काठमाडौं- एनसेलले लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेको छ।
सर्वोच्चले एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख कर निर्धारण गरी एक साताको समय दिएको थियो।
एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेले बालुवाटर बस्ने २६ वर्षीय प्रसन्न श्रेष्ठलाई वारेस राख्दै आज रिट दायर गरेका हुन्।
ठूला करदाताको नयाँ निर्धारणअनुसार एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ लाभकर तिर्नुपर्नेछ। तर, यसअघि कर तथा विलम्ब शुल्कसहित २३ अर्ब ५७ करोड ४२ लाख ७५ हजार ५ सय ६६ भुक्तानी गरिसकेकाले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भएको हो।
ठूला करदाता कार्यालयले कर निर्धारण गरेको सूचना एनसेलले बैसाख ३ गते नै बुझेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।