पोखरा– कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ताअनुरुप ९८ करोड २० लाख ६९ हजार रुपैयाँ निकासा भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालका अनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि ६० करोड ९७ लाख ७६ हजार निकासा भएको हो।
त्यस्तै रुपा गाउँपालिकाका लागि ६ करोड ९७ लाख १५ हजार, माछापुच्छ गाउँपालिकाका लागि १० करोड २१ हजार ८४ हजार, मादी गाउँपालिकाका लागि १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकाका लागि नौ करोड ३१ लाख ६६ हजार निकासा भएको छ।
निकासा बजेट चालु आर्थिक वर्ष २०७४÷७५ को एक तिहाइ हो। पोखरा–लेखनाथ महानगरपालिकामा एक अर्ब ८२ करोड ५७ लाख २९ हजार, अन्नपूर्ण गाउँपालिकामा २७ करोड ९५ लाख, माछापुच्छ गाउँपालिकामा ३० करोड ६५ लाख ५३ हजार, मार्दी गाउँपालिकामा ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकामा २० करोड ९१ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ।
गाउँपालिकामा वाणिज्य बैक नभएकका कारण कार्यालयले सबै तहको बजेट राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा स्थानीय तहका खाता खोली बजेट निकासा गरिदिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।