गायनमा आफ्नो बेग्लै परिचय बनाएका गायक सत्यराज आचार्यको मूख्य भूमिका रहेको ‘साढे सात’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबिच साम्तेन भूटिया निर्देशित फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
फिल्ममा सत्यका अलावा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्टुवाल लगायतका कलाकारको अभिनय छ । फिल्म मंसिर १५ मा रिलिज हुनेछ।
फिल्ममा नाकाबन्दीको समयमा एक पत्रकारको नजरमा देखिएको नेपाली समाजको कथा रहेको जानकारी कार्यक्रममा दिइएको थियो । सत्य–स्वरूपको संगीत रहेको फिल्म थ्रिलर कथामा आधारीत छ।
फिल्ममा स्वरूपराज आचार्य, सत्यराज आचार्य, सुनिल थापा, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया गरी ६ जना निर्माता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।