कावासोती– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्।
गए राति ना८ख १८४५ नंको ट्रकले लु४१प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकामा आज बिहान २ बजे मृत्यु भएको हो।
दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।