सिन्धुपाल्चोक- प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भइरहेका हिमाली र उच्च पहाडी जिल्लामा बिहानको चीसो नभनी मतदाताले उत्साहपूर्वक सहभागिता जनाएका छन्। पहिलो चरणको निर्वाचन अन्तर्गत अहिले देशका ३२ जिल्लामा मतदान जारी छ। मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी झिसमिसेमै मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाउन खटिसकेका थिए भने मतदाता पनि ७ नबज्दै मतदान केन्द्रमा भेला भइसकेका थिए।
मतदानमा सहभागी भएका मतदाताले भोट हाल्न भने निकै समय लागेको अनुभव सुनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।