काठमाडौं– ‘लिटिल स्टार २०१७’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले चुमेका छन्।
इम्पेरियल वर्ड स्कुलमा अध्ययनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि विजेता बने। कार्यक्रममा पलिष्ठाले टाइटलसँगै मोस्ट ट्यालेन्ट र मोस्ट पपुलरको थप दुई उपाधि जितिन् भने तनुसले फोटोजेनिक उपाधिमा कब्जा जमाएका थिए।
प्रतियोगीतामा पारम्ब सिम्खडा र प्रख्या शर्मा फस्ट रनरअप भए भने आरोही लामिछाने र दर्शना कोइराला सेकेन्ड रनरअप घोषित भए। बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्रिनआर्ट मिडियाका सिइओ प्रवीण लाकौलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।