मुम्बई– बलिउड सुन्दरी सुस्मिता सेनको छोरी रेनी १८ वर्षमा प्रवेश गरेकी छिन्। ४१ वर्षीय नायिकाले सोमबार राती एक भब्य कार्यक्रमको आयोजना गर्दै छोरीको जन्मदिन मनाइन्। जसको तस्बिर उनले इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्।
तस्बिरमा दुवै आमा–छोरी रमाइलो गर्दै गरेको मुडमा देखिएका छन्। कालो रंगको छोटो लुगामा सजिएकी सुस्मिताको हातमा वाइनको गिलास छ। यस्तै पिकं रंगको लुगामा रेनी निकै राम्री देखिएकी छिन्।
छोरीको फोटो सार्वजनिक गर्ने क्रममा सुस्मिताले भावुक कुरा पोस्ट गरेकी छिन्, जसमा लेखिएको छ, ‘रेनीसँगै म पनि १८ वर्षकी भए। आमाको भूमिकामा मैले १८ वर्षको राम्रो यात्रा तय गरे।’
रेनी र अली साहलाई सुस्मिताले पालेकी हुन्। सुस्मिता सोशल मिडियामा प्रायः आफ्नो छोरीसँग जोडिएको कुरा पोस्ट गर्ने गर्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।