• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादव : अन्तरिम संविधान जलाएपछि सधैं चर्चामा

64x64
किशोर दहाल सोमबार, वैशाख २३, २०७६  १७:२७
1140x725

काठमाडौं- नेपाली राजनीतिमा उपेन्द्र यादवको परिचय विद्रोही र आन्दोलनकारीको रुपमा छ। २०६३ माघ २ मा अन्तरिम संविधान जलाएका र त्यसपछिको लामो मधेस आन्दोलनका कारण नै उनको परिचय फराकिलो भएको हो। 

संविधान जलाएपछि गिरफ्तार गरिएका यादवसहित २८ जनालाई रिहा गरिनुपर्ने भन्दै स्तस्फुर्त रुपमा मधेस आन्दोलित भयो। झन्डै एक महिना चलेको सो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक हप्तामा दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो।

त्यसपछि पछिल्लो पटक संविधान जारी हुने भएपछि सुरु भएको मधेस आन्दोलन तथा नाकाबन्दीसम्म उनको छवि निरन्तर उस्तै थियो। यादवका लागि सत्ता र सडक उत्तिकै प्यारो देखिन्छ। 

वामपन्थी पृष्ठभूमि
यादव विराटनगरमा विद्यार्थी हुँदादेखि नै वामपन्थी राजनीतिप्रति झुकाव बढेको थियो। उनले कार्यकर्ताको रुपमा वामपन्थी राजनीतिमा सहयोग गरेका थिए। बहुदल प्राप्त भएपछि उनले एमालेको तर्फबाट चुनाव पनि लडे। तर सफल भएनन्।

यादवले ०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्था गठन गरे र नेतृत्व गरे। यो अन्तरपार्टी सञ्जाल जस्तो थियो। त्यसैमार्फत मधेसका विविध समस्यामाथि विमर्श गर्दै समाधानका सूत्रहरु पहिल्याइरहेका थिए। उनले मधेसका धेरै बुद्धिजीवी र एक्टिभिस्टहरुलाई आफ्नो संस्थामा संगठित गरेका थिए। यही संस्थाको आवरणमा उनले माओवादी राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटकपटक दुःख दिएको थियो। माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ पनि परेका थिए। त्यही समयमा पक्राउ परेका अन्य माओवादी नेताहरुलाई सुपुर्दगी गरिए पनि यादव भने रहस्यमयी ढंगले रिहा भएका थिए। 

०६४ सालमा संविधानसभाको चुनावमा भाग लिनुअघि फोरमलाई राजनीतिक पार्टीका रुपमा दर्ता गरियो।

०६३ माघको संघर्षपछि उनी प्राय: चर्चामा रहने नेतामा पर्छन्। त्यसपछि केही समय उनले माओवादी विरोधीको छवि पनि बनाए। त्यसमा कतै माओवादीकै भुल देखिन्थ्यो। कतै माओवादीलाई साइजमा ल्याउने भारत, अन्य दल  र परम्परावादी शक्तिको चाहना पनि मुखरित हुन्थ्यो।

माघमा प्रधानमन्त्रीको दोस्रो सम्बोधन गरेपछि केही समयका लागि स्थगित मधेस आन्दोलन पुन: सुरु भयो। ०६४ भदौ १३ गते सरकार र मधेसी जनअधिकार फोरमबीच २२ बुँदे सहमति भयो। सरकारका तर्फबाट शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमको तर्फबाट यादवले हस्ताक्षर गरेका थिए। ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ कै निरन्तरताका रुपमा भएको मधेसी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा नै लेखियो।

Ncell 2
Ncell 2
nimb
nimb

०६४ मंसिरमा कांग्रेस नेता महन्थ ठाकुरसहित तराईका विभिन्न नेताले आफ्नो पार्टी परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे। मधेस आन्दोलनमा नयाँ पार्टी पनि थपियो। 

फोरम, तमलोपा तथा सद्भावना पार्टी आबद्ध ‘लोकतान्त्रिक मधेसी मोर्चा’ले ०६४ फागुन १ देखि तराई बन्द आह्वान गर्‍यो। त्यसपछि सुरु दोस्रो मधेस आन्दोलन भारतीय सक्रियतापछि मात्रै सहमतिमा टुंगियो। समस्या समाधानका लागि आन्तरिक प्रयासहरु असफल भएपछि भारतीय दूतावासले सक्रियता लिएको थियो। राजदूतावासमै धेरै चरणका वार्ताहरु भएका थिए। र, फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिको रुपमा सार्वजनिक गरियो। रोचक त के छ भने, त्यसदिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हिन्दीमा सम्बोधन गरेका थिए।

सहमतिमा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांशले बढी चर्चा पायो। यही सहमतिले नै संविधानसभाको चुनाव सुनिश्चित गर्‍यो।

चुनावी नतिजा : कहिले सुखद, कहिले दु:खद
आन्दोलनको रापतापका बीच सम्पन्न ०६४ सालको पहिलो संविधानसभाको चुनावमा फोरमले बलियो उपस्थिति देखाउन सक्यो। उसले प्रत्यक्षतर्फ ३० र समानुपातिक तर्फ २२ सिट जित्यो। अध्यक्ष यादव आफैंले मोरङ ५ र सुनसरी ५ बाट चुनाव जिते। उनको पार्टी संविधानसभाको चौथो ठूलो शक्ति भयो।

दोस्रो संविधानसभाको चुनावमा उसलाई सम्झनलायक रहेन। पार्टीले प्रत्यक्षतर्फ २ सिट र समानुपातिकतर्फ ८ सिट मात्रै जित्यो।  पुरानै क्षेत्रबाट दुवै ठाउँमा चुनाव लडेका उनी सुनसरी ५ बाट मात्रै विजयी हुन सके। 

०७४ सालमा सम्पन्न स्थानीय चुनावमा तीन चरणमा भएको थियो। फोरमले सुरुमा नयाँ शक्तिसँग गठबन्धन बनाएर चुनाव लड्यो भने तेस्रो चरणको चुनावमा एक्लै। सबैले चासोसाथ हेरेको प्रदेश २ को स्थानीय निर्वाचनमा फोरमले २६ सिट जित्यो। कांग्रेसबाहेकका अरु सबै दललाई उसले उछिन्यो।

प्रतिनिधिसभामको चुनावमा उसले राजपासँग गठबन्धन बनायो। ऊ पाँचौं ठूलो दल बन्न सक्यो। उसले प्रत्यक्ष र समानुपातिक गरी १६ सिट जित्यो। राष्ट्रियसभामा उसका २ सिट छन्।

सत्ता यात्रामा फोरम 
पहिलो संविधानसभा चुनावमा पहिलो शक्ति बनेको माओवादी नेतृत्वको सरकारमा फोरम पनि सहभागी भयो। सो सरकारमा यादवले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले। ९ महिनामै सरकार ढल्यो।

०६७ सालमा गठित झलनाथ खनाल नेतृत्वको सरकार फोरमका लागि अर्को अवसर बनेर आयो। माघमा गठन भएको सो सरकारमा जानका लागि चैतमा चार बुँदे सम्झौता गरियो। तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड तथा फोरम अध्यक्ष यादवले हस्ताक्षर गरेको सो सहमति पत्रमा तराई/मधेस, संविधान निर्माण प्रक्रिया, शान्ति प्रक्रिया तथा सत्ता साझेदारीका विषयहरु उल्लेख थिए। सो सरकारमा पनि उनले परराष्ट्र मन्त्रालय नै सम्हालेका थिए।

सो सरकार पनि लामो समय टिक्न सकेन। ०६८ भदौमै बाबुराम भट्टराईको सरकारले विस्थापन गरिदियो। भट्टराई नेतृत्वको सरकारमा मधेस केन्द्रित अन्य दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपमा चार बुँदे सहमति गरे। तर यादवको फोरम त्यसमा अटाएन।

त्यसपछि लामो समय उनी र उनको पार्टी सरकारमा गएन। बरु विद्रोही भइरह्यो। झन्डै ६ वर्षपछि केपी ओलीको सरकारमा उनले स्वास्थ्य मन्त्रालयका साथ सहभागिता जनाए। सरकारमा जानका लागि उनले दुई बुँदे सहमति गरेका थिए। संविधान संशोधनको पहिलो सहमति कार्यान्वयन भइसकेको छैन।

०७३ साउन १९ मा प्रधानमन्त्रीको उम्मेदवार बनेका प्रचण्डलाई सघाउनका लागि साउन १८ गते फोरमसहित ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धन’ले तीन बुँदे सहमति गर्‍यो। सहमतिमा संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने, सहिदका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्ने लगायतका विषय सहमति पत्रमा उल्लेख छ। यद्यपि, आन्दोलनरत पार्टीहरु सरकारमा भने गएनन्।

सरकारले सहमति अनुसार काम नगरेको भन्दै चैत २ गते फोरमलाई दिएको समर्थन फिर्ता लियो।

पार्टी फुट र जुट
एक समय फोरम पार्टीको नाम मात्रै थिएन, मधेसी जनताको पहिचान जस्तो बनेको थियो। पूरै मधेस नै फोरम बनेको अवस्था थियो। नामले नै विद्रोहको संकेत गर्थ्यो। त्यही बेला मूलधारको अन्य पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता फोरम प्रवेश गरे। कारण एउटै थियो, मधेसी जनता सापेक्ष देखिनका लागि फोरम चौतारो बनेको थियो।

०६३ को विद्रोहपछि कांग्रेसका विजय गच्छदार तथा जेपी गुप्ताहरु फोरम प्रवेश गरे। यद्यपि, गुप्ता भने पहिल्यै पनि फोरम प्रवेश गरेर बाहिरिएका थिए। 

०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा जाने विषयलाई लिएर फोरमले फुट व्यहोर्‍यो। गच्छदारले २८ सदस्य लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी बनाए। पछि उनले विभिन्न पार्टीसँग एकता पनि गरे। अन्ततः कांग्रेसमा मिलाए।

त्यसपछि गठन भएको झलनाथ खनालको सरकार गठनले पार्टी पुन: फुट्यो। सो सरकारमा सहभागी हुने विषयमा ‘नोट अफ डिसेन्ट’ लेखेका जेपी गुप्ताले ०६८ जेठमा १३ सभासद्का साथ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे।

झलनाथ खनालपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने गुप्ता आफैं पनि सहभागी भए। मन्त्री रहेकै अवस्थामा गुप्ता भ्रष्टाचार मुद्दामा जेल परे।

गुप्ताले गराएको विभाजन फोरमको दोस्रो ठूलो विभाजन थियो। यद्यपि, त्यस्ता विभाजन उसले धेरै पटक व्यहोरिसकेको थियो। ०६४ मा भाग्यनाथ गुप्ता र किशोर विश्वासले मधेसी जनअधिकार फोरम (मधेस) गठन गरेका थिए। ०६५ सालमा अमर यादवले मधेस तराई फोरम गठन गरेका थिए। यादवले आफ्नो पार्टीलाई केही दिनअघि मात्रै नेकपामा विलय गराइसकेका छन्।

फुटेर जाने अधिकांशले पुच्छरमा अन्य जेसुकै नाम राखे पनि ‘मधेसी जनअधिकार फोरम’ लेख्न छाड्दैनथे। तर, ०७२ जेठ ३२ पछि भने स्वयं ‘मधेसी जनअधिकार फोरम, नेपाल’ले नै त्यो नाम छाडिदियो। संघीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीसँग गरिएको एकतापछि उसको नाम ‘संघीय समाजवादी फोरम’ बन्यो।

नयाँ शक्तिसँग सहकार्यदेखि एकतासम्म
०७४ बैसाख र असारमा सम्पन्न भएको स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा नयाँ शक्ति र फोरमले गठबन्धन बनाएका थिए। पार्टी एकताको प्रयास पनि गरे।

०७४ बैसाख ८ मै दुई पार्टीले एउटा विज्ञप्ति निकालेर एकताका लागि डा बाबुराम भट्टराई, उपेन्द्र यादव तथा अशोक राई रहेको एकता संयोजन समिति गठन गरेको जानकारी दिइएको थियो।

'नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुवै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अबलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि 'पार्टी एकता संयोजन समिति' गठन गर्ने निष्कर्षमा पुगिएको छ', विज्ञप्तिमा भनिएको छ।

तर प्रयास तत्काल सफल भएन। नेतृत्व र पार्टीको नाममा कुरा मिलेन। प्रदेश २ मा सम्पन्न तेस्रो चरणको चुनावअघि उनीहरु अलग्गिए। छुट्टाछुट्टै चुनाव लडे।

यद्यपि, छलफल चलिरहकै थियो।

०७६ बैसाखमा भने यी दुवै पार्टीको एकताले पुन: चर्चा पायो। चर्चा मात्रै होइन, एकताको प्रयासले मूर्त रुप पनि पायो। 
 
बैसाख २३ गते भएको नयाँ शक्तिसँगको एकतापछि उसको पुरानो पहिचान ‘फोरम’ छाडिएको छ। अर्थात्, अब ऊ समाजवादी पार्टी, नेपाल बनेको छ।

सम्बन्धित समाचार
समाजवादी पार्टीको पदाधिकारीमा कोको?

एउटा पसल थापिहालौं, थोत्रो माल बेचिहालौं भनेर एकीकरण गरिएको होइन : बाबुराम भट्टराई

विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव

बाबुराम र उपेन्द्रको समाजवादी पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

प्रदेशको संख्या बढाएर '१० प्लस १' पुर्‍याउन बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले दबाब दिने

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो 'समाजवादी पार्टी नेपाल'

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्