पूर्व मिस नेपाल मलिना जोशी अभिनित ‘रानी’को पहिलो गीत रिलिज भएको छ । फिल्मको भन भन... बोलको गीत रिलिज भएको हो।
फिल्ममा मलिनाका प्रेमी अनुप विक्रम शाहीको पनि अभिनय रहेको छ तर गीतमा भने मलिनालाई दुई नवनायक सारूक ताम्राकार तथा मनिष सुन्दर श्रेष्ठसँग रोमान्स गरिरहेको देख्न सकिन्छ।
गीतमा विजय घिमिरेको शब्द र संगीत रहेको छ भने युगल गायनमा घिमिरेले निकिता थापाको साथ लिएका छन् । भानु महर्जनको प्रस्तुतिमा विमलमान गुभाजुले निर्माण गरेको फिल्म कार्तिक २ गते रिलिज हुने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।