काठमाडौं– लामो रस्साकस्सीपछि प्रदेश २ का आठ जिल्लामा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा पहिलो तरंग वीरगञ्जमा देखिएको छ। राजपाका पुराना नेता तथा पूर्वमेयर विमलकुमार श्रीवास्तवले पार्टी परित्याग गरेका छन्।
राजपाले वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि महासचिव राजेशमान सिंहलाई उमेदवार घोषणा गरे लगत्तै श्रीवास्तवले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन्। उनका सहयोगी आनन्दकुमार साहले फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष राजिवकुमार गुप्ताले श्रीवास्तवलाई पार्टी प्रवेश गराएको जानकारी दिए। उनका अनुसार उम्मेदवार छनौटमा असन्तुष्ट श्रीवास्तवले सोही विषयलाई लिएर राजपा त्यागेका हुन्।
यसको असर केन्द्रीय नेतृत्व तहमै पर्ने अनुमान गरिएको छ। वीरगञ्ज महानगरको उम्मेदवार चयनका विषयमा पार्टीको अध्यक्ष मण्डलमै विवाद हुँदै आएको थियो। बहुमत अध्यक्ष मण्डल श्रीवास्तवको पक्षमा रहे पनि पार्टीले युवा नेता सिंहलाई उम्मेदवार चयन गरेको हो।
बिमलकुमार श्रीवास्तव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।