• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सम्पादकीय : आधार वर्ष सकियो, अब परिणामको वर्ष

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  १९:०२
1140x725

गत फागुनमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई आधार वर्षका रूपमा अर्थ्याएका थिए। नयाँ वर्षको पहिलो दिन आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दा पनि प्रधानमन्त्रीले गएको वर्षलाई विधि निर्माणको वर्षकै रूपमा अर्थ्याए।

०७४ सालभरि प्राथमिकता दिइएका र चर्चामा आएका कतिपय कार्यक्रमका प्रकृति केलाउने हो भने सरकारको यस्तो दाबी स्वभाविक छ।

०७४ सालभरि महत्त्वपूर्ण कानुनहरू बनाइए। संविधान कार्यान्वयनका हिसाबले त्यस्ता कानुनहरू आवश्यक पनि थिए। नागरिक अधिकारका रूपमा संविधानमै व्यवस्था गरिएका कतिपय प्रावधानहरू अब विभिन्न कार्यक्रममा परिणत हुँदै जनताको घरदैलोमा पुग्ने अपेक्षा छ। 

बिम्स्टेक तथा लगानी सम्मेलनजस्ता कार्यक्रमहरू आयोजना गर्‍यो। बहुपक्षीय हित र नेपालमा बाह्य लगानी भित्र्याउँदै समृद्ध नेपालको सपना साकार तुल्याउन यस्ता कार्यक्रमले पारेको प्रभाव आगामी दिनमा महसुस हुने नै छन्।

प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूले विभिन्न देशहरूको भ्रमण गरे। प्रधानमन्त्री स्वयम् भारत, चीन, अमेरिका लगायतका धेरै देश पुगे। भारतलगायत अन्य केही देशका प्रमुखहरूले पनि नेपालको भ्रमण गरे। कूटनीतिक सम्बन्ध विकास तथा आफ्नो हित प्रवर्द्धनका कोणबाट यस्ता प्रयासहरूले पनि आगामी दिनमा सकारात्मक छाप छाड्ने नै छन्।

त्यसका अतिरिक्त विद्यार्थी भर्ना अभियान, नेपालको पानी जनताको लगानी, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमजस्ता कैयौं कार्यक्रम सुरु गरिएका छन्। यस्ता कार्यक्रमले पनि शिक्षित नेपाली, समृद्ध नेपाली तथा सुरक्षित नेपालीको लागि आधार तयार गर्नेछन्।

यी त केही आँखिझ्याल मात्रै हुन्, जसले सरकारले दाबी गरेको आधार वर्षको झलक प्रदान गर्छ।

सिक्काको अर्को पाटो पनि हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार गठन हुनुअघि जुन गतिमा विकास निर्माणका काम हुने दाबी गरिएको थियो, जसरी रातारात जनताका सुनौला दिन आउनेछन् भनिएको थियो, जसरी न्याय र सुरक्षाको आश्वासन दिइएको थियो। त्यसमाथि भने प्रश्न र शंका निरन्तर छ।

सरकारले गफ मात्रै गर्‍यो, काम गरेन भन्नेहरूको जमात ठूलो छ। खासगरी केपी ओली नेतृत्वमा सरकार बनेपछि पनि आम नागरिकको जीवनमा कुनै फरकपन आएन। अघिल्ला सरकारभन्दा यो सकारको पालामा पनि आफ्ना अप्ठ्यारा सहज भएनन् भन्ने धेरैको गुनासो छ।

पक्कै पनि जनताका वर्षौंदेखिका समस्यालाई कुनै पनि सरकारले एक वर्षमै सल्टाउन सक्दैन। तर, सरकार बनाउँदै गर्दा र बनिसकेपछि पनि यो देशका सारा समस्या हल गर्न मेरो उत्पत्ति भएको हो र मसँग समस्या समाधानका लागि जादुको छडी छ भन्ने खालको भाषण र प्रतिबद्धताले नागरिक अपेक्षा बढायो नै, निराशा पनि बढायो। कस्ता प्रतिबद्धता गर्ने र कस्ता सपना देखाउने भन्ने कुरामा थोरै पनि ख्याल नगर्ने हो भने वर्षहरू बित्दै जाँदा कुनै अमुक व्यक्ति र पार्टीप्रति मात्रै होइन, समग्र व्यवस्थाप्रति नै वितृष्णा बढ्न सक्छ।

प्रधानमन्त्रीको विश्वसनीयतामा सबैले बुझ्ने गरी गिरावट आएको वर्ष हो, ०७५। प्रधानमन्त्रीले पुस १६ गते दिएको पानीजहाज चढेर कलकत्ता जाने निम्तो होस् वा डा गोविन्द केसीसँगको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्न भूमिका खेलेर होस्, प्रधानमन्त्री जस्तो व्यक्तिले सहजै झुट बोल्न र निश्चित घेराको स्वार्थबाट प्रेरित हुन सक्छन् भन्ने पुष्टि भयो। आगामी दिनमा पनि प्रधानमन्त्रीबाट प्रवाह हुने प्रतिबद्धता र आश्वासनको विश्वासनीयतामाथि प्रश्न उठ्ने छ। यसलाई चिर्न प्रधानमन्त्रीको विशेष प्रयास जरुरी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बजेटदेखि विधेयकसम्ममा संघीय प्रणालीलाई खुम्चाउने प्रयास गरिएका, प्रधानमन्त्रीमा अधिकारकेन्द्रित गरिएका, भ्रष्टाचार बढेका, नागरिक अधिकार खुच्याइएका, सरकार अलोकतान्त्रिक भएको भन्ने आरोप निराधार छैन। प्रधानमन्त्रीले आफ्ना प्रायः भाषणमा लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउने गरेका छन्। यस्ता प्रतिबद्धतालाई प्रधानमन्त्रीले किन दोहोर्‍याइरहेका छन्, सहजै बुझ्न सकिन्छ।

देशमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने भनेर मागिएको मत मलेसिया र जापानसँग श्रम सम्झौता गर्दै खुसी हुने अवस्थामा रूपान्तरित भएको छ। कुनै व्यवसायमूलक काम नगर्ने पार्टीका कार्यकर्ताको जीवनशैली रातारात उकासिने तर पहुँचविहीन नागरिकले सानो सपना पूरा गर्न पनि विदेश भासिनुपर्ने लाचार अवस्थाको साक्षी भने शक्तिशाली सरकार भइरहेको अवस्था छ। फेरि पनि सबैले दिने जवाफ त त्यही हो कि एक वर्षमै केही हुँदैन। 

तर देशमै रोजगारी सिर्जना गर्न र उत्पादनमूलक व्यवसायमा युवालाई आकर्षित र सहजीकरण गर्न कति प्रयास गरिए भन्ने प्रश्न भने सँगै छ। थोरै पनि जिम्मेवार नहुने हो भने, सरकारी पानीजहाज चलाउने तेल किन्न युवाले खाडीमा पसिना र रगत बन्दकी राख्नुपर्ने दिन टाढा छैन। 

हामीलाई अगाडि बढ्नु नै छ। समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्नु नै छ। तर अघिल्लो वर्षकै लय र गतिले त्यो सम्भव छैन। त्यसै पनि नयाँ वर्षले नयाँ खालको भाषा, नयाँ खालको शैली र नयाँ खालको आशा माग गर्छ नै। ०७६ सालमा केही नयाँपन अपेक्षित छ।

प्रधानमन्त्रीले देखेका सपना त्यतिबेला पूरा हुन्छ, जतिबेला त्यो सबैको सपना र तीव्र ईच्छा बन्न सक्छ। त्यो त्यतिबेला पूरा हुन्छ, जतिबेला सम्पूर्ण संरचनाले काम गर्छ। प्रधानमन्त्रीका रूपमा केपी ओलीले आफूलाई मूल्यांकन गर्नुपर्ने यहीँनेर हो। उनले आफ्ना सपनालाई सबैको बनाउन प्रयास गर्नुपर्ने छ। आफू एकल देउता बन्ने अभिप्रायबाट सबैको साथ र सबै संरचनाको समुचित उपयोगतिर केन्द्रित हुनुपर्ने छ।

संस्थाहरूलाई बलियो बनाउने, बहसहरूको केन्द्रलाई विस्तारित गर्ने, अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने काम अबको वर्षमा गर्नु जरुरी छ। मुख्यतः आलोचनालाई सहज रूपमा लिने बानीकै विकास गर्नु जरुरी छ। काम गरेर देखाउनुपर्नेहरूले हरेक समस्याको समाधान सूत्र र हरेकलाई जवाफ बोकेर हिँड्ने हो भने हामी कहीँ पुग्ने छैनौं।

हामीले संघीय प्रणाली अपनाइसकेपछि त्यसको सफलताको अपेक्षा गर्नु स्वभाविक छ। तर सरकारलाई भने त्यही प्रणाली असफल बनाउन लागिपरेको आरोप लाग्ने गरेको छ। संघीयतामात्रै होइन, हरेक ठाउँमा संरचनागत प्रणालीको विकास गर्ने सबालमा हामी चुक्दै गएका छौं। संस्था र प्रणाली बलिया र कामयावी बनाउनेतिर ध्यान नदिने तर हुरी पीडितलाई ‘म आएँ नि’ शैलीको निरीक्षण गर्दै लोकप्रियतावादी सिद्धान्तबाट ग्रसित हुने हो भने यो देशको अवस्था त्यस्तै हुनेछ, जस्तो केपी ओली प्रधानमन्त्री हुनुअघि थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्