• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ

64x64
उत्तम काप्री बुधबार, चैत २०, २०७५  १९:०९
1140x725

उत्तम काप्री/काठमाडौं– व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गाको भाडा नतिरी साढे  ६ वर्षदेखि उपभोग गर्दै आइरहेको तथ्य सतहमा आएको छ।

उनले जग्गाको भाडा रकम नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई तिर्नुपर्ने थियो तर तिरेका छैनन्। विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता रकम पनि ६ करोड रुपैयाँभन्दा बढी भइसकेको छ।

विमानस्थलको बक्यौताको विषय बाहिर आएसँगै मल्होत्राका विषयमा संसदको सार्वजनिक लेखा समितिको समेत ध्यानाकर्षण भएको छ।

‘मल्होत्रा लगायत विमानस्थलमा व्यापार/व्यवसाय गर्ने सबैको बक्यौताबारे हामीले विवरण माग गरेका छौं,' समितिका सभापति भरत शाहले भने, ‘बक्यौता किन नतिरिएको हो भन्ने जवाफ पनि मागेका छौं।’

मल्होत्रालाई ५२ रोपनी जग्गामा रजाइँ गर्ने वातावरण भने तत्कालीन विमानस्थलका महाप्रबन्धक इन्जिनियर रतीश चन्द्रलाल सुमनले गरी दिएका थिए।

तत्कालीन महाप्रबन्धक सुमनले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैंचा लगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवन लगायतका आवश्यक पूर्वाधार संरचना निर्माणका लागि मल्होत्रालाई जिम्मा लगाएका थिए।

तत्कालीन महाबन्धक सुमनले तत्कालीन मन्त्रिपरिषद्को‍ निर्णय र नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविपरीत मल्होत्राले प्राधिकरणको जग्गामा उक्त संरचना निर्माणका लागि सम्झौता गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन महाबन्धक सुमनले रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिसँग ५२ रोपनी जग्गामा ‘बुट मोडल’मा आवश्यक पूर्वाधार निर्माण गर्ने र सञ्चालन दीपक मल्होत्राले गर्ने गरी ३० वर्षका लागि सम्झौता गरेका थिए।

तत्कालीन महाबन्धक सुमनले रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिका सञ्चालक मोहन आचार्यसँग १३ बुँदै सम्झौता गरेका थिए। (रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिको सम्पूर्ण सेयर हाल मल्होत्राको नाममा रहेको छ।)

 यस्तो सम्झौता २०६९ कात्तिक २ गते भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्झौतापत्रमा आचार्यले हस्ताक्षर गरेपनि त्यसको मुख्य खेलाडी तथा लगानीकर्ता भने व्यवसायी दीपक मल्होत्रा नै थिए। 

सम्झौताकर्ता मोहन आचार्य पनि आफूले कम्पनीको तर्फबाट स्म्झौतामा हस्ताक्षर गरेपनि मुख्य लगानीकर्ता मल्होत्रा रहेको बताउँछन्।

‘मैले भौतिक संरचना निर्माणसम्म कस्ट्रक्सनको काम गरेको हो,' उनले भने, ‘त्यसपछि भने मल्होत्रासँग गरेको काम बापतको रकम लिएर म  बाहिरिएको हो।’  

तर कागजी प्रमाणमा भने आचार्यको नाम अझै पनि उल्लेख छ। 

योसँगै तत्कालीन महाबन्धक सुमनले सम्झौता भएको दिनदेखि ‘विमानस्थल सेवा शूल्क नियमावली २०६७’ अनुसार  जग्गाको भाडा लिने मन्त्रिपरिषद् र नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयभन्दा बाहिर गएर निर्माण सम्पन्न भएपछि मात्रै भाडा रकम लिने गरी सम्झौता गरेको रहस्य खुल्न आएको हो।

साथै तत्कालीन महाबन्धक सुमनले गरेको सम्झौतामा उल्लेख भएको भाडादर पनि न्यून रहेको गरेको प्राधिकरण स्रोत बताउँछ। तत्कालीन महाबन्धक सुमनले भौतिक संरचनाको निर्माणपछि जग्गाको भाडा वार्षिक ७८ लाख (अहिले विमानस्थल सेवा शूल्क नियमावली संशोधन पछि यो भाडा वार्षिक १ करोड ५६ लाख)का दर लिने गरी निर्णय गरेका थिए।

 सम्झौतालाई नै आधार मानेर मल्होत्राले नियमावली संशोधन पहिलेको वार्षिक ७८ लाख रुपैयाँ वापतको रकम पनि तिरेका छैनन्। योसँगै सुुमनले तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष जम्मा ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशत लिने गरी सम्झौता गरेको खुल्न आएको छ। 

तर, मल्होत्राले अहिले निर्माण सम्पन्न भएको संरचना भाडामा लगाएपनि त्यस बापतको रकम र नियमावली संशोधनपछि हुने जग्गाको वार्षिक १ करोड ५६ लाख रुपैयाँको दरले भाडा रकम पनि तिरेका छैनन्।

विमानस्थल कार्यालयले भने जग्गाको भाडा वार्षिक १ करोड ५६ लाख रुपैयाँकै दरमा बिल पठाइरहेको छ। तर, उनले सम्झौतामा निमार्ण सम्पन्न भएपछि मात्रै भाडा सुरु हुने भन्दै  विमानस्थल कार्यालयलाई भाडा रकम तिर्न अटेरी गरिरहेका हुन्।

व्यवसायी  मल्होत्राले सम्झौता अनुसार २१ महिनामा संरचना निमार्ण सम्पन्न गरिसक्नु पर्ने थियो। केही कारण कार्य सम्पन्न नभएमा एक पटकको लागि ३ महिनामा मात्रै सयम थप हुने प्रावधान थियो। तर साढे  ६ वर्ष भइसक्दा पनि पूर्वाधार निर्माण सम्पन्न भइसकेको छैन।

पूर्वाधार निर्माणको सम्पन्न भएको प्रमाणपत्र विमास्थल कार्यालयलाई नुबझाई मल्होत्राले निर्माण भएको पूर्वाधार तेस्रो पक्षलाई आफूखुशी भाडामा लगाउँदै रकम समेत असुली गर्दै आइरहेका छन्। 

विमानस्थल कार्यालयले भने दर्जन पटकभन्दा बढी भाडा बापतको बक्यौता रकम चुक्ता गर्न पत्रचार गरिरहेको छ।

‘कसले कसरी प्राधिकरण बोर्ड र मन्त्रिपरिषदको निर्णयभन्दा बाहिर गएर सम्झौता गरेको त्यो लागू हुँदैन,' विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘कसले कसरी कसको लगानीमा काम गरेको छ हामीलाई मतलब छैन। तर, सम्झौता गर्ने कम्पनीले विमानस्थल कार्यालयलाई सम्झौता भएको दिनदेखिको भाडा रकम बुझाउनु पर्छ।’ 

यो सहमतिमा प्रक्रिया मन्त्रिपरिषद् र प्राधिकरण बोर्डको निर्णयको मर्मविपरीत रहेको विमानस्थल कार्यालय प्रमुख क्षेत्रीको ठहर छ। ‘तत्कालीन महाप्रबन्धकले के गरे भन्दा पनि मन्त्रिपरिषदको निर्णयका आधारमा बक्यौता रकम असुली हुन्छ।’

बक्यौता रकम नतिरेपछि विमानस्थल कार्यालयले २०७५ कात्तिक ७ गते अन्तिम पटक सेवामा रोक समेत लगाउन सकिने व्यहोरा पत्रचार समेत गरिसकेको छ।

विमानस्थल कार्यालयले अहिले मल्होत्राले वार्षिक जग्गाको भाडा एक करोड ५६ लाख रुपैयाँ र बनेको संरचनामा सञ्चालिन व्यसायीको समेत निर्माण अवधिक सम्मन्न हुने पर्ने भनी उल्लेख गरेको समयदेखिको भाडा उठाउने तयारी समेत गरेको छ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्