख वडले बुधवार नै प्रक्रिया अगाडि बढाउन लेखालाई निर्देशन दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।