काठमाडौं- उपप्रधान तथा तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा यतिबेला ६ दिने औपचारिक चीन भ्रमणमा छन्।
भ्रमण क्रममा उनले प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेट गरेका छन्। सो क्रममा चीनले ह्लासा-काठमाडौँ र काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ।
प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता समेत जनाएका छन्। सो भेट क्रममा मन्त्री महराले तातोपानी र केरुङ नाका खुलाउन आग्रह गरेको थिए।
चिनियाँ विदेशमन्त्री वाङ यीबीच पनि महराले बेइजिङमा भेटवार्ता भयो। महरा र चीनका स्टेट काउन्सिलर याङ जेचीबीच पनि भेटवार्ता भई आपसी हित र चासोका विषयमा छलफल भएको छ।
महराको चीन भ्रमणका तस्बिरहरु:
चीनका विदेशमन्त्री वाङ यीसँग बिहीबार बेजिङमा भेट गर्दै।
चीनका स्टेट काउन्सिलर जेचीबीच बिहीबार बेइजिङमा भेटवार्ता हुँदै।
चीनका प्रधानमन्त्री लि खछ्याङसँग बिहीबार बेइजिङमा भेटवार्ता गर्दै।
चीनका विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय हितका विषयमा बिहीबार बेजिङमा भेटवार्ता हुँदै।
चीनका विदेशमन्त्री वाङ यी बिहीबार बेजिङमा आपसी भेटवार्तापछि सम्बोधन गर्दै महरा।
(तस्बिरः हरि लामिछाने, बेइजिङ, रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।