• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

साहित्यमा वर्ष २०७५ : राेजाइमा महाेत्सवलाई मोफसल, विमाेचनलाई काठमाडौं

बहसमा साहित्यिक 'सेन्सरसिप'देखि दलनसम्म, फरक कार्यक्रममा वक्ता उही
64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  ०९:१४
1140x725

काठमाडौं- नेपालमा पहिले-पहिले साहित्यका पाठक कम हुन्थे। त्यसकारण यो सीमित व्यक्तिका लागि मात्र चासोको विषय बन्न पुग्थ्यो। साहित्यिक गतिविधि र कार्यक्रम विरलै हुन्थे। भएका पनि सहरकेन्द्रित मात्र। पाठक र लेखकबीच संवाद हुनु कठिन थियो त्यतिबेला। 

पछिल्ला वर्ष भने साहित्यिक पाठकको संख्या बढ्दै गएको समीक्षकहरूको बुझाइ छ। पछिल्ला समय साहित्यिक गतिविधि बढ्दै जानु र उपत्यकाकेन्द्री गतिविधि मोफसलसम्म विस्तार हुनुले साहित्यका पाठक बढेको उनीहरूको दाबी छ।

२०७५ सालमा मात्रै झन्डै दर्जन जति साहित्यिक महोत्सव भए। तीमध्ये नेपाल लिट्रेचर फेस्टिभल पोखरा, कला साहित्य उत्सव झापा, राष्ट्रिय साहित्य सम्मेलन रोल्पा, तुलसीपुर बृहत् साहित्य उत्सव तुलसीपुर, राष्ट्रिय अक्षर महोत्सव रोल्पा, देउमाई साहित्य तथा पर्यटन महोत्सव इलाम, मेडिकल साहित्य महोत्सव चितवनलगायतका महोत्सव देशव्यापी चर्चामा आए। 

यीमध्ये केही कार्यक्रमका सुरुवाती शृंखला काठमाडौंमै हुने गरेका भएपनि पछिल्ला वर्ष भने अन्य सहरसम्म पुगेका छन्। केही महोत्सव भने विगतदेखि नै मोफसलमै आयोजना हुने गरेका थिए।

के भन्छन् आयोजक?
काठमाडौं बाहिरका सानाठुला सहरमा गरिएका यी कार्यक्रमले फरक अर्थ राख्ने आयोजकहरू बताउँछन्। मुलुकमा संघीयताको अभ्यास भइरहेका बेला स-साना सहर पनि उतिकै सक्रिय हुनुपर्ने रिडर्स क्लब झापाका अध्यक्ष उज्ज्वल प्रसाईं बताउँछन्। 

‘काठमाडौंमा त बहस तथा अन्तर्क्रिया अक्सर भइरहन्छन्। मार्टिन चौतारीमा हुने छलफलदेखि प्रज्ञा प्रतिष्ठानको डबली पनि यहीँ छ। यहाँ सबै कुराको केन्द्र हुनु स्वभाविक हो,’ उनी भन्छन्, ‘यहीँ भइरहने कुरालाई मोफसलका पाठकसँग सोझै लगेर माहोल सिर्जना गर्न र रुचि तथा सम्पर्क स्थापित गर्न सकिन्छ भनेर हामीले मोफसलमा कार्यक्रम गरेको हौं।’

राजधानीमा हुने ठुला कार्यक्रम मोफसलमा पनि सम्भव छ भनेर देखाउनु महत्वपूर्ण कुरा भएको उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

सातौं पटक लिट्रेचर फेस्टिभल गरिसकेको फाइनप्रिन्टले पोखरालाई सांस्कृतिक केन्द्रको रुपमा स्थापित गर्न पछिल्ला कार्यक्रम पोखरामै गरिएको प्रकाशक अजित बराल बताउँछन्।

‘काठमाडौंबाहिर फेस्टिभल गर्न शुभचिन्तकले सल्लाह दिइरहेका थिए। उपत्यका बाहिर गर्दा सांस्कृतिक र सामाजिक हिसाबले सकरात्मक प्रभाव पार्छ भनेर हामीले पोखरा रोज्यौं,’ उनले भने।

अघिल्लो वर्ष काठमाडौंमा गरिएको मेडिकल लिट्रेचर फेस्टिभल पनि यस वर्ष सौराहामा गर्नु पर्यावरण र मोफसलप्रतिको आकर्षण भएको फेस्टिबलका संयोजक विषद दाहाल बताउँछन्। ‘मोफसलमा व्यापकता हुने जस्तो लाग्यो। मेडिकल क्षेत्रको भएकाले चितवनमा सहभागी समेट्न पनि सजिलो भयो। त्यसैले यसपालीको फेस्टिभल मोफसलमा गर्‍यौं,’ संयोजक दाहालले भने।

मोफसलका ठूला र सुविधासम्पन्न सहरमा मात्रै होइन, साना र कम सुविधासम्पन्न सहरमा पनि कार्यक्रम आयोजना भए २०७५ मा। काठमाडौंबाट टाढाको दूरीमा रहेको र दुर्गम जिल्ला मानिने रोल्पामा स्थानीयकै पहलमा महोत्सव आयोजना भए। जुन चर्चाको केन्द्रमा रह्यो। रोल्पाको संस्कृति, भाषा र पर्यटनलाई मूलधारमा जोड्नकै लागि साहित्य महोत्सव गरेको आयोजक समितिका सक्रिय सदस्य दीप दर्पण बताउँछन्। यसरी महोत्सवको आयोजना गर्दा निकै कठिनाइ भोग्नु परेको उनको अनुभव छ। 'काठमाडौंबाट कवि लेखक लैजान र लगेपछि बासस्थानको व्यवस्था गर्न निकै कठिनाइ भोग्नु पर्यो,' उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थारु राष्ट्रिय सम्मेलन भने मोफसलकै फरक-फरक जिल्लामा हुने गरेको छ। अघिल्ला वर्षहरूमा दाङ, बर्दिया र कैलालीमा गरिएको सम्मेलन यस वर्ष चैत्र २२ र २३ गते रुपन्देहीको सैनामैनामा सम्पन्न भयो। थारु भाषा नेपालको चौथो ठूलो भाषा भएपनि सरकारले कुनै चासो नदेखाएको हुनाले प्रवर्द्धनमा आफूहरूले जोड दिएको सम्मेलनका मूल संयोजक कृष्ण सर्वहारी बताउँछन्। 

सकारात्मक प्रभाव
राजधानीमा हुने अधिकांश कार्यक्रम मोफसलकेन्द्रित हुनुमा लेखकहरूको पनि मतैक्यता छैन। 

उपत्यकामा प्रशस्त पुस्तक तथा प्रकाशन गृह हुने हुँदा मोफसल हुने कार्यक्रमले सकारात्मक प्रभाव पार्ने लेखक तथा चिन्तक आहुति बताउँछन्। यद्यपि, कतिपय कार्यक्रम खर्च गर्ने नियतिले मात्रै आयोजना हुने गरेको उनको बुझाइ छ। ‘मोफसलमा कुन उदेश्यले भए भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। देश संघीयतामा गइसकेपछि स्थानीय तहले बजेट छुट्याएको देखिन्छ,’ आहुति भन्छन्, ‘प्रायः कार्यक्रम त्यो खर्च गर्नका निम्ति भएका देखिन्छन्।’

यसरी आयोजना हुने कार्यक्रमलाई भने ‘फितलो’ कार्यक्रमको संज्ञा दिन्छन्, उनी। 

केही कार्यक्रम भने बहसलाई बौद्धिक रुपमा अगाडि ल्याउने उदेश्यले भएको आहुतिको दाबी छ। उनका अनुसार त्यस्ता कार्यक्रम भने कतैबाट प्रायोजित छैनन्।

‘तिनीहरूले आफ्नै बलबुतामा सहयोग संकलन गरेर गरेका छन्,’ आहुति भन्छन्, ‘उनीहरूले देशमा उठिरहेका आर्थिक, राजनीतिक र सामाजिक सबै प्रकारका मुद्दाहरूमा बहसलाई केन्द्रित गरेका छन्।’ 

कवि मनु मञ्जिल भने पछिल्ला कार्यक्रमहरू मोफसलकेन्द्रित हुनुमा खुसी व्यक्त गर्छन्। ‘सहरमा हुने कार्यक्रमहरू अहिले गाउँमा गर्न थालिएको छ। यो खुसी र आशालाग्दो कुरा हो,’ उनी भन्छन्।

रुपन्देहीमा भएकाे थारु राष्ट्रिय सम्मेलन


कार्यक्रम उपत्यका बाहिर जाँदा मुद्दाहरू पनि स्थानीय केन्द्रित हुने लेखक वन्दना ढकाल बताउँछिन्। उनी भन्छिन्, ‘राजधानीमा हुने कार्यक्रम काठमाडौंको स्वादअनुसार हुन्थ्यो भने अहिले स्थानीय स्वादमा केन्द्रित भएर कार्यक्रम भएको पाएको छु।’ 

लेखक तथा समीक्षक अर्चना थापाका विचारमा भने मोफसलकेन्द्रित कार्यक्रमले नयाँ पाठक बनाउन सहयोग गर्छन्। बजारमा चलेको साहित्यको एकाधिकारलाई यसले घटाउने उनको धारणा छ।

मोफसलमा भएको कार्यक्रमले स्थानीयको आकर्षण बढाएको र सबै क्षेत्रका मान्छेको सहभागिता भएकाले यसले सकरात्मक सन्देश दिएको उनी बताउँछिन्।

बहसको दायरा
कला तथा साहित्य उत्सव भनिएका कारण बहसको केन्द्रमा साहित्य वरिपरिका विषयहरु नै हुनु स्वभाविक छ। पठन संस्कृति, साहित्यमा सेन्सरसिप, साहित्यको दलन, कविता तथा मुक्तकसम्मका विषय समेटिए। स्रोताहरुको सहभागिता पनि उल्लेखनीय देखियो।

तर यस्ता कार्यक्रमहरुको दायरा झन् फराकिलो छ। आयोजकहरुले तय गरेका विषय हेर्ने हो भने साहित्यभन्दा परका विषयको झनै बर्चस्व देख्न सकिन्छ।

पोखरामा सम्पन्न भएको कार्यक्रममा राजनीति, मिटु अभियान, पर्यटनजस्ता विषयमा पनि समेटिएका थिए। झापाको कार्यक्रमा मिडिया, समृद्धि तथा पर्यावरणसम्मका विषयमा बहस भए। त्यहाँ नाटक पनि देखाइएको थियो भने फोटो प्रदर्शनीसमेत गरिएको थियो। स्थानीय खाजा भक्का पनि कार्यक्रम परिसरको आकर्षण थियो। 'हाम्रा अधिकांश बहसहरू विभेद र बहिष्करणमा केन्द्रित थिए,' प्रसाईं भन्छन्।
 
रोल्पामा भएको कार्यक्रममा भने युद्ध साहित्य बहस र नलेखिएको रोल्पाजस्ता आकर्षक विषय समेटिएका थिए।

सौराहामा भएको मेडिकल लिट्रेचर फेस्टिभल पनि मेडिकल र साहित्यसँग मात्रै केन्द्रित थिएन। त्यहाँको एउटा सेसन ‘डाक्टरका पिता’ले कार्यक्रम सुरु हुनु धेरै अघिदेखि नै चर्चा पायो। कार्यक्रममा वक्ता थिए लेखक खगेन्द्र संग्रौला र नारायण ढकाल।

बहसका यस्ता विषयलाई धेरै सञ्चारमाध्यमले प्राथमिकतामा साथ प्रकाशन गरेका थिए।

कार्यक्रममा खासै बहसमा नआएका तर बहस गर्नुपर्ने धेरै विषय पनि समेटिए। त्यसै मध्येको एक हो, ‘पुरुषको मुक्ति कसरी?’
'समाजमा महिलाहरूका कुराहरू मात्र उठेका हुन्थे। पुरुषका विषय उठेका थिएनन्। यो नौलो विषय हो। यसमा महत्वपूर्ण बहस भयो,' ढकाल भन्छिन्।

कार्यक्रम फरक, वक्ता उही
कार्यक्रमहरु धेरै आयोजना भएपनि ती आलोचनामुक्त भने भएनन्। आलोचनाको एउटा विषय भने दोहोरिरहने वक्ता थिए। जस्तो कि, पोखरा, झापा तथा चितवनका कार्यक्रममा खगेन्द्र संग्रौला दोहोरिएका थिए। पोखरा र झापाको कार्यक्रममा प्रदीप गिरि दोहोरिए। पोखरा, झापा र रोल्पाका कार्यक्रममा नयनराज पाण्डे दोहोरिए। त्यसैगरी मदनकृष्ण श्रेष्ठ, रमेश क्षितिज, अमर न्यौपाने, बसन्त बस्नेतलगायत अन्य कलाकार तथा लेखक पनि दोहोरिएका थिए।

वक्ता मात्रै होइन, सहजकर्ता समेत दोहोरिने गरेका छन्।

यही प्रसंगमा कवि मनु मञ्जिल भन्छन्, ‘काठमाडौंभित्रै चल्ने बस अन्त गएको जस्तो मात्र छ। स्थानीय मान्छे वक्ता चाहिँ भएका छैनन्।’

उनी थप्छन्, ‘थारु संस्कृतिका बारेमा काठमाडौंबाट मान्छे बोलाउँदैमा त्यस बारेमा नयाँ कुरा आउने भन्ने हैन। त्यसको लागि त थारु संस्कृतिको गहिरो अध्ययन गरेको बुढापाकाको कथा, जम्मा पारेको अध्ययन गरेको मानिसलाई बोल्न लगाउनुपर्छ नि।’

'राजवंशी संस्कृतिका एक्पर्टहरू हुन्छन्। राजवंशीको मिथिला साहित्यहरू हुन्छन्। साहित्यको परिपूरकका रूपमा काम गरेका सांस्कृतिक पक्षहरू छन्। त्यसबारेमा अध्ययन, अनसन्धान र अनुभव समेत दिने हो भने सुधार त आउँथे होला नि। नाम चलेका लेखकका निम्ति ती त नयाँ आँखा हुन्थे होला नि,' उनको तर्क छ।
साहित्यिक महोत्सवले यस्ता विषयमा भने कम काम गरेको उनी बताउँछन्।

रिडर्स झापाद्वारा आयाेजित 'कला साहित्य उत्सव २०७५'


यद्यपि काठमाडौंबाट मान्छे लगेर उभ्याउँदैमा कार्यक्रम सफल नहुने प्रसाईं बताउँछन्। मोफसलमा कार्यक्रम गर्ने आँट गर्नु नै सकारात्मक पक्ष भएको उनको तर्क छ।

‘केही नाम दोहोरिनु स्वभाविक हो। तर, विषय हेरेर नै कार्यक्रममा मान्छे लैजाने हो,’ उनी भन्छन्, ‘नदोहोरिएका मान्छे हामीले विषय हेरेर गरेका छौँ।’

कुनै विषयबारे विज्ञ मान्छे जहाँ गएर बोल्दा पनि जति पटक बोल्दा पनि त्यसले समस्या नपार्ने उनी बताउँछन्।

लेखक आहुति पनि वक्ता दो होरिनु समस्या नभएको बताउँछन्। कोही मान्छे दोहोरिने खालकै छन् भने दोहोरिएर समस्या नहुने उनको मत छ।

‘मुख्य कुरा आउनु पर्ने र समेट्नु पर्ने विषय बढीभन्दा बढी आइपुगे कि पुगेनन् भन्ने हो,’ उनी भन्छन्, ‘मान्छे दोहोरिनु समस्या होइन। विविध क्षेत्रका ज्ञान र मान्छे मिलाउन नसकेको हो भने यसको चाहिँ समीक्षा गर्नुपर्यो।’ 

महोत्सवमा महिला सहभागिता
अघिल्ला वर्षका महोत्सवमा महिला सहभागितामाथि प्रश्न उठ्ने गर्थे। आयोजकहरूले सामाजिक सञ्जालमा समेत निकै आलोचना खेप्नुपर्दथ्यो। यसपाली भने त्यस्तो स्थिति देखिएन। झापाको कार्यक्रममा १० जनाभन्दा बढी र पोखराको कार्यक्रममा करिब २० जना महिला बहसमा वक्ताका रुपमा सहभागी थिए। 

लेखक ढकाल संख्यात्मक र गुणात्मक दुवै हिसाबले महिला सहभागितामा सुधार भएको बताउँछिन्। महिलालाई स्टेज र फ्लोरमा सहभागी गराउनुपर्छ भन्ने चेतनाको विकास भएकाले सहभागिता बढेको उनको बुझाइ छ।
पहिलाका दाँजोमा यस वर्षका साहित्यिक महोतस्वमा महिला सहभागिता बढेकोमा लेखक थापा पनि सहमत छिन्। 'यद्यपि, अपेक्षा गरेजस्तो सहभागिता हुन सकेको छैन,' उनी भन्छिन्।

पुरुषजस्तै महिला पनि दोहोरिने गरेका छन्। सार्वजनिक कार्यक्रममा बोल्ने र मुखर भएर आएका महिलाको कमी भएकाले कार्यक्रमहरू महिला दोहोरिनु परेको महिला लेखकहरूको बुझाइ छ। केही समयसम्म बौद्धिक महिलाहरू कार्यक्रमहरूमा दोहोरिनैपर्ने लेखक ढकाल बताउँछिन्।

साैराहामा आयाेजित मेडिकल लिटरेचर मेलाकाे दाेस्राे संस्करण


महिलाको संख्या बढाउन महिलालाई प्राथमिकता दिने कुरामा आयोजकहरू खुम्चनु नहुने थापा बताउँछिन्। 

बहसमा सहभागी भएका महिलालाई पनि मोडरेटरले पुरुषका रुपमा कम समय दिएको उनको अनुभव छ। 'मञ्चमा बस्दा पनि मोडरेटरले महिलालाई प्रश्न बढी गर्दैन। प्रश्न पनि बढी पुरुषलाई गरिन्छ। बोल्ने पनि धेरै पुरुषहरू नै हुन्छन्', उनी भन्छिन्, 'महिलाको पालो आउँदा घुमाइफिराइ थोरै समय दिइन्छ।’

पुरुषलाई प्राथमिकतामा राखेर प्रश्न सोध्ने मोडरेटरका कारण आफूहरू अझै ओझेल परेको उनको गुनासो छ।

पुस्तक विमोचन : काठमाडौं धाएकाे मोफसल 
महोत्सव मोफसलकेन्द्रित हुन थाले पनि पुस्तक विमोचनका अधिकांश कार्यक्रम काठमाडौंमै सम्पन्न भए। मोफसलकै लेखक पनि पुस्तक विमोचनका लागि भने काठमाडौंसम्मै धाए।

वर्षको अन्त्यमा चितवनमा बस्दै आएका कवि भुपिन खड्काको 'मैदारो' काठमाडौंमै विमोचन भयो। त्यसैगरी इटहरी बस्ने कवि बद्रि भिखारीको 'समुद्र साउती' यसै वर्ष काठमाडौंमा विमोचन भयो। धनगढी बस्दै आएका कथाकार रामलाल जोशीको 'सखी' पनि यही वर्ष काठमाडौंमा विमोचन भयो। यस्तै काठमाडौं बाहिरै बसेर साहित्यकर्म गर्दै आएका अन्य लेखकका पुस्तक पनि काठमाडौंमै विमोचन भएका छन्।   
बजार र मिडियाको कारणले पनि काठमाडौंमा विमोचन हुने पुस्तकमाथि बढी चासो र चर्चा अभिव्यक्त हुन्छन्।   त्यसैले काठमाडौं धाउनु बाध्यता भएको लेखकहरू बताउँछन्। त्यसमाथि यो प्रकाशकको व्यापारसँग पनि जोडिएको विषय हो। 

काठमाडौं अझै पनि केन्द्र नै भएकाले यस्तो अवस्था रहेको प्रसाईं बताउँछन्।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्