काठमाडौँ- पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संसद् मणि हराएको नागजस्तो भएको टिप्पणी गरेका छन्।
सोमबारदेखि सुरु भएको संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा बहस हुन छाडेको बताए।
‘कता-कता हाम्रो संसद् मणि हराएको नागजस्तो, विना हराएको कस्तुरीजस्तो अनुभव हुन्छ,’ उनले भने।
लोकतन्त्रका लागि निरन्तर लोकतान्त्रीकरण आवश्यक रहेको बताउँदै भट्टराईले उनले त्यस बिना लोकतन्त्र पूरा हुन्छ भन्नु भम्र मात्र रहेको बताए।
उनले पछिल्लो वर्ष आर्थिक वृद्धिदर बढेको भन्दै सन्तोष व्यक्त गरे।
‘गत तीन वर्षदेखि लगातार ६ प्रतिशत आर्थिक वृद्धिदर देखिएको छ,’ उनले भने, ‘यो सकारात्मक हो । तर, यसको अन्तर्यमा गएर हेयौं भने हाम्रो अर्थतन्त्रको संरचनात्मक सुधार आएको छैन।’
औधोगिक, उत्पादन क्षेत्रमा अझै पनि सुधार नआएको बताउँदै उनले व्यापार घाटा बढी रहेको बताए।
उनले विकास समावेशी र समानुपातिक हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।