• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली

64x64
नेपाल लाइभ आइतबार, चैत २४, २०७५  १५:००
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्राले निर्माण सम्पन्न नै नभएको भवनमा विभिन्न १० फर्म भाडामा राखी अवैध रुपमा भाडा असुली गर्दै आएको खुलासा भएको छ। 

मल्होत्राले निर्माण सम्पन्न नै नभएका भवनका कोठाहरू भाडामा लगाउँदै अवैधानिक रूपमा भाडा असुली गरेका हुन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट) नजिकै निर्माणाधीन भवन भाडामा लगाउँदै अवैध रूपमा रकम असुली गरिरहेका छन्,' विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘भाडा असुलीको विवरण हामीसम्म आइपुगेको छैन।’

विमानस्थल कार्यालयलाई मल्होत्राले विवरण उपलब्ध नगराउनुको कारण हो, उठेको रकम शतप्रतिशत आफ्नै खल्तीमा राख्न पाउनु। ‘यसलाई ब्रम्हलुट भनेर पनि तपाईं बुझ्न सक्नुहुन्छ,’ ती कर्मचारीले भने, ‘विवरण पठाए त केही हिस्सा भएपनि विमानस्थल कार्यालयलाई पठाउनुपर्ने हुन्छ। यही प्रावधान मिचेर मल्होत्राले खल्ती भरेका छन्।’

मल्होत्राले निर्माण गरेको भवनमा सेवा सञ्चालनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सञ्चालन अनुमति दिनुपर्छ। तर, मल्होत्राले विमानस्थल कार्यालयको सहमति बिना केही संस्थालाई निर्माणधीन भवनका कोठा भाडामा लगाउँदै रकम असुल्दै आइरहेका छन्। मल्होत्राले गरेको यो सबै काम २०६९ कात्तिक २ गते विमानस्थल कार्यालयसँग भएको सम्झौताविपरीत छ।

विमानस्थल कार्यालय र रसुवा जेभी ज्वाइन्ट भेन्चर प्रालिबीच भएको सम्झौतामा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैंचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवनलगायतका आवश्यक पूर्वाधार निर्माण २१ महिनाभित्र सम्पन्न गर्ने उल्लेख छ।

यसरी निर्माण भएको संरचनामा सेवा सञ्चालनका लागि विमानस्थल कार्यालयले स्वीकृत इन्जिनियरिङ प्रारुप बमोजिमका सम्पूर्ण संरचनाहरुको निर्माण कार्य भएपनि सञ्चालन स्वीकृति अनुमति प्रदान गरेपछि मात्र व्यवासियक प्रयोजनमा ल्याइने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्झौतापत्रको ५औं बुँदामा उल्लेख गरिएका प्रावधानविपरीत मल्होत्राले विमानस्थल कार्यालयलाई सेवा सञ्चालनका लागि अन्य संस्थासँग गरेको सम्झौतापत्र नबुझाई एकलौटी रूपमा रकम असुली गरिरहेका छन्।

सम्झौतापत्रको ६ नम्बर बुँदामा उल्लेख भएको शुल्क सम्बन्धी व्यवस्था लत्याउँदै मल्होत्राले अवैधानिक सेवा सञ्चालन गरी अवैध रुपमा रकम असुली गरिरहेका छन। तर, सम्झौता पत्रमा उल्लेख भएअनुसार विमानस्थल कार्यालयलाई कुनै पनि रकम बुझाएका छैनन्।

मल्होत्राले निर्माणको काम सम्पन्न नभएपनि दैनिक १ हजार भन्दा बढी सवारी पार्किङ वापतको रकम र भवनका कोठा भाडामा लगाउँदै रकम असुली गरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवैधानिक भवनमा अहिले मल्होत्रालाई मासिक भाडा बुझाउँदै १० व्यवसायिक फर्म बसिसकेका छन्। झन्डै एक वर्षअघिदेखि यी फर्म सो निर्माणाधीन संरचनामा गएर सेवा प्रदान गर्ने संस्था भने प्रभु बैंक हो। प्रभु बैंकका सिइओ अशोक शेरचनले आफूहरूले मल्होत्राको कम्पनीसँग सम्झौता गरेर सेवा सुरु गरेको बताएका छन्।  

तर, शेरचनले आफूले मासिक रुपमा तिर्दै आएको रकम भने खुलाउन चाहेनन्। सिइओ शेरचनसँग मासिक भाडाका विषममा सम्झौता गरेका मल्होत्राले विमानस्थल कार्यालयलाई प्रभु बैंकसँग भएको सम्झौतपत्र नबुझाएको विमानस्थल कार्यालय एक कर्मचारीले बताए।

विमानस्थल कार्यालयले २०६९ सालमा गरेको सम्झौतापत्रमा दोस्रो पक्ष (निर्माण पक्ष अर्थात् मल्होत्रा)ले तेस्रो पक्षलाई निर्माण भएको संरचनामा सेवा सञ्चालन गर्न दिँदा गरेको सम्झौतापत्र बुझाउनु पर्ने उल्लेख छ। तर, मल्होत्राले सेवा सञ्चालन गर्न दिएका संस्थासँग गरेको कुनै पनि सम्झौतापत्र विमानस्थल कार्यालयमा बुझाएका छैनन्।

मल्होत्राले अहिले अवैधानिक संरचनामा द बेकरी क्याफे, बेक्स एन्ड केक्स, काठमाडौं एयरपोर्ट ट्राभल एन्ड टुर्स, टी-थ्री थकाली, कैलाश हेलिकोप्टर, संगम मिठाई, हिमालयन जाभा कफी, पंक द बेकरी र सलल क्याफेबाट मासिक भाडा संकलन गरी रहेका छन्।  

मल्होत्राले विमानस्थल कार्यालयसँग गरेको सम्झौताअनुसार यी संस्थासँग संकलन गरेको केही रकम विमानस्थललाई बुझाउनु पर्ने भएपनि सो अनुसार उनले काम भने गरेका छैनन्।

सम्झौतापत्रको ६ (ग)मा उल्लेख भएअुनसार तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशतका दरले मल्होत्राले विमानस्थललाई भाडा बुझाउनु पर्ने हुन्छ।

यी रकम छलीका लागि मल्होत्राले विमानस्थल कार्यालयलाई सम्झौतापत्र नबुझाएका हुन्। यसका साथै ५२ रोपनी जग्गा बापतको ६ करोड रुपैयाँभन्दा बढी रकम पनि मल्होत्राले विमानस्थल कार्यालयलाई बुझाएका छैनन्।

सबै तस्बिरः निमेषजंग राई र मनोज न्यौपाने

यो पनि पढ्नुहोस्ः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्