काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको अन्त्येष्टिमा हजारौं शुभचिन्तक पशुपति आर्यघाट पुगेका छन्।
प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको ठूलो भिड लागेको थियो। प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिए।
आर्यघाट लैजानुअघि नर्भिक अस्पतालबाट उनको शव श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिएको थियो। उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरु पुगेका थिए।
बिहान लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्याअउँदै उनको निधन भइसकेको चिकित्सकहरुले भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।