काठमाडौं– पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले लाजिम्पाट पुगेर समवेदना प्रकट गरेका छन्।
प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन र शोकमा डुबेमा परिवारलाई समवेदना प्रकट गर्न मध्याह्न १२ बजेभन्दा केही मिनेट अगाडि प्रधानमन्त्री देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल दाहाल निवास पुगेका थिए। अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य पनि समवेदनाका लागि पुगेकी थिइन्।
प्रकाशको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिएपछि नेताहरुले अध्यक्ष प्रचण्ड र परिवारसँग सामूहिक रुपमा भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।