जनवादी गायक खुसीराम पाख्रिनको हृदयाघातका कारण मंगलबार चितवनमा निधन भएको छ।
भरतपुरमा आयोजित वाम गठबन्धनको सभामा गीत गाउने क्रममा उनी स्टेजमै ढलेका थिए। त्यही गीत नै उनले गाएको जीवनकै अन्तिम गीत बन्न पुग्यो।
उनलाई सभास्थलबाट तत्काल भरतपुरस्थित नारायणी सामुदायिक अस्पताल लगिएको थियो। डाक्टरहरुले अस्पतालमै उनको निधनको घोषणा गरेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामपुरस्थित पाख्रिनको निवासमै पुगेर गायक उनीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए।
बुधबार बिहान पाख्रिनको सम्झनामा श्रद्धाञ्जली सभा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।