काठमाडौं- स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। प्रदेश नम्बर २ का ८ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयमा दलहरुले उम्मेदवार दर्ता गरिरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।
उम्मेद्वारी मनोनयनका लागि आयोगले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ। दलहरुले उम्मेदवारी मनोनयन गर्दा दलको आधिकारिक हस्ताक्षरसहितको पत्र लिएर मनोनयनमा जानुपर्नेछ। उम्मेदवारी दर्ता सम्बन्धी आयोगले तयार गरेको नियमावलीको नियम ५ अनुसार प्रस्तावक र समर्थक अनिवार्य छ। प्रस्तावक र समर्थकले छुट्टाछुट्टै फारम भर्नुपर्छ। त्यो फारम निर्वाचन अधिकृतले प्रमाणित गरेपछि मात्रै उम्मेदवारी दर्ता हुनेछ।
यी हुन् उम्मेदवारी दर्ताका लागि अनिवार्य समावेश गर्नुपर्ने कागजात
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
– दलित महिला वडा सदस्य पदका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा।
– प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
यी कागजात समावेश गरी आयोगले तोकेको रकम तिरेर उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ। महिला, दलित र अल्पसंख्यकले उम्मेदवारी मनोनयनका लागि तिर्नुपर्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।
उम्मेदवारी मनोनयन गर्न यी फारम भर्नुपर्छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।