• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

गायब पार्ने कम्पनी र व्यक्तिको संख्या ८३
64x64
लिलु डुम्रे सोमबार, वैशाख १६, २०७६  १९:४३
1140x725

काठमाडौं- भू-माफियाको चलखेलमा बालुवाटारका सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउन राजनीतिक पहुँचसँगै व्यापारिक घरानाको समेत मिलमतो भएको देखिएको छ। उक्त जग्गाको माफियाको रूपमा रहेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीसँगै नेकपाका महासचिव विष्णु पौडेलको नाम सार्वजनिक भएपनि अन्यको नाम भने गोप्य नै रहेको थियो।

यसरी गोप्य र हराएको दाबी गरिएको विवरण नेपाल लाइभले फेला पारेको छ। नेपाल लाइभले फेला पारेको विवरण अनुसार भाटभटेनी, गोयल ग्रुपको निर्माण कम्पनी डिएलएफ डेभलपर्स (भारतीय निर्माण कम्पनीसँग जोइन्ट भेन्चरमा स्थापना भएको) सहित अन्य कम्पनी र व्यक्ति गरी ८३ जनाका नाममा बालुवाटारको जग्गाको स्रेस्ता कायम भएको देखिन्छ। 

उनीहरुले सो विवरण सार्वजनिक नगर्न मालपोत कार्यालयबाटै विवरण गायब पारेका थिए। तर, विवरण गायब भएकोमा दबाब बढ्दै गएपछि यसको खोजीसमेत सुरु भएको थियो।

नेपाल लाइभले फेला पारेको विवरणमा गोयल ग्रुपको निर्माण कम्पनी  डिएलएफ डेभलपर्सको नाममा १९ कित्ता जग्गा रहेको देखिन्छ।  

नेपालको ख्यातिप्राप्त औद्योगिक घराना गोयल ग्रुपले बैंकदेखि निर्माण कम्पनीसम्मका कम्पनी सञ्चालन गर्दै आएको छ।

उसको स्वामित्वका रहेको डिएलएफ डेभलपर्सको नाममा बालुवाटारका १९ वटा कित्ता रहेको नेपाल लाइभले फेला पारेको हो। 

बालुवाटारका ४ सय ५० कित्ता जग्गा रोक्का गरिएसँगै यी जग्गा पनि मन्त्रालयले रोक्का गरेको छ। बालुवाटारको सरकारी जग्गा हडप्ने क्रममा भू-माफिया र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा गायब गरिएको फाइलमध्ये अधिंकाश कित्ताको पहिचान गर्दा सो कम्पनीको नाममा ती जग्गा रहेको रहस्य खुलेको हो। 

Ncell 2
Ncell 2

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गायब पारेका १०२४ र १०२५ नम्बरका फाइलबाट व्यक्तिहरू र संस्थाहरूका ३२७ कित्ता जग्गा पहिल्याउँदा यो कम्पनीले आफ्नो नाममा जग्गा राखेको देखिएको  छ। ती जग्गा व्यक्तिको नाममा नभई कम्पनीको नाममा भएकाले थप खोजी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले अन्य व्यक्तिका नाममा नामासारी वा बिक्री हुन नदिन किनबेचमा रोक लगाएको बताएको छ। मन्त्री पद्मा अर्यालले गठन गरेको सार्वजनिक जग्गा खोजबिन समितिले ७ दिन लगाएर गायब पारिएका फाइलबाट कित्ता छुट्याएर खोजी गरेको छ। 

खोजबिनबाट पत्ता लागेको सरकारी जग्गामध्ये अधिकांश भू-माफिया रामकुमार सुवेदी, शोभाकान्त ढकाल र उनीहरुका पत्नीको नाममा छ। सुवेदी र ढकालपछि बालुवाटारको सार्वजनिक जग्गा धर्मशोभा शाक्यको नाममा रहेको देखिन्छ। शाक्यका नाममा २१ कित्ता जग्गा रहेको छ। उनी भू-माफिया ढकाल र सुवेदीपछिको जग्गा धेरै हुने व्यक्ति रहेको देखिन्छ। 

रामकुमार सुवेदी र शोभाकान्त ढकालका नाममा ९ कित्ता रहेको छ। सुवेदी र ढकालका पत्नीका साथ एक गुरुङ थरकी महिलाको नाममा तीन कित्ता छ। ढकाल र सुवेदीका पत्नीहरुका नाममा मात्रै थप ३ कित्ता समेत छ। ढकाल र सुवेदीको परिवार तथा एकल नाममा गरी कुल ३७ कित्ता जग्गा रहेको देखिन्छ। त्यस्तै मीन गुरुङका नाममा कित्ता नम्बर ७४, ४१३ र १३७ गरी तीन कित्ता जग्गा रहेको देखिन्छ। 

भू-माफियाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा पास गरिदिएको जग्गाको कित्ता नम्बर  ३१५ र ३०९ रहेको छ। 

पौडेलका नाममा रहेको जग्गा पनि मन्त्रालयले रोक्का गरेको छ। व्यवसायी गुरुङ र भू-माफिया सुवेदी र ढकालको नाममा अर्को एक कित्ता संयुक्त रहेको देखिन्छ। कित्ता नम्बर ८३ तीन जनाको नाममा रहेको मन्त्रालयले खोजी गरेको विवरणमा उल्लेख छ। 

मन्त्रालयले रोक्का राखेको जग्गामा गैरआवासीय नेपाली संघका नाममा समेत ५ कित्ता रहेको फेला परेको छ। संघको नाममा ७४८, ४५२, ७४६, ७५० र ७४४ कित्ताका  जग्गा छन्। 

‘भू-माफिया’ ढकाल दम्पतीका नाममा  ११ कित्ता छुट्टै रहेको समेत देखिएको छ। गुरुङका नाममा बाहेक भाटभटेनी डेभलपमेन्ट कम्पनीका नाममा अलग्गै १० कित्ता जग्गा रहेको छ। ढकालले आफ्ना नाममा एकल रुपमा ३ कित्ता राखेका छन्। उनको नाममा ४०, १२ र  ३७ नम्बरका कित्ता जग्गा छन्। 

मोही कायम गर्न गुठी बनाएका पशुपति टिकिन्छा गुठीको नाममा रहेका १० कित्ता जग्गा ढकाल र सुवेदीले आफ्नै नाममा सारेका छन्। 

भू-माफियाले प्रधानमन्त्री कार्यालय सरकारको नाममा रहेका जग्गा पनि व्यक्तिका नाममा पुर्‍याएका थिए। नेपाल सरकारको नाममा रहेको २९ कित्ता रहेको फाइल गायब पारिएको थियो। साथै, प्रधानमन्त्री निवासको लागि छुट्याइएको २५ कित्तामा रहेको जग्गा मन्त्रालयले पहिल्याएको छ। 

सरकारी भवनका लागि कायम ११ वटा कित्ता जग्गा पत्ता लागेको मन्त्रालयले प्रस्ट पारेको छ।  

यसैगरी पुनर्निर्माण प्राधिकरणको नाममा रहेको ३६३ कित्ता कायम रहेको जग्गाको फाइल पनि गायब बनाइएको थियो। नेपाल सरकार समरजंग कम्पनीको नाममा ७ कित्ता रहेको उल्लेख गरिएको छ। 

मन्त्री अर्यालले भू-माफियाको आडमा डिल्लीबजारबाट मालपोत कार्यालयले गायब पारेका दुई फाइलका अधिकांश कित्ता पहिचान भएको बताइन्।

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्