• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली

64x64
नेपाल लाइभ आइतबार, चैत २४, २०७५  १५:००
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्राले निर्माण सम्पन्न नै नभएको भवनमा विभिन्न १० फर्म भाडामा राखी अवैध रुपमा भाडा असुली गर्दै आएको खुलासा भएको छ। 

मल्होत्राले निर्माण सम्पन्न नै नभएका भवनका कोठाहरू भाडामा लगाउँदै अवैधानिक रूपमा भाडा असुली गरेका हुन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट) नजिकै निर्माणाधीन भवन भाडामा लगाउँदै अवैध रूपमा रकम असुली गरिरहेका छन्,' विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘भाडा असुलीको विवरण हामीसम्म आइपुगेको छैन।’

विमानस्थल कार्यालयलाई मल्होत्राले विवरण उपलब्ध नगराउनुको कारण हो, उठेको रकम शतप्रतिशत आफ्नै खल्तीमा राख्न पाउनु। ‘यसलाई ब्रम्हलुट भनेर पनि तपाईं बुझ्न सक्नुहुन्छ,’ ती कर्मचारीले भने, ‘विवरण पठाए त केही हिस्सा भएपनि विमानस्थल कार्यालयलाई पठाउनुपर्ने हुन्छ। यही प्रावधान मिचेर मल्होत्राले खल्ती भरेका छन्।’

मल्होत्राले निर्माण गरेको भवनमा सेवा सञ्चालनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सञ्चालन अनुमति दिनुपर्छ। तर, मल्होत्राले विमानस्थल कार्यालयको सहमति बिना केही संस्थालाई निर्माणधीन भवनका कोठा भाडामा लगाउँदै रकम असुल्दै आइरहेका छन्। मल्होत्राले गरेको यो सबै काम २०६९ कात्तिक २ गते विमानस्थल कार्यालयसँग भएको सम्झौताविपरीत छ।

विमानस्थल कार्यालय र रसुवा जेभी ज्वाइन्ट भेन्चर प्रालिबीच भएको सम्झौतामा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैंचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवनलगायतका आवश्यक पूर्वाधार निर्माण २१ महिनाभित्र सम्पन्न गर्ने उल्लेख छ।

यसरी निर्माण भएको संरचनामा सेवा सञ्चालनका लागि विमानस्थल कार्यालयले स्वीकृत इन्जिनियरिङ प्रारुप बमोजिमका सम्पूर्ण संरचनाहरुको निर्माण कार्य भएपनि सञ्चालन स्वीकृति अनुमति प्रदान गरेपछि मात्र व्यवासियक प्रयोजनमा ल्याइने उल्लेख छ। 

Ncell 2
Ncell 2

सम्झौतापत्रको ५औं बुँदामा उल्लेख गरिएका प्रावधानविपरीत मल्होत्राले विमानस्थल कार्यालयलाई सेवा सञ्चालनका लागि अन्य संस्थासँग गरेको सम्झौतापत्र नबुझाई एकलौटी रूपमा रकम असुली गरिरहेका छन्।

सम्झौतापत्रको ६ नम्बर बुँदामा उल्लेख भएको शुल्क सम्बन्धी व्यवस्था लत्याउँदै मल्होत्राले अवैधानिक सेवा सञ्चालन गरी अवैध रुपमा रकम असुली गरिरहेका छन। तर, सम्झौता पत्रमा उल्लेख भएअनुसार विमानस्थल कार्यालयलाई कुनै पनि रकम बुझाएका छैनन्।

मल्होत्राले निर्माणको काम सम्पन्न नभएपनि दैनिक १ हजार भन्दा बढी सवारी पार्किङ वापतको रकम र भवनका कोठा भाडामा लगाउँदै रकम असुली गरिरहेका छन्।

अवैधानिक भवनमा अहिले मल्होत्रालाई मासिक भाडा बुझाउँदै १० व्यवसायिक फर्म बसिसकेका छन्। झन्डै एक वर्षअघिदेखि यी फर्म सो निर्माणाधीन संरचनामा गएर सेवा प्रदान गर्ने संस्था भने प्रभु बैंक हो। प्रभु बैंकका सिइओ अशोक शेरचनले आफूहरूले मल्होत्राको कम्पनीसँग सम्झौता गरेर सेवा सुरु गरेको बताएका छन्।  

तर, शेरचनले आफूले मासिक रुपमा तिर्दै आएको रकम भने खुलाउन चाहेनन्। सिइओ शेरचनसँग मासिक भाडाका विषममा सम्झौता गरेका मल्होत्राले विमानस्थल कार्यालयलाई प्रभु बैंकसँग भएको सम्झौतपत्र नबुझाएको विमानस्थल कार्यालय एक कर्मचारीले बताए।

विमानस्थल कार्यालयले २०६९ सालमा गरेको सम्झौतापत्रमा दोस्रो पक्ष (निर्माण पक्ष अर्थात् मल्होत्रा)ले तेस्रो पक्षलाई निर्माण भएको संरचनामा सेवा सञ्चालन गर्न दिँदा गरेको सम्झौतापत्र बुझाउनु पर्ने उल्लेख छ। तर, मल्होत्राले सेवा सञ्चालन गर्न दिएका संस्थासँग गरेको कुनै पनि सम्झौतापत्र विमानस्थल कार्यालयमा बुझाएका छैनन्।

मल्होत्राले अहिले अवैधानिक संरचनामा द बेकरी क्याफे, बेक्स एन्ड केक्स, काठमाडौं एयरपोर्ट ट्राभल एन्ड टुर्स, टी-थ्री थकाली, कैलाश हेलिकोप्टर, संगम मिठाई, हिमालयन जाभा कफी, पंक द बेकरी र सलल क्याफेबाट मासिक भाडा संकलन गरी रहेका छन्।  

मल्होत्राले विमानस्थल कार्यालयसँग गरेको सम्झौताअनुसार यी संस्थासँग संकलन गरेको केही रकम विमानस्थललाई बुझाउनु पर्ने भएपनि सो अनुसार उनले काम भने गरेका छैनन्।

सम्झौतापत्रको ६ (ग)मा उल्लेख भएअुनसार तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशतका दरले मल्होत्राले विमानस्थललाई भाडा बुझाउनु पर्ने हुन्छ।

यी रकम छलीका लागि मल्होत्राले विमानस्थल कार्यालयलाई सम्झौतापत्र नबुझाएका हुन्। यसका साथै ५२ रोपनी जग्गा बापतको ६ करोड रुपैयाँभन्दा बढी रकम पनि मल्होत्राले विमानस्थल कार्यालयलाई बुझाएका छैनन्।

सबै तस्बिरः निमेषजंग राई र मनोज न्यौपाने

यो पनि पढ्नुहोस्ः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्