रंगेली– डेढ महिनाअघि मात्र प्रदेश नम्बर १ अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाको वडा नम्बर ४ स्थित भुर्कियाको वडा सदस्य पदमा निर्वाचित अमिलाल गनगाईको निधन भएको छ। नेपाली कांग्रेसमा आवद्ध गनगाईको उच्च रक्तचापका कारण मंगलबार मृत्यु भएको हो।
५२ वर्षीय गनगाईको रक्तचाप बढेपछि भदौं १४ गते विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको दाहसंस्कार मंगलबार नै गरियो।
दाहसंस्कारमा रतुवामाई नगरपालिकाका मेयर एवम नेपाली कांग्रेसका क्षेत्रिय सदस्य रविन राई, उपाध्यक्ष खड्कबहादुर लिम्बु, सचिव सञ्जिव मण्डल, पूर्व जिल्ला सदस्य गिरिजा यादवलगायत उपस्थित थिए। उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।