काठमाडौँ - स्थानीय तह प्रदेश २ को तेस्रो चरणको निर्वाचनका लागि १८ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन्। बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म १८ हजार २ सय जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
निर्वाचन आयोगले देशभर शान्तपूर्णरुपमा मनोनयन दर्ता भएको जनाएको छ। प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संविधान पालनाका लागि गरिनुपर्ने तीन तहको निर्वाचन मध्ये एक तहको निर्वाचन सम्पन्न हुनेछ। गत वैशाख ३१ प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन भएको थियो भने दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमा निर्वाचन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।