सौल- अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले पूर्वी नेपालको सप्तरीका बाढी प्रभावितलाई सहयोग गरेको छ।
मञ्चले कोरियाबाट १ लाख १९ हजार ५ सय रुपैयाँ सहयोग पठाएको हो । अर्घाखाँची स्थायी घर भई कोरियालाई कार्यथलो बनाइरहेकाहरुबाट राहत संकलन गरी पठाइएको संस्थाका उपाध्यक्ष मीनराज पोख्रेलले जानकारी दिए।
मञ्चले विगतमा पनि सामाजिक कार्यमा सहयोग गर्दै आएको उनले बताए।
संस्थाले काठमाडौंमा लेखा निरीक्षकको रुपमा कार्यरत अर्घाखाँचीका सुदन पोख्रेल मार्फत रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष दिनामणि पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।