• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  १२:३०
1140x725

तराई-मधेसमा दाइजोको नाममा महिलामाथि हुने कुटपिट, यातना र हत्याको शृंखला जारी छ। यसको मारमा पछिल्लो पटक पर्साकी सुनिता यादव र सिराहाकी कञ्चन मण्डल परेका छन्। विगतलाई आधार मान्ने हो भने प्रचलित कानुन अनुसार दोषीलाई कारबाही नै मृतकलाई दिइने न्याय हो। यो घटनामा आधारित उपचार हो। तर यस्ता घटना विशेष मात्र नभएर संरचनागत हिंसा पनि हुन्। सामाजिक संरचनासँग जोडिएको अपराधमा अपराधीलाई मात्र कारबाही गरेर हिंसाको शृंखला रोकिँदैन।  

कुनै पनि संरचनागत हिंसाको रोकथामको लागि कानुन तथा नीति निर्माण मात्र पर्याप्त हुँदैन। निश्चय नै कडा नीति तथा ऐन बनाउनुपर्छ। तर मानिसको नियत नबदलिउन्जेल नीति प्रभावकारी हुदैन भन्ने यथार्थ पनि बुझ्नु जरुरी छ। मानिसको सोच र आनीबानी सामुदायमा प्रचलित संस्कार र प्रथासँग जोडिएको हुन्छ। संस्कार र प्रथा पनि कुनै समयमा तय गरिएका घोषित/अघोषित ऐन, कानुन नै हुन्। लामो प्रयास र अभ्यासले यी संस्कारमा बदलिएका हुन्छन्। कुनै मानिसको अवचेतनमा गढिसकेको नियमलाई विवेक तथा नयाँ नियमले त्यति सजिलै विस्थापन गर्न सक्दैन। यसको उदाहरण हो, सुनिता यादवका श्रीमान डा सचिचान्नद। डा सचिनानन्दलाई महिला हिंसा र कानुनी कारबाहीबारे पक्कै जानकारी थियो। तर उनी संस्कारको आडमा यति स्वार्थी र विवेकशून्य भए कि उनी हत्यारा हुन पुगे। तसर्थ नसानसामा बसेको कुसंस्कार बदल्न समग्र उपागमको निर्माण गर्नुपर्छ। जसले कडा कारबाहीको व्यवस्थासँगै मानिसको सोच बदल्ने र बिस्तारै समाज बदल्ने काम पनि गरोस्। 

हाम्रो सामाजिक मूल्य-मान्यता अनुसार छोरीले वंश धान्दैन। बुढेसकालमा बा–आमालाई हेर्दैन भन्ने बुझाइ छ। तसर्थ छोरीमाथिको लगानी बेकार हो भन्ने आम बुझाइ छ।

समग्रमा हिंसाको जननी शक्तिको दम्भसँग जोडिएको हुन्छ। कुनै पनि व्यक्ति आफूसँग भएको शक्ति बरकरार राख्न चाहन्छ। त्यो शक्ति देखाउन समय समयमा शक्ति प्रदर्शन गरिरहन्छ। शक्ति प्रदर्शनको खेलमा जहिले पनि बलियोले कमजोरलाई पेल्छ। यही शक्ति स्वार्थकै खेलको परिणाम हो- तराईमा महिलाहरु कुटिने, जलाइने र मारिने घटनाहरु। यी घटना व्यक्ति विशेषको आक्रोश र आवेगका परिणाम मात्र होइनन्। शैली र संस्कारको रुपमा स्थापित भइसकेका सामाजिक संरचनामा अडिएका हिंसा पनि हुन्। संरचनागत हिंसा समाजको कुनै न कुनै मूल्य-मान्यता र अभ्याससँग जोडिएको हुन्छ। ती मूल्य-मान्यता र अभ्यासलाई प्रतिस्थापन नगरी गरिएका कारबाही खास अपराधीलाई सजाय त होला तर महिलाको जीवन खोसिने कार्य रोकिँदैन। तसर्थ यो संरचनागत हिंसामा विभिन्न पाटो नियाल्दै समग्र उपागम अँगाल्नुपर्छ।  

सामाजिक र आर्थिक बोझ 
मानव अधिकारको परिभाषा अनुसार सबै मानिसको जीवनमूल्य बराबर हुन्छ। भलै ती मानिस वर्ग, लिंग, जाति, भूगोलको आधारमा एक-अर्कासँग फरक हुन्छन्। तर, समाजको व्यावहारिक पक्ष बिलकुल फरक देखिँदै आएको छ। बराबर हो भन्दै गर्दा, समाजको संरचना र मूल्य-मान्यताले सबैलाई सराबरी हैसियत दिएको देखिँदैन। पितृसतात्मक समाज पुरुषलाई उँचो हैसियत दिने संरचना हो। पुरुषले उँचो हैसियत भएपछि महिलाहरु तल पर्ने नै भए। समाज निर्माण तथा मानव अस्तित्व अगाडि बढाउनमा महिलाको योगदान पुरुषको भन्दा कम छैन। तर समाजले महिलाको योगदानलाई नजरअन्दाज गर्दै आएको छ। महिलालाई महत्वहीन र पुरुषको सहयोगीको रुपमा मात्र प्रस्तुत गरेको छ। धार्मिक मूल्य-मान्यता तथा आर्थिक गतिविधिको हिसाबले पनि पुरुषको भूमिकालाई बढी महत्व दिएको छ। महिला होस् वा पुरुष, ऊ व्यक्तिको हिसाबमा समाजको एक सदस्य हो। उसको सोच र व्यवहार समाजको संरचना र मूल्य-मान्यता अनुसार निर्देशित हुन्छ। यस हिसाबमा समाजको संरचनाले यस्तो मनोविज्ञान निर्माण गरेको छ कि, त्यस अनुसार महिलाले नै महिलाको महत्व देख्दैन। शक्ति संरचनामा उपल्लो तहमा रहेको पुरुषले नदेख्नु त स्वाभाविक हो। 

लामो समय लगाएर स्थापित संरचना यसको दुष्परिणामका कारण उठेका विरोधका एकाध आवाजले भत्किँदैन। यसको विविध पक्षलाई चलायमान राखेर निरन्तर अघि बढिरहन्छ।

यो परिस्थितिमा परिवारले महिलालाई मानव समाजको अभिन्न सदस्य कम, आर्थिक र सामाजिक बोझ बढी ठान्छ। हाम्रो सामाजिक मूल्य-मान्यता अनुसार छोरीले वंश धान्दैन। बुढेसकालमा बा–आमालाई हेर्दैन भन्ने बुझाइ छ। तसर्थ छोरीमाथिको लगानी बेकार हो भन्ने आम बुझाइ छ। बोझ ठानिएपछि त्यसलाई चाँडोभन्दा चाँडो पन्छाउने कोसिस गरिन्छ। सानै उमेरमा विवाह गरिदिनु वा उचित शिक्षादीक्षा नदिनु यसका उदाहरण हुन्। परिवारको यो व्यवहारले एउटा छोरी मान्छेमा निहित क्षमताको पूर्ण विकास हुन पाउँदैन र कमजोर बन्न पुग्छे। मानिस मात्र होइन, कुनै पनि कमजोर प्राणीले आफूमाथिको दमन तथा आक्रमणको प्रतिरोध गर्न सफल हुँदैन। 

शक्तिको स्रोत र शक्ति प्रदर्शन  
कुनै पनि शक्तिशाली प्राणी, व्यक्ति तथा संस्थाले कमजोर माथि आक्रमण गरिरहन्छ। कमजोरमाथि आक्रमण गर्ने कामले दुई वटा काम एकसाथ गर्छ। एक, यसले आक्रमण गर्नेले शक्तिशाली छु भन्ने दशीप्रमाण छोड्छ। दोस्रो, कमजोरलाई थप कमजोर बनाएर आफू अझ शक्तिशाली हुन्छ। यो सैद्धान्तिक पक्षको व्यावहारिक अभ्यास महिला हिंसामा पनि देखिएको छ। यसको बग्रेल्ती उदाहरण देखिएका छन्, तराई-मधेसमा दाइजोसँग जोडिएका हिंसाका घटनाहरुमा।  

Ncell 2
Ncell 2
nimb
nimb

दाइजो प्रथा माइती पक्षले दिने स्त्रीधनको अभ्यास मात्र होइन। पुरुष वा पुरुष पक्ष आर्थिक रुपले सबल हुने बाटो पनि हो। अझ पुरुषको योग्यता अनुसार दाइजोको मात्रा निर्धारण हुनु र त्यसमा महिलाको हक नलाग्नु आफैमा विकृत पक्ष हो। शक्तिशालीले कमजोरमाथि दमन र आक्रमण गरेरै आफ्नो शक्ति प्रदर्शन गर्छ र थप शक्तिशाली हुन्छ। किनकि कुनै बलियो शक्तिले कमजोर शक्तिको भौतिक क्षति मात्र गर्दैन। उसको स्रोत–साधन पनि कब्जा गर्छ। दाइजोको रकम वा सामग्रीले पुरुष बलियो मात्र भएको छैन। हिंसा गरेर दाइजो ल्याउने श्रीमती वा महिलालाई थप कमजोर बनाएको छ। 

दाइजो संस्कारले विवाह नाता सम्बन्ध जोड्ने कार्य कम, सबल र दुर्बल पक्षबीचको सम्झौता बढी देखिएको छ। आर्थिक लेनदेनबाट स्थापना गर्न खोजेको सम्बन्धमा भावना कम स्वार्थ बढी हुन्छ। स्वार्थ हाबी भएको सम्बन्धमा कुनै पनि बेला अप्रिय घटना हुन सक्छ। 

दरिलो सामाजिक प्रथा 
मानिसको अवचेतनमा गढिसकेको प्रथा हो, तराईमा दाइजो। यो कानुन, नियमभन्दा पनि दरिलो भएर संस्कृतिको रुपमा विकास भएको छ। संस्कृतिले भलै दुष्परिणाम ल्याइरहोस्, त्यसप्रति समुदाय विशेषको अगाध आस्था हुन्छ। 

दाइजो प्रथाको रुपमा मात्र जीवित छैन। यसले सामाजिक संरचना पनि विकास गरेको छ। यो एकाध दिनमा स्थापित संस्कृतिको संरचना होइन। लामो समय लगाएर स्थापित संरचना यसको दुष्परिणामका कारण उठेका विरोधका एकाध आवाजले भत्किँदैन। यसको विविध पक्षलाई चलायमान राखेर निरन्तर अघि बढिरहन्छ। दाइजो परिवारको निम्ति अघोषित आर्थिक विनिमय पनि हो। किनकि एक परिवारमा छोरी मात्र हुँदैन। छोरा पनि हुन सक्छन्। छोरीलाई दिइएको दाइजो रकम वा सम्पत्ति छोराबाट असुल गर्न सकिन्छ भन्ने धारणा रहिरहन्छ। यसले यो अभ्यासमा अझ जीवित बनाइरहन्छ। भलै कसैको छोरी मात्र हुन्छन्। यसलाई सम्बन्धित समुदायको परिवारले दुर्भाग्यको रुपमा लिइएको देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तराईको दाइजो लिनेदिने चलन संस्कृतिको आडमा मौलाएको विकृत अभ्यास हो। यो बरकरार रहनुमा दरिलो सामाजिक संरचनाको निर्माण पनि हो। यसको संरचना भत्काउनु जरुरी छ।  

निश्चय नै दाइजो प्रथाको सुरुवाती उद्देश्य पवित्र थियो। अपवित्र उद्देश्यका साथ सुरु गरिएको कुनै पनि काम वा अभ्यास समाजमा स्थापित हुँदैन। तर आज आएर यो स्थापित संरचना पितृसतात्मक सोचको दम्भ अभ्यास गर्ने माध्यम बनेको छ। यो मानव अधिकारप्रतिको चुनौती पनि हो। 

परिणामः संरचनागत हिंसा  
समय क्रममा मानिसको आवश्यकता र अभ्यासहरु बदलिँदै जान्छन्। बदलिँदो परिवेशमा पुराना सामाजिक संरचनाहरु बदलिनुपर्छ। अर्कोतर्फ परिवर्तन आवश्यक छ भन्दैमा समाज नयाँ संरचनामा सजिलै प्रवेश गर्दैन। पुराना विकृत र अमानवीय संस्कारको अभ्यासमा अल्झाइरहन चाहन्छ। 

तराईको दाइजो लिनेदिने चलन संस्कृतिको आडमा मौलाएको विकृत अभ्यास हो। यो बरकरार रहनुमा दरिलो सामाजिक संरचनाको निर्माण पनि हो। यसको संरचना भत्काउनु जरुरी छ। किनकि संरचना अस्तित्वमा रहेसम्म व्यक्ति विशेषको विवेकले काम गर्दैन। यस्तो संरचनामा बाँधिएर हिंसाका घटना भइरहन्छन्। परिणाम समाज र देशको व्यवस्था परिवर्तन गर्न हिँडेको राजनीतिज्ञ सहयोग गरेको भन्दै दलित युवतीको बालविवाह गराउन पुग्छ। मानिसको जीवन बचाउँछु भनेर चिकित्सा विज्ञान पढेको मान्छेले आफ्नै श्रीमतीको हत्या गर्न पुग्छ। आफ्नो डेढवर्षे छोरीको भविष्य भुलेर एक युवा श्रीमतीलाई जलाउँछ। यी सबै घटना महिलालाई वस्तु विनिमयको रुपमा हेरिने संस्कारसँग कहीँ न कहीँ जोडिएका छन्। 

दाइजोको नाममा महिलाको लिएर थप महिलालाई नै कमजोर बनाउने अभ्यास रोकिनुपर्छ। यसको निम्ति प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान एउटा सकारात्मक कदम हो। तर, महिलाको सबलीकरण मात्रले हुँदैन। पुरुषलाई सहिष्णु बनाउन पनि जरुरी छ। तसर्थ दाइजोसँग जोडिएको संरचनागत हिंसा न्यूनीकरण गर्न समग्र उपाँगम अपनाउन जरुरी छ।

भानु बोखिमका थप लेख :

आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

जहाजको सपनामा बस नछुटोस्

राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

गुरिल्ला युद्धको भय

अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्